Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: An-Nahl   Ayah:
وَیَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ مَا لَا یَمْلِكُ لَهُمْ رِزْقًا مِّنَ السَّمٰوٰتِ وَالْاَرْضِ شَیْـًٔا وَّلَا یَسْتَطِیْعُوْنَ ۟ۚ
७३) र तिनीहरूले अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन् जसले कि तिनीहरूलाई आकाशहरू र धर्तीमा जीविका प्रदान गर्न अलिकति पनि अधिकार राख्दैनन् र न क्षमता राख्दछन् ।
Arabic explanations of the Qur’an:
فَلَا تَضْرِبُوْا لِلّٰهِ الْاَمْثَالَ ؕ— اِنَّ اللّٰهَ یَعْلَمُ وَاَنْتُمْ لَا تَعْلَمُوْنَ ۟
७४) तसर्थ अल्लाहको बारेमा (गलत) उदाहरणहरू नबनाऊ । अल्लाहलाई मात्र थाहा छ र तिमीहरू जान्दैनौ ।
Arabic explanations of the Qur’an:
ضَرَبَ اللّٰهُ مَثَلًا عَبْدًا مَّمْلُوْكًا لَّا یَقْدِرُ عَلٰی شَیْءٍ وَّمَنْ رَّزَقْنٰهُ مِنَّا رِزْقًا حَسَنًا فَهُوَ یُنْفِقُ مِنْهُ سِرًّا وَّجَهْرًا ؕ— هَلْ یَسْتَوٗنَ ؕ— اَلْحَمْدُ لِلّٰهِ ؕ— بَلْ اَكْثَرُهُمْ لَا یَعْلَمُوْنَ ۟
७५) अल्लाहले एउटा अर्को उदाहरण वर्णन गर्दछ कि एउटा दास छ, जो अर्काको अधीनमा छ र उसलाई कुनै कुरामाथि अधिकार प्राप्त छैन र एउटा यस्तो मानिस छ, जसलाई हामीले आफूकहाँबाट उचित धन–सम्पत्ति प्रदान गरेका छौं, र उसले त्यसबाट लुकिछिपि र खुल्लारूपमा खर्च गर्दछ । त के दुवैजना एक समान छन् ? (कदापि होइन) सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि नै छन् तर यिनीहरूमध्ये अधिकतरले बुझ्दैनन् ।
Arabic explanations of the Qur’an:
وَضَرَبَ اللّٰهُ مَثَلًا رَّجُلَیْنِ اَحَدُهُمَاۤ اَبْكَمُ لَا یَقْدِرُ عَلٰی شَیْءٍ وَّهُوَ كَلٌّ عَلٰی مَوْلٰىهُ ۙ— اَیْنَمَا یُوَجِّهْهُّ لَا یَاْتِ بِخَیْرٍ ؕ— هَلْ یَسْتَوِیْ هُوَ ۙ— وَمَنْ یَّاْمُرُ بِالْعَدْلِ ۙ— وَهُوَ عَلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟۠
७६) अल्लाहले एउटा अर्काे उदाहरण पनि वर्णन गर्दछ, दुईजना मानिसहरूको । त्यसमध्ये एउटा लाटो छ कुनै कुरामाथि उसलाई अधिकार प्राप्त छैन अपितु ऊ आफ्नो मालिकमाथि एउटा अनावश्यक बोझ (भारी) छ । त्यसलाई जहाँ पठाए पनि उसले कुनै भलो कुरो ल्याउँदैन, के यस्तो (लाटो बहिरो) र त्यो मान्छे जो (सुन्दछ, बोल्दछ र) मानिसहरूलाई इन्साफ गर्न आदेश दिन्छ र स्वयं सोझो बाटोमो हिंडीराखेछ, दुवै समान हुन्छन र ?
Arabic explanations of the Qur’an:
وَلِلّٰهِ غَیْبُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَمَاۤ اَمْرُ السَّاعَةِ اِلَّا كَلَمْحِ الْبَصَرِ اَوْ هُوَ اَقْرَبُ ؕ— اِنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
७७) आकाश र पृथ्वीको गोप्यता मात्र अल्लाहलाई नै थाहा छ कियामतको आगमन यस्तै छ जस्तो आँखाको झिम्काई, बरु त्योभन्दा पनि छिटो, निःसन्देह हरेक कुरोमा अल्लाह शक्ति सम्पन्न सामर्थ्यवान छ ।
Arabic explanations of the Qur’an:
وَاللّٰهُ اَخْرَجَكُمْ مِّنْ بُطُوْنِ اُمَّهٰتِكُمْ لَا تَعْلَمُوْنَ شَیْـًٔا ۙ— وَّجَعَلَ لَكُمُ السَّمْعَ وَالْاَبْصَارَ وَالْاَفْـِٕدَةَ ۙ— لَعَلَّكُمْ تَشْكُرُوْنَ ۟
७८) अल्लाहले नै तिमीलाई तिम्रा आमाहरूको पेटबाट निकाल्यो जबकि तिमीलाई केही पनि थाहा थिएन । र उसैले तिमीलाई श्रवणक्षमता र हेर्ने क्षमता र हृदय (र यिनीहरू बाहेक अन्य अङ्गहरू) प्रदान गर्यो कि तिमीले उसप्रति कृतज्ञता प्रकट गर्न सक ।
Arabic explanations of the Qur’an:
اَلَمْ یَرَوْا اِلَی الطَّیْرِ مُسَخَّرٰتٍ فِیْ جَوِّ السَّمَآءِ ؕ— مَا یُمْسِكُهُنَّ اِلَّا اللّٰهُ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یُّؤْمِنُوْنَ ۟
७९) के तिनीहरूले चराहरूलाई देखेनन् जो आज्ञाकारी भएर आकाशको हावामा घेरिएर (उडिराख्दछन्) तिनीहरूलाई मात्र अल्लाहले नै थामिराखेको छ । निःसन्देह ईमान भएकाहरूको लागि यसमा ठूला निशानीहरू छन् ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: An-Nahl
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close