የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ሱረቱ አት ተህሪም   አንቀጽ:

सूरतुत्तहरीम

یٰۤاَیُّهَا النَّبِیُّ لِمَ تُحَرِّمُ مَاۤ اَحَلَّ اللّٰهُ لَكَ ۚ— تَبْتَغِیْ مَرْضَاتَ اَزْوَاجِكَ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
१) हे नबी ! जुन कुरोलाई तपाईको निम्ति अल्लाहले बैध ठहराएको छ, त्यसलाई तपाईले किन अवैध गर्नु हुन्छ ? के तपाईले आफ्नो पत्नीहरूको सहमति लिन चाहनुहुन्छ ? र अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَدْ فَرَضَ اللّٰهُ لَكُمْ تَحِلَّةَ اَیْمَانِكُمْ ۚ— وَاللّٰهُ مَوْلٰىكُمْ ۚ— وَهُوَ الْعَلِیْمُ الْحَكِیْمُ ۟
२) अल्लाहले तिमीहरूलाई तिम्रा शपथहरूको उम्कने उपाय निर्धारित गरिदिएको छ र अल्लाह नै संरक्षक छ र ऊ सर्वज्ञ र अत्यन्त तत्वदर्शी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذْ اَسَرَّ النَّبِیُّ اِلٰی بَعْضِ اَزْوَاجِهٖ حَدِیْثًا ۚ— فَلَمَّا نَبَّاَتْ بِهٖ وَاَظْهَرَهُ اللّٰهُ عَلَیْهِ عَرَّفَ بَعْضَهٗ وَاَعْرَضَ عَنْ بَعْضٍ ۚ— فَلَمَّا نَبَّاَهَا بِهٖ قَالَتْ مَنْ اَنْۢبَاَكَ هٰذَا ؕ— قَالَ نَبَّاَنِیَ الْعَلِیْمُ الْخَبِیْرُ ۟
३) र स्मरण गर जब पैगम्बरले आफ्नो एउटी पत्नीसित एउटा रहस्यको कुरा गरे तर जब उसले उसलाई प्रचार गरिदियो, र अल्लाहले यसबाट नबीलाई सावधान गराइदियो तब नबीले यस पत्नीलाई त्यो कुरा आँशिक भने र केही भनेनन्, अनि जब उनले तिनलाई बताए त सोध्न थालिन् कि तपाईलाई यो कसले भन्यो । उनले भने कि ‘‘मलाई उसले खबर गरेको छ, जो सबै जान्नेवाला र खबर राख्नेवाला छ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ تَتُوْبَاۤ اِلَی اللّٰهِ فَقَدْ صَغَتْ قُلُوْبُكُمَا ۚ— وَاِنْ تَظٰهَرَا عَلَیْهِ فَاِنَّ اللّٰهَ هُوَ مَوْلٰىهُ وَجِبْرِیْلُ وَصَالِحُ الْمُؤْمِنِیْنَ ۚ— وَالْمَلٰٓىِٕكَةُ بَعْدَ ذٰلِكَ ظَهِیْرٌ ۟
४) (हे नबीका दुवै पत्नीहरू) यदि तिमी दुवै अल्लाह सामु तौबा गर्दछौ, भने राम्रो छ किनकि निःसन्देह तिम्रा हृदयहरू झुकिसकेछन् र यदि पैगम्बर बिरुद्ध तिमीहरू एक आपसमा सहयोग गर्नेछौ भने अल्लाह उसको संरक्षक छ, र जिब्रील र नेक ईमानवालाहरू पनि, र फरिश्ताहरू पनि उसको सहायता गर्नेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
عَسٰی رَبُّهٗۤ اِنْ طَلَّقَكُنَّ اَنْ یُّبْدِلَهٗۤ اَزْوَاجًا خَیْرًا مِّنْكُنَّ مُسْلِمٰتٍ مُّؤْمِنٰتٍ قٰنِتٰتٍ تٰٓىِٕبٰتٍ عٰبِدٰتٍ سٰٓىِٕحٰتٍ ثَیِّبٰتٍ وَّاَبْكَارًا ۟
५) र यदि पैगम्बरले तिमीलाई तलाक दिइहालुन् भने यस कुराको धेरै सम्भावना छ कि उनको पालनकर्ताले तिम्रो सट्टामा उनलाई तिमीभन्दा राम्री पत्नीहरू प्रदान गर्नेछ जो मुस्लिम ईमानवाली, आज्ञाकारीणी, तौबा गर्ने, इबादत (स्तुति) गर्नेवाली, व्रत बस्नेवाली, विधवा र कुमारीहरू पनि हुनेछिन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا قُوْۤا اَنْفُسَكُمْ وَاَهْلِیْكُمْ نَارًا وَّقُوْدُهَا النَّاسُ وَالْحِجَارَةُ عَلَیْهَا مَلٰٓىِٕكَةٌ غِلَاظٌ شِدَادٌ لَّا یَعْصُوْنَ اللّٰهَ مَاۤ اَمَرَهُمْ وَیَفْعَلُوْنَ مَا یُؤْمَرُوْنَ ۟
६) हे मोमिनहरू ! स्वयं आफूलाई र आफ्ना घरवालाहरूलाई त्यस आगोबाट बचाऊ, जसको ईन्धन मुनष्य र पत्थर हुनेछन्, जसको लागि कठोर स्वभावका, यस्ता बलशाली फरिश्ताहरू नियुक्त हुनेछन् जसले त्यसमा अल्लाहको अवज्ञा गर्दैनन् बरु जे आदेश पनि दिइन्छ, त्यसलाई कार्यान्वित गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ كَفَرُوْا لَا تَعْتَذِرُوا الْیَوْمَ ؕ— اِنَّمَا تُجْزَوْنَ مَا كُنْتُمْ تَعْمَلُوْنَ ۟۠
७) काफिरहरू हो ! आज तिमीहरू बहानाहरू नबनाऊ । मात्र तिमीले गर्दै आएका कार्यहरूको प्रतिफल तिमीहरूलाई दिइँदैछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا تُوْبُوْۤا اِلَی اللّٰهِ تَوْبَةً نَّصُوْحًا ؕ— عَسٰی رَبُّكُمْ اَنْ یُّكَفِّرَ عَنْكُمْ سَیِّاٰتِكُمْ وَیُدْخِلَكُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ ۙ— یَوْمَ لَا یُخْزِی اللّٰهُ النَّبِیَّ وَالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ ۚ— نُوْرُهُمْ یَسْعٰی بَیْنَ اَیْدِیْهِمْ وَبِاَیْمَانِهِمْ یَقُوْلُوْنَ رَبَّنَاۤ اَتْمِمْ لَنَا نُوْرَنَا وَاغْفِرْ لَنَا ۚ— اِنَّكَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
८) हे मोमिनहरू ! अल्लाहको अगाडि तिमीहरूले सत्य पवित्र हृदयले क्षमा याचना गर, आशा छ कि उसले तिम्रा पापहरू तिमीबाट हटाइदिनेछ र तिमीलाई स्वर्गका बागहरूमा, जसमुनि नहरहरू बगरिराखेका छन्, प्रविष्ट गराउनेछ । त्यसदिन अल्लाहले पैगम्बरलाई र ती मानिसहरूलाई, जसले उनको साथ दिएका छन्, निराश गर्नेछैन, (बरु) उनको चमक उनको अगाडि र दायाँतिर (प्रकाश पार्दै) हिंडिरहेको हुनेछ र उनीहरू अल्लाहसित विन्ती गर्नेछन् कि हे पालनकर्ता ! हाम्रो प्रकाश हाम्रो निम्ति पूरा गर र हामीलाई क्षमा गर । निःसन्देह तिमी, प्रत्येक कुरामाथि सामथ्र्यवान छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا النَّبِیُّ جَاهِدِ الْكُفَّارَ وَالْمُنٰفِقِیْنَ وَاغْلُظْ عَلَیْهِمْ ؕ— وَمَاْوٰىهُمْ جَهَنَّمُ ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟
९) हे पैगम्बर ! काफिरहरू र मुनाफिकहरूसित लड र उनीहरूमाथि कडाई गर । उनीहरूको बास्स्थान नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ضَرَبَ اللّٰهُ مَثَلًا لِّلَّذِیْنَ كَفَرُوا امْرَاَتَ نُوْحٍ وَّامْرَاَتَ لُوْطٍ ؕ— كَانَتَا تَحْتَ عَبْدَیْنِ مِنْ عِبَادِنَا صَالِحَیْنِ فَخَانَتٰهُمَا فَلَمْ یُغْنِیَا عَنْهُمَا مِنَ اللّٰهِ شَیْـًٔا وَّقِیْلَ ادْخُلَا النَّارَ مَعَ الدّٰخِلِیْنَ ۟
१०) अल्लाहले काफिरहरूको निम्ति ‘‘नूहकी’’ पत्नी र ‘‘लूतकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ । दुवै हाम्रा असल भक्तहरूमध्ये दुईवटा भक्तहरूको घरमा थिइन्, र दुवैले उनीप्रति विश्वासघात गरिन्, तब ती असल भक्तहरूले उनीहरूलाई अल्लाहको सजायबाट बचाउन सकेनन्, र भनियो कि (हे स्त्रीहरू) प्रवेश गर्नेवालाको साथमा तिमी दुवै पनि नर्कमा प्रविष्ट भइहाल ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَضَرَبَ اللّٰهُ مَثَلًا لِّلَّذِیْنَ اٰمَنُوا امْرَاَتَ فِرْعَوْنَ ۘ— اِذْ قَالَتْ رَبِّ ابْنِ لِیْ عِنْدَكَ بَیْتًا فِی الْجَنَّةِ وَنَجِّنِیْ مِنْ فِرْعَوْنَ وَعَمَلِهٖ وَنَجِّنِیْ مِنَ الْقَوْمِ الظّٰلِمِیْنَ ۟ۙ
११) र मोमिनहरूको निम्ति अल्लाहले ‘‘फिरऔनकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ, जब कि उनले अल्लाहसित प्रार्थना गरिन् कि हे मेरो पालनकर्ता ! मेरो निम्ति स्वर्गमा आफ्नो नजिक एउटा घर बनाऊ र मलाई फिरऔन र उसको कर्मबाट छुटकारा देऊ, र अत्याचारीहरूबाट मलाई मुक्त गर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَرْیَمَ ابْنَتَ عِمْرٰنَ الَّتِیْۤ اَحْصَنَتْ فَرْجَهَا فَنَفَخْنَا فِیْهِ مِنْ رُّوْحِنَا وَصَدَّقَتْ بِكَلِمٰتِ رَبِّهَا وَكُتُبِهٖ وَكَانَتْ مِنَ الْقٰنِتِیْنَ ۟۠
१२) र (अर्को) इम्रानकि छोरी ‘‘मरियमको’’ दृष्टान्त बयान गर्यो जसले आफ्नो सतित्वको रक्षा गरिन्, फेरि हामीले त्यस स्त्रीभित्र आफ्नो तरफबाट रूह फूँकिदियौ, र त्यसले आफ्नो पालनकर्ताको कलाम(वाणी) र उसको किताबहरूलाई सत्य ठान्दथिइन्, र उनी उपासकहरूमध्येकी थिइन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ሱረቱ አት ተህሪም
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል - የትርጉሞች ማዉጫ

የተከበረው ቁርአን ኔፓልኛ መልዕክተ ትርጉም - በኔፓል የአህሉል ሓዲሥ ማህበረሰብ ማዕከል የተተረጎመ

መዝጋት