Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: അൻആം   ആയത്ത്:
فَمَنْ یُّرِدِ اللّٰهُ اَنْ یَّهْدِیَهٗ یَشْرَحْ صَدْرَهٗ لِلْاِسْلَامِ ۚ— وَمَنْ یُّرِدْ اَنْ یُّضِلَّهٗ یَجْعَلْ صَدْرَهٗ ضَیِّقًا حَرَجًا كَاَنَّمَا یَصَّعَّدُ فِی السَّمَآءِ ؕ— كَذٰلِكَ یَجْعَلُ اللّٰهُ الرِّجْسَ عَلَی الَّذِیْنَ لَا یُؤْمِنُوْنَ ۟
१२५) तसर्थ जुन मानिसलाई अल्लाहले चाहन्छ कि, मार्गदर्शन प्राप्त गरोस्, उसको छाती इस्लामको लागि फराकिलो गरिदिन्छ र जसलाई विचलित गर्ने इच्छा राख्दछ उसको छातीलाई साँगुरो पारिदिन्छ मानौ त्यो आकाशमा चढिराखेको छ र यस्तै अल्लाहले पापको दुर्गन्ध त्यस व्यक्तिमाथि थोपारिदिन्छ, जसले ईमान ल्याउदैन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَهٰذَا صِرَاطُ رَبِّكَ مُسْتَقِیْمًا ؕ— قَدْ فَصَّلْنَا الْاٰیٰتِ لِقَوْمٍ یَّذَّكَّرُوْنَ ۟
१२६) यही नै तिम्रो पालनकर्ताको सिधा मार्ग हो । हामीले उपदेश मान्ने व्यक्तिहरूको लागि यी आयतहरूलाई स्पष्ट वर्णन गरिदिएका छौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لَهُمْ دَارُ السَّلٰمِ عِنْدَ رَبِّهِمْ وَهُوَ وَلِیُّهُمْ بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟
१२७) तिनीहरूको लागि तिनीहरूको पालनकर्ताकहाँ शान्तिघर छ र तिनीहरूले राम्रो कर्मको नीति अपनाए बापत अल्लाह नै तिनीहरूको संरक्षक हो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَیَوْمَ یَحْشُرُهُمْ جَمِیْعًا ۚ— یٰمَعْشَرَ الْجِنِّ قَدِ اسْتَكْثَرْتُمْ مِّنَ الْاِنْسِ ۚ— وَقَالَ اَوْلِیٰٓؤُهُمْ مِّنَ الْاِنْسِ رَبَّنَا اسْتَمْتَعَ بَعْضُنَا بِبَعْضٍ وَّبَلَغْنَاۤ اَجَلَنَا الَّذِیْۤ اَجَّلْتَ لَنَا ؕ— قَالَ النَّارُ مَثْوٰىكُمْ خٰلِدِیْنَ فِیْهَاۤ اِلَّا مَا شَآءَ اللّٰهُ ؕ— اِنَّ رَبَّكَ حَكِیْمٌ عَلِیْمٌ ۟
१२८) जुन दिन अल्लाहले ती सबै प्राणी (जिन्न र मानिसहरू) लाई एकत्रित गर्नेछ र जिन्नहरूलाई सम्बोधित गर्दै भन्नेछ कि, ‘‘हे जिन्नहरूको समूह, तिमीहरूले त मानिसहरूबाट धेरै फाइदा लिइसक्यौ’’ । त्यसबेला मानिसमध्ये तिनका जो मित्र थिए, तिनीहरू निवेदन गर्नेछन् कि, ‘‘पालनहार ! हामीमध्ये एकले अर्काबाट धेरै फाइदा लिने गर्यौं र अब हामी त्यस म्यादमा पुगिसकेका छौं जुन तिमीले हाम्रो लागि (निर्धारित) गरिदिएका थियौ’’ अल्लाहले भन्ने छ कि, ‘‘तिमी सबैको ठेगाना अब नर्क हुनेछ । त्यसमा तिमी सदैव रहनेछौ ।’’ तर जसलाई अल्लाहले बचाउन चाहन्छ, उसको कुरो अर्कैछ । निःसन्देह तिम्रो पालनकर्ता ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَكَذٰلِكَ نُوَلِّیْ بَعْضَ الظّٰلِمِیْنَ بَعْضًا بِمَا كَانُوْا یَكْسِبُوْنَ ۟۠
१२९) र यसै प्रकार (परलोकमा) हामीले अत्याचारीहरूलाई, तिनीहरूका क्रियाकलापलेगर्दा जुन कि तिनीहरूले गर्दथे, एक अर्काको (नर्कको) साथी बनाइदिनेछौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
یٰمَعْشَرَ الْجِنِّ وَالْاِنْسِ اَلَمْ یَاْتِكُمْ رُسُلٌ مِّنْكُمْ یَقُصُّوْنَ عَلَیْكُمْ اٰیٰتِیْ وَیُنْذِرُوْنَكُمْ لِقَآءَ یَوْمِكُمْ هٰذَا ؕ— قَالُوْا شَهِدْنَا عَلٰۤی اَنْفُسِنَا وَغَرَّتْهُمُ الْحَیٰوةُ الدُّنْیَا وَشَهِدُوْا عَلٰۤی اَنْفُسِهِمْ اَنَّهُمْ كَانُوْا كٰفِرِیْنَ ۟
१३०) ‘‘हे जिन्न र मानिसहरूको समूह । के तिमीहरूनिर तिमीहरूमध्येबाटै पैगम्बरहरू आएका थिएनन्, जसले मेरा आयतहरू (नियमहरू) तिमीलाई पढेर सुनाउँदथे र तिमीलाई आजको दिनको खबर दिदैनथे ?’’ तिनीहरूले विन्ती गर्नेछन् कि, ‘‘हो आउँदथे हामी आफ्नो पाप आफै स्वीकार्दछौं ।’’ यिनीहरूलाई सांसारिक जीवनले भ्रममा पारिराखेको छ र त्यस समयमा तिनीहरू स्यवम्ले आफ्नो विरुद्ध आफै साक्षी हुनेछन कि, तिनिहरू काफिर थिए ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: അൻആം
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക