Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አጥ ጠላቅ   አንቀጽ:

त्तलाक

یٰۤاَیُّهَا النَّبِیُّ اِذَا طَلَّقْتُمُ النِّسَآءَ فَطَلِّقُوْهُنَّ لِعِدَّتِهِنَّ وَاَحْصُوا الْعِدَّةَ ۚ— وَاتَّقُوا اللّٰهَ رَبَّكُمْ ۚ— لَا تُخْرِجُوْهُنَّ مِنْ بُیُوْتِهِنَّ وَلَا یَخْرُجْنَ اِلَّاۤ اَنْ یَّاْتِیْنَ بِفَاحِشَةٍ مُّبَیِّنَةٍ ؕ— وَتِلْكَ حُدُوْدُ اللّٰهِ ؕ— وَمَنْ یَّتَعَدَّ حُدُوْدَ اللّٰهِ فَقَدْ ظَلَمَ نَفْسَهٗ ؕ— لَا تَدْرِیْ لَعَلَّ اللّٰهَ یُحْدِثُ بَعْدَ ذٰلِكَ اَمْرًا ۟
१) हे पैगम्बर ! (आफ्नो अनुयायीहरूलाई भनिदिनुस्) जब तिमीले आफ्नो स्वास्नीहरूलाई तलाक दिन चाहन्छौ त उनीहरूको इद्दतको प्रारम्भमा तलाक देऊ, र इद्दतलाई गन्ने गर, र अल्लाहसित डराऊ जो तिम्रो पालनकर्ता हो । उनीहरूलाई उनीहरूको घरहरूबाट ननिकाल र न उनीहरू स्वयं निस्कुन् । हो, यदि तिनीहरूले खुल्ला व्यभिचार गरिन् त कुरा बेग्लै छ । र यी अल्लाहद्वारा निर्धारित सीमाहरू हुन् । र जो अल्लाहका सीमाहरूभन्दा अगाडि बढ्नेछ, त्यसले आफूमाथि नै अत्याचार गर्नेछ । तिमीलाई थाहा छैन, कदाचित यस पश्चात अल्लाहले कुनै नयाँ अवस्थाको सृजना गरिदेओस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاِذَا بَلَغْنَ اَجَلَهُنَّ فَاَمْسِكُوْهُنَّ بِمَعْرُوْفٍ اَوْ فَارِقُوْهُنَّ بِمَعْرُوْفٍ وَّاَشْهِدُوْا ذَوَیْ عَدْلٍ مِّنْكُمْ وَاَقِیْمُوا الشَّهَادَةَ لِلّٰهِ ؕ— ذٰلِكُمْ یُوْعَظُ بِهٖ مَنْ كَانَ یُؤْمِنُ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ ؕ۬— وَمَنْ یَّتَّقِ اللّٰهَ یَجْعَلْ لَّهٗ مَخْرَجًا ۟ۙ
२) अनि जब उनीहरू(स्त्रीहरू) आफ्ना निर्धारित इद्दतको नजिक पुग्छिन् भने उनीहरूलाई नियमानुसार आफ्नो निकाहमा रहन देऊ वा दस्तूरको मुताबिक अलग गरिदेऊ, र आफूमध्येबाट दुईजना न्यायप्रिय मानिसहरूलाई साक्षी बनाइहाल र अल्लाहको प्रसन्नता निम्ति ठीक–ठीक गवाही देऊ । यी कुराहरूबाट त्यस व्यक्तिलाई उपदेश गरिन्छ, जसले अल्लाह र परलोकको (आखिरतको) दिनमाथि ईमान राख्दछ । र जो अल्लाहसित डर मान्दछ, अल्लाह उसको लागि उम्कने बाटो सृजना गरिदिनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّیَرْزُقْهُ مِنْ حَیْثُ لَا یَحْتَسِبُ ؕ— وَمَنْ یَّتَوَكَّلْ عَلَی اللّٰهِ فَهُوَ حَسْبُهٗ ؕ— اِنَّ اللّٰهَ بَالِغُ اَمْرِهٖ ؕ— قَدْ جَعَلَ اللّٰهُ لِكُلِّ شَیْءٍ قَدْرًا ۟
३) र उसलाई यस्तो ठाउँबाट जीविका प्रदान गर्छ, जसको उसलाई कल्पना पनि छैन, र जसले अल्लाहमाथि भरोसा गर्दछ, त्यो उसको निम्ति पर्याप्त छ, निश्चय नै अल्लाहले आफ्नो काम पूरा गरेर नै छाड्नेछ । अल्लाहले हरेक कुराको एउटा अनुमान गरिराखेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَا یَىِٕسْنَ مِنَ الْمَحِیْضِ مِنْ نِّسَآىِٕكُمْ اِنِ ارْتَبْتُمْ فَعِدَّتُهُنَّ ثَلٰثَةُ اَشْهُرٍ وَّا لَمْ یَحِضْنَ ؕ— وَاُولَاتُ الْاَحْمَالِ اَجَلُهُنَّ اَنْ یَّضَعْنَ حَمْلَهُنَّ ؕ— وَمَنْ یَّتَّقِ اللّٰهَ یَجْعَلْ لَّهٗ مِنْ اَمْرِهٖ یُسْرًا ۟
४) तिम्रो (तलाक दिइएका) स्त्रीहरू जो मासिकधर्मबाट निराश भइसकेका छिन्, यदि तिमीलाई शंका छ भने उनीहरूको इदद्त तीन महिना छ, र जसलाई अझै मासिकधर्म आउन थालेको छैन उनीहरूको पनि यहि नै इद्दत हो र गर्भवती महिलाहरूको इद्दत उनीहरूको शिशु–प्रसवसम्म छ । जो कोही पनि अल्लाहसित डर मान्ने छ, अल्लाह उसको सबैकाम सजिलो गरिदिनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ذٰلِكَ اَمْرُ اللّٰهِ اَنْزَلَهٗۤ اِلَیْكُمْ ؕ— وَمَنْ یَّتَّقِ اللّٰهَ یُكَفِّرْ عَنْهُ سَیِّاٰتِهٖ وَیُعْظِمْ لَهٗۤ اَجْرًا ۟
५) यो अल्लाहको आदेश हो, जुनकि उसले तिमीतिर अवतरित गरेको छ । जो कोही अल्लाहसित डर्नेछ, उसबाट अल्लाहले उसका पापहरू हटाइदिनेछ र उसलाई ठूलो प्रतिफल प्रदान गर्नेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَسْكِنُوْهُنَّ مِنْ حَیْثُ سَكَنْتُمْ مِّنْ وُّجْدِكُمْ وَلَا تُضَآرُّوْهُنَّ لِتُضَیِّقُوْا عَلَیْهِنَّ ؕ— وَاِنْ كُنَّ اُولَاتِ حَمْلٍ فَاَنْفِقُوْا عَلَیْهِنَّ حَتّٰی یَضَعْنَ حَمْلَهُنَّ ۚ— فَاِنْ اَرْضَعْنَ لَكُمْ فَاٰتُوْهُنَّ اُجُوْرَهُنَّ ۚ— وَاْتَمِرُوْا بَیْنَكُمْ بِمَعْرُوْفٍ ۚ— وَاِنْ تَعَاسَرْتُمْ فَسَتُرْضِعُ لَهٗۤ اُخْرٰی ۟ؕ
६) तिनीहरूलाई (इद्दतको अवस्थामा) तिमीले आफ्नो हैसियत अनुसार त्यसै ठाउँमा राख, जहाँ तिमी बस्छौ, उनीहरूलाई कष्ट दिनुको निम्ति उनीहरूलाई हानि नपुर्याऊ । यदि उनीहरू गर्भवती छिन् भने उनीहरूमाथि खर्च गरिराख, जबसम्म कि उनीहरूको शिशुप्रसव नभइहालोस् । अनि यदि तिम्रो भनाई मानेर उनले नै दूध खुवाउँछिन् भने उनीहरूलाई उनको पारिश्रमिक देऊ, र आपसमा राम्रो तरिकाले परस्पर कुराकानीद्वारा कुनै कुरा निश्चित गरिहाल । र यदि तिमीलाई यसमा कुनै कठिनाई हुन्छ भने कुनै अर्कोले उसको निम्ति दूध खुवाइदिनेछे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لِیُنْفِقْ ذُوْ سَعَةٍ مِّنْ سَعَتِهٖ ؕ— وَمَنْ قُدِرَ عَلَیْهِ رِزْقُهٗ فَلْیُنْفِقْ مِمَّاۤ اٰتٰىهُ اللّٰهُ ؕ— لَا یُكَلِّفُ اللّٰهُ نَفْسًا اِلَّا مَاۤ اٰتٰىهَا ؕ— سَیَجْعَلُ اللّٰهُ بَعْدَ عُسْرٍ یُّسْرًا ۟۠
७) सामर्थ्यवानले आफ्नो क्षमता अनुसार खर्च गर्नुपर्छ र जसको जीविकामा कमी छ, उसलाई चाहिन्छ कि जति अल्लाहले उसलाई प्रदान गरेको छ, त्यस अनुसार खर्च गरोस् । जे–जति प्रदान गरेको छ, त्यसभन्दा बढी अल्लाहले कुनै व्यक्तिमाथि जिम्मेवारीको बोझ राख्दैन । शीघ्र नै अल्लाहले कठिनाई पश्चात सुगमताको सृष्टि गरिदिनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكَاَیِّنْ مِّنْ قَرْیَةٍ عَتَتْ عَنْ اَمْرِ رَبِّهَا وَرُسُلِهٖ فَحَاسَبْنٰهَا حِسَابًا شَدِیْدًا وَّعَذَّبْنٰهَا عَذَابًا نُّكْرًا ۟
८) र कतिपय यस्ता बस्तीहरू छन् जसका बासिन्दाहरूले आफ्नो पालनकर्ता र उसको रसूलहरूको आदेशबाट अटेरिपना गरे, तब हामीले पनि उनीहरूसँग गम्भीर हिसाब गर्यौं र उनीहरूलाई अदृश्य निकृष्ट सजाय दियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَذَاقَتْ وَبَالَ اَمْرِهَا وَكَانَ عَاقِبَةُ اَمْرِهَا خُسْرًا ۟
९) अतः उनीहरूले आफ्ना कर्महरूको लागि दण्डको स्वाद चाखिहाले र उनीहरूको लागि परिणाम घाटा नै रह्यो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَعَدَّ اللّٰهُ لَهُمْ عَذَابًا شَدِیْدًا ۙ— فَاتَّقُوا اللّٰهَ یٰۤاُولِی الْاَلْبَابِ— الَّذِیْنَ اٰمَنُوْا ۛۚ— قَدْ اَنْزَلَ اللّٰهُ اِلَیْكُمْ ذِكْرًا ۟ۙ
१०) अल्लाहले उनीहरूको निम्ति कठोर यातना तयार गरेको छ, तसर्थ हे बुद्धिवाला ईमानवालाहरू अल्लाहसित डराऊ । अल्लाहले तिमीतिर उपदेश पठाइसकेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
رَّسُوْلًا یَّتْلُوْا عَلَیْكُمْ اٰیٰتِ اللّٰهِ مُبَیِّنٰتٍ لِّیُخْرِجَ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ مِنَ الظُّلُمٰتِ اِلَی النُّوْرِ ؕ— وَمَنْ یُّؤْمِنْ بِاللّٰهِ وَیَعْمَلْ صَالِحًا یُّدْخِلْهُ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— قَدْ اَحْسَنَ اللّٰهُ لَهٗ رِزْقًا ۟
११) अर्थात पैगम्बर जसले तिम्रो सामु अल्लाहका स्पष्ट आयतहरू पढेर सुनाउँछन्, ताकि जसले ईमान ल्याउँछन् र असल कर्म गर्दछन् उनीहरूलाई अँध्यारोबाट निकाली उज्यालोतिर ल्याओस् र जुन व्यक्तिले अल्लाहमाथि ईमान ल्याउँछ र असल कर्म गर्नेछ उनीहरूलाई अल्लाहले स्वर्गका यस्ता बागहरूमा प्रविष्ट गर्नेछ, जसमुनि नहरहरू बगिराखेका छन्, सधैं त्यसमा रहनेछन् । निःसंदेह अल्लाहले उनीहरूको निम्ति उत्तम जीविका प्रदान गरिराखेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَللّٰهُ الَّذِیْ خَلَقَ سَبْعَ سَمٰوٰتٍ وَّمِنَ الْاَرْضِ مِثْلَهُنَّ ؕ— یَتَنَزَّلُ الْاَمْرُ بَیْنَهُنَّ لِتَعْلَمُوْۤا اَنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۙ— وَّاَنَّ اللّٰهَ قَدْ اَحَاطَ بِكُلِّ شَیْءٍ عِلْمًا ۟۠
१२) अल्लाह नै त हो जसले सात आकाशहरू सृष्टि गर्यो र उनीहरूकै सादृश्य धरती पनि, उसको आदेश उनको बीचमा अवतरित हुन्छन्, ताकि तिमीहरूले जानिहाल कि अल्लाह हरेक कुरामा सामर्थ्य सम्पन्न छ, र यो कि अल्लाहले सबै कुरालाई आफ्नो ज्ञानको घेरामा लिइसकेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አጥ ጠላቅ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት