Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: അൻആം   ആയത്ത്:

अनअाम

اَلْحَمْدُ لِلّٰهِ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ وَجَعَلَ الظُّلُمٰتِ وَالنُّوْرَ ؕ۬— ثُمَّ الَّذِیْنَ كَفَرُوْا بِرَبِّهِمْ یَعْدِلُوْنَ ۟
१) हरेक प्रशंसा अल्लाहकै लागि छन् जसले आकाशहरू र पृथ्वीलाई बनायो र अँध्यारो र उज्यालोको सृष्टि गर्यो, तै पनि काफिरहरूले अरुलाई अल्लाह सरह ठान्दछन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
هُوَ الَّذِیْ خَلَقَكُمْ مِّنْ طِیْنٍ ثُمَّ قَضٰۤی اَجَلًا ؕ— وَاَجَلٌ مُّسَمًّی عِنْدَهٗ ثُمَّ اَنْتُمْ تَمْتَرُوْنَ ۟
२) ऊ त्यही हो जसले तिमीलाई माटोबाट सृष्टि गर्यो, अनि एउटा समय निर्धारित गर्यो, र दोस्रो मुद्दत (कियामत) खास अल्लाहकहाँ नै छ तै पनि तिमी शंका गर्दछौ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَهُوَ اللّٰهُ فِی السَّمٰوٰتِ وَفِی الْاَرْضِ ؕ— یَعْلَمُ سِرَّكُمْ وَجَهْرَكُمْ وَیَعْلَمُ مَا تَكْسِبُوْنَ ۟
३) र आकाशहरू र पृथ्वीमा उही एउटा सत्य (पूज्य) अल्लाह छ, ऊ तिम्रा अदृश्य र दृश्य सम्पूर्ण भेदका कुरा जान्दछ र तिमीले जुन कार्यहरू गर्दछौ, तिनलाई पनि ऊ जान्दछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَمَا تَاْتِیْهِمْ مِّنْ اٰیَةٍ مِّنْ اٰیٰتِ رَبِّهِمْ اِلَّا كَانُوْا عَنْهَا مُعْرِضِیْنَ ۟
४) र अल्लाहका निशानीहरूमध्ये कुनै निशानी पनि तिनीहरू छेउसम्म आउँदैन, तर तिनीहरू त्यसबाट विमुख भइहाल्छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَقَدْ كَذَّبُوْا بِالْحَقِّ لَمَّا جَآءَهُمْ ؕ— فَسَوْفَ یَاْتِیْهِمْ اَنْۢبٰٓؤُا مَا كَانُوْا بِهٖ یَسْتَهْزِءُوْنَ ۟
५) जब तिनीहरू नजिक सत्य किताब आयो, त तिनीहरू त्यसलाई पनि नकारिहाले, तसर्थ तिनीहरूलाई ती कुराहरूको परिणाम जसको कि तिनीहरूले हाँसो गर्दछन् छिट्टै थाहा भइहाल्ने छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اَلَمْ یَرَوْا كَمْ اَهْلَكْنَا مِنْ قَبْلِهِمْ مِّنْ قَرْنٍ مَّكَّنّٰهُمْ فِی الْاَرْضِ مَا لَمْ نُمَكِّنْ لَّكُمْ وَاَرْسَلْنَا السَّمَآءَ عَلَیْهِمْ مِّدْرَارًا ۪— وَّجَعَلْنَا الْاَنْهٰرَ تَجْرِیْ مِنْ تَحْتِهِمْ فَاَهْلَكْنٰهُمْ بِذُنُوْبِهِمْ وَاَنْشَاْنَا مِنْ بَعْدِهِمْ قَرْنًا اٰخَرِیْنَ ۟
६) के तिनीहरू देखेनन् कि हामीले तिनीहरूभन्दा अगाडिका कैंयौ समुदायलाई समाप्त गरिहाल्यौं, जसलाई हामीले पृथ्वीमा त्यस्तो शक्ति दिएका थियौं जुन रूपमा कि तिमीलाई दिएका छैनौं र तिनीहरूका निम्ति आकाशबाट पर्याप्त पानी बर्षायौं र हामीले खोला–नालाहरू प्रवाहित गर्यौं पछि तिनीहरूलाई तिनीहरूको पापको कारण समाप्त गरिहाल्यौं र तिनीहरू पछि अन्य पुस्ताहरूको (समुदायको) सृष्टि गर्यौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَوْ نَزَّلْنَا عَلَیْكَ كِتٰبًا فِیْ قِرْطَاسٍ فَلَمَسُوْهُ بِاَیْدِیْهِمْ لَقَالَ الَّذِیْنَ كَفَرُوْۤا اِنْ هٰذَاۤ اِلَّا سِحْرٌ مُّبِیْنٌ ۟
७) र यदि हामीले तपाईमाथि कागजमा लेखिएको कुनै ग्रन्थ उतारेको भए र यिनीहरूले त्यसलाई आफ्नो हातले स्पर्श गरेको भए तापनि यी काफिरहरू यही भन्दथे कि यो त खुल्लारूपमा जादू हो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَقَالُوْا لَوْلَاۤ اُنْزِلَ عَلَیْهِ مَلَكٌ ؕ— وَلَوْ اَنْزَلْنَا مَلَكًا لَّقُضِیَ الْاَمْرُ ثُمَّ لَا یُنْظَرُوْنَ ۟
८) र तिनीहरू यसरी भन्दछन् कि यिनीहरू छेउ कुनै फरिश्ता किन पठाइएन ? यदि हामीले कुनै फरिश्ता पठाएको भए सम्पूर्ण कुरा नै सिद्धिहाल्दथ्यौ, अनि तिनीहरूलाई एक छिनको समय पनि दिइदैनथ्यो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: അൻആം
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക