Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: അൻആം   ആയത്ത്:
وَاِذْ قَالَ اِبْرٰهِیْمُ لِاَبِیْهِ اٰزَرَ اَتَتَّخِذُ اَصْنَامًا اٰلِهَةً ۚ— اِنِّیْۤ اَرٰىكَ وَقَوْمَكَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
७४) र त्यो समय पनि याद गर्ने योग्य छ जब इब्राहीमले आफ्नो पिता आजरसित भने के तिमीले मूर्तिहरूलाई पूजनीय ठान्दछौ ? निःसंदेह म देख्छु कि तिमी र तिम्रा समुदायका मानिसहरू खुल्लारूपमा मार्गविचलित छौ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَكَذٰلِكَ نُرِیْۤ اِبْرٰهِیْمَ مَلَكُوْتَ السَّمٰوٰتِ وَالْاَرْضِ وَلِیَكُوْنَ مِنَ الْمُوْقِنِیْنَ ۟
७५) र यस प्रकार हामीले इब्राहीम (अलैहिस्सलाम) लाई आकाशहरू र पृथ्वीका अनौठा प्राणीहरू देखाउन थाल्यौं जसबाट पक्का विश्वासी भइहालुन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَلَمَّا جَنَّ عَلَیْهِ الَّیْلُ رَاٰ كَوْكَبًا ۚ— قَالَ هٰذَا رَبِّیْ ۚ— فَلَمَّاۤ اَفَلَ قَالَ لَاۤ اُحِبُّ الْاٰفِلِیْنَ ۟
७६) जब रातीको अँध्यारो फैल्यो आकाशमा एउटा तारा देखियो । भन्न थाले कि यो मेरो पालनकर्ता हो । तर जब त्यो डुब्यो (अस्तायो) त भन्न थाले कि डुबीहाल्नेहरूलाई म मायाँ गर्दिन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَلَمَّا رَاَ الْقَمَرَ بَازِغًا قَالَ هٰذَا رَبِّیْ ۚ— فَلَمَّاۤ اَفَلَ قَالَ لَىِٕنْ لَّمْ یَهْدِنِیْ رَبِّیْ لَاَكُوْنَنَّ مِنَ الْقَوْمِ الضَّآلِّیْنَ ۟
७७) अनि जब चन्द्रलाई देखे कि चम्किराखेको छ, त भन्न थाले कि यो मेरो पालनकर्ता हो, तर जब त्यो पनि अस्तायो त भन्न थाले कि, यदि मेरो पालनकर्ताले मलाई सही बाटो देखाएन भने म तिनीमध्येबाट हुनेछु जो सही बाटोबाट विचलित छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَلَمَّا رَاَ الشَّمْسَ بَازِغَةً قَالَ هٰذَا رَبِّیْ هٰذَاۤ اَكْبَرُ ۚ— فَلَمَّاۤ اَفَلَتْ قَالَ یٰقَوْمِ اِنِّیْ بَرِیْٓءٌ مِّمَّا تُشْرِكُوْنَ ۟
७८) फेरि जब सूर्यलाई देखे कि टल्किराखेको छ त भन्न थाले कि यो मेरो पालनकर्ता हो, यो त सबभन्दा ठूलो छ, परन्तु जब त्यो पनि अस्ताइहाल्यो, त भन्न थाले, (हे मानिसहरू) म तिमीहरूको अल्लाहसँग कसैको साझेदारी ठहाराउनेबाट मुक्त छु ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنِّیْ وَجَّهْتُ وَجْهِیَ لِلَّذِیْ فَطَرَ السَّمٰوٰتِ وَالْاَرْضَ حَنِیْفًا وَّمَاۤ اَنَا مِنَ الْمُشْرِكِیْنَ ۟ۚ
७९) म दृढ भएर आफूलाई उसैतिर प्रवृत्त गर्दछु जसले आकाशहरू र पृथ्वीको सृष्टि गरेको छ र म मुश्रिकहरूमध्येको होइन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَحَآجَّهٗ قَوْمُهٗ ؕ— قَالَ اَتُحَآجُّوْٓنِّیْ فِی اللّٰهِ وَقَدْ هَدٰىنِ ؕ— وَلَاۤ اَخَافُ مَا تُشْرِكُوْنَ بِهٖۤ اِلَّاۤ اَنْ یَّشَآءَ رَبِّیْ شَیْـًٔا ؕ— وَسِعَ رَبِّیْ كُلَّ شَیْءٍ عِلْمًا ؕ— اَفَلَا تَتَذَكَّرُوْنَ ۟
८०) र उनको समुदायका मानिसहरूले उनीसँग विवाद (तर्क) गर्न थाले तब ‘‘उनले भनेकि तिमी मसँग अल्लाहको बारेमा के विवाद गर्दछौ’’ त्यसले त मलाई सही बाटो देखाइसकेको छ र जसलाई तिमीले अल्लाहको साझेदार बनाउँछौ म तिनीसँग डराउदैन । अल्लाहको इच्छा नहुन्जेल कुनै कुरा हुँदैन । सबै कुराको जानकारी मेरो पालनकर्ताकै ज्ञानको परिधिभित्र पर्दछ । के तिमीले फेरि पनि त्यो कुराको विचार गर्दैनौ ?
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَكَیْفَ اَخَافُ مَاۤ اَشْرَكْتُمْ وَلَا تَخَافُوْنَ اَنَّكُمْ اَشْرَكْتُمْ بِاللّٰهِ مَا لَمْ یُنَزِّلْ بِهٖ عَلَیْكُمْ سُلْطٰنًا ؕ— فَاَیُّ الْفَرِیْقَیْنِ اَحَقُّ بِالْاَمْنِ ۚ— اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟ۘ
८१) म ती कुराहरूसँग, जसलाई कि तिमीले अल्लाहको साझेदार ठहराउँछौ, कसरी डर मान्न सक्छु, जब कि तिमीलाई यस कुरोसँग भय छैन कि अल्लाहसँग अरुको साझेदारी ठहराउँछौ जसको लागि उसले कुनै प्रमाण उतारेको छैन ? अब दुईटै समूहमध्ये कुनचाँहि सुरक्षाको हकदार छ, यदि तिमीमा ज्ञान छ भने ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: അൻആം
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക