Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: An-Nahl   Ayah:
وَتَحْمِلُ اَثْقَالَكُمْ اِلٰی بَلَدٍ لَّمْ تَكُوْنُوْا بٰلِغِیْهِ اِلَّا بِشِقِّ الْاَنْفُسِ ؕ— اِنَّ رَبَّكُمْ لَرَءُوْفٌ رَّحِیْمٌ ۟ۙ
७) र तिनीहरूले तिम्रो भारी ती शहरहरूसम्म बोक्छन्, जहाँ तिमी ठूलो दुःख नगरी पुग्न सक्दैनौं । यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्ता अत्यन्त कृपालु, धेरै दयावान छ ।
Arabic explanations of the Qur’an:
وَّالْخَیْلَ وَالْبِغَالَ وَالْحَمِیْرَ لِتَرْكَبُوْهَا وَزِیْنَةً ؕ— وَیَخْلُقُ مَا لَا تَعْلَمُوْنَ ۟
८) र उसैले घोडा र खच्चड तथा गधहाहरूको सृष्टि गर्यो ताकि तिमीहरू उनीहरूमाथि चढि सवारी गर्न सक, र तिनीहरू तिम्रा शोभा पनि हुन् र उसले अन्य कुराहरू पनि सृष्टि गर्दछ जसबारे तिमीलाई थाहा छैन ।
Arabic explanations of the Qur’an:
وَعَلَی اللّٰهِ قَصْدُ السَّبِیْلِ وَمِنْهَا جَآىِٕرٌ ؕ— وَلَوْ شَآءَ لَهَدٰىكُمْ اَجْمَعِیْنَ ۟۠
९) र सोझो बाटो त अल्लाहसम्म पुग्दछ र केही मार्गहरू बाङ्गो पनि छन् । र यदि उसले चाहेको भए तिमी सबैलाई सोझो बाटोमा हिंडाउन सक्थ्यो ।
Arabic explanations of the Qur’an:
هُوَ الَّذِیْۤ اَنْزَلَ مِنَ السَّمَآءِ مَآءً لَّكُمْ مِّنْهُ شَرَابٌ وَّمِنْهُ شَجَرٌ فِیْهِ تُسِیْمُوْنَ ۟
१०) उसैले आकाशहरूबाट तिम्रो फाइदाको लागि पानी बर्षायो जसलाई तिमीले पिउँछौं र त्यसबाट उब्जेका रुखहरूबाट तिमी आफ्ना चौपायाहरू चराउँछौं ।
Arabic explanations of the Qur’an:
یُنْۢبِتُ لَكُمْ بِهِ الزَّرْعَ وَالزَّیْتُوْنَ وَالنَّخِیْلَ وَالْاَعْنَابَ وَمِنْ كُلِّ الثَّمَرٰتِ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّقَوْمٍ یَّتَفَكَّرُوْنَ ۟
११) त्यही पानीबाट उसले तिम्रो निम्ति बाली र जैतून, खजूर र अंगूर र प्रत्येक प्रकारको फल उमार्छ निःसन्देह सोच र बिचार गर्नेहरूको निमित्त यसमा ठूलो निशानी छ ।
Arabic explanations of the Qur’an:
وَسَخَّرَ لَكُمُ الَّیْلَ وَالنَّهَارَ ۙ— وَالشَّمْسَ وَالْقَمَرَ ؕ— وَالنُّجُوْمُ مُسَخَّرٰتٌ بِاَمْرِهٖ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یَّعْقِلُوْنَ ۟ۙ
१२) उसैले राती र दिन तथा सूर्य र चन्द्रलाई तिम्रो अधीन गर्यो र उसैको आदेशको अधीनमा ताराहरू पनि (काममा लागेका) छन् निःसन्देह बुद्धिमानहरूको लागि यसमा धेरै निशानीहरू छन् ।
Arabic explanations of the Qur’an:
وَمَا ذَرَاَ لَكُمْ فِی الْاَرْضِ مُخْتَلِفًا اَلْوَانُهٗ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّقَوْمٍ یَّذَّكَّرُوْنَ ۟
१३) अरु पनि विभिन्न प्रकारका रङ्गीचङ्गी कुराहरू उसले धर्तीमा तिम्रो लागि सृष्टि गरेको छ । उपदेश ग्रहण गर्नेहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।
Arabic explanations of the Qur’an:
وَهُوَ الَّذِیْ سَخَّرَ الْبَحْرَ لِتَاْكُلُوْا مِنْهُ لَحْمًا طَرِیًّا وَّتَسْتَخْرِجُوْا مِنْهُ حِلْیَةً تَلْبَسُوْنَهَا ۚ— وَتَرَی الْفُلْكَ مَوَاخِرَ فِیْهِ وَلِتَبْتَغُوْا مِنْ فَضْلِهٖ وَلَعَلَّكُمْ تَشْكُرُوْنَ ۟
१४) र उसले समुद्रलाई पनि तिम्रो अधीनमा गर्यो जसबाट ताजा मासु खान सक र त्यसबाट गहना (इत्यादि) निकाल जसलाई तिमीले लगाउँछौं र तिमीले देख्छौ कि डुङ्गाहरूले समुद्रमा पानी पन्छ्याउँदै अगाडि बढ्छन् र यस कारण पनि ताकि तिमीले अल्लाहको कृपाले जीविका खोज्न सक र जसबाट सम्भव छ तिमी उसप्रति आभार प्रकट गर ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: An-Nahl
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close