Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: As-Sajdah   Ayah:
وَلَوْ تَرٰۤی اِذِ الْمُجْرِمُوْنَ نَاكِسُوْا رُءُوْسِهِمْ عِنْدَ رَبِّهِمْ ؕ— رَبَّنَاۤ اَبْصَرْنَا وَسَمِعْنَا فَارْجِعْنَا نَعْمَلْ صَالِحًا اِنَّا مُوْقِنُوْنَ ۟
१२) कति राम्रो हुन्थ्यो तपाईंले देख्ने भए जब कि अपराधीहरू आफ्नो पालनकर्ताको अगाडि टाउको निहुराइराखेका हुनेछन् र भन्ने छन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीले देखिहाल्यौं र सुनीहाल्यौं । अब तिमीले हामीलाई (संसारमा) फिर्ता पठाइदेऊ, ताकि असल कर्म गरौं, हामी आस्था राख्नेवाला हौं ।’’
Arabic explanations of the Qur’an:
وَلَوْ شِئْنَا لَاٰتَیْنَا كُلَّ نَفْسٍ هُدٰىهَا وَلٰكِنْ حَقَّ الْقَوْلُ مِنِّیْ لَاَمْلَـَٔنَّ جَهَنَّمَ مِنَ الْجِنَّةِ وَالنَّاسِ اَجْمَعِیْنَ ۟
१३) यदि हामीले चाहेको भए प्रत्येक व्यक्तिलाई उपदेश ग्रहण गराइदिन्थ्यौं, तर मेरो तर्फबाट यो कुरो बिल्कुल सत्य प्रमाणित भइसकेको छ कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु ।
Arabic explanations of the Qur’an:
فَذُوْقُوْا بِمَا نَسِیْتُمْ لِقَآءَ یَوْمِكُمْ هٰذَا ۚ— اِنَّا نَسِیْنٰكُمْ وَذُوْقُوْا عَذَابَ الْخُلْدِ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟
१४) (तसर्थ) अब तिमीले त्यस दिनको साक्षात्कारलाई बिर्सेको नतीजा (परिणाम) भोग, (आज) हामीले पनि तिमीलाई विर्सिदियौं । र जुन काम तिमीले गर्दथ्यौ त्यसको सजायमा सधैंको यातनाको स्वाद चाखिराख ।
Arabic explanations of the Qur’an:
اِنَّمَا یُؤْمِنُ بِاٰیٰتِنَا الَّذِیْنَ اِذَا ذُكِّرُوْا بِهَا خَرُّوْا سُجَّدًا وَّسَبَّحُوْا بِحَمْدِ رَبِّهِمْ وَهُمْ لَا یَسْتَكْبِرُوْنَ ۟
१५) हाम्रा आयतहरूमा उनैले ईमान ल्याउने गर्दछन् जसलाई जब उपदेश गरिन्छ तब सज्दामा (ढोगमा) जान्छन् र आफ्नो पालनकर्ताको प्रशंसाका साथ उसको गुणगान गर्दछन् र घमण्ड गर्दैनन् ।
Arabic explanations of the Qur’an:
تَتَجَافٰی جُنُوْبُهُمْ عَنِ الْمَضَاجِعِ یَدْعُوْنَ رَبَّهُمْ خَوْفًا وَّطَمَعًا ؗ— وَّمِمَّا رَزَقْنٰهُمْ یُنْفِقُوْنَ ۟
१६) उनीहरूको लेटाई आफ्ना ओछ्यानहरूबाट अलग हुन्छन्, उनीहरू आफ्नो पालनकर्तालाई भय र आशाले पुकार्दछन् र जुन (सम्पत्ति) हामीले उनलाई दिएका छौं, त्यसबाट खर्च गर्दछन् ।
Arabic explanations of the Qur’an:
فَلَا تَعْلَمُ نَفْسٌ مَّاۤ اُخْفِیَ لَهُمْ مِّنْ قُرَّةِ اَعْیُنٍ ۚ— جَزَآءً بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟
१७) (अनि अल्लाह बाहेक) कसैलाई थाहा छैन कि उनीहरूको निम्ति उनको आँखाका शितलता लुकाएर राखिदिएका छौं यो उनीहरूका कर्महरूको पुरस्कार हो, जुन उनीहरूले गर्नेगर्दथे ।
Arabic explanations of the Qur’an:
اَفَمَنْ كَانَ مُؤْمِنًا كَمَنْ كَانَ فَاسِقًا ؔؕ— لَا یَسْتَوٗنَ ۟
१८) के जो मोमिन छ, ऊ त्यस व्यक्ति सरह हुनसक्छ जो अवज्ञाकारी छ ? दुवै समान हुन सक्दैनन् ।
Arabic explanations of the Qur’an:
اَمَّا الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ فَلَهُمْ جَنّٰتُ الْمَاْوٰی ؗ— نُزُلًا بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟
१९) जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई सँधैं बस्नको निम्ति (जन्नत) स्वर्गका बागबगैंचाहरू छन्, ती कामहरूको प्रतिफलमा आतिथ्यता छ , जुन कि उनीहरूले गर्दथे ।
Arabic explanations of the Qur’an:
وَاَمَّا الَّذِیْنَ فَسَقُوْا فَمَاْوٰىهُمُ النَّارُ ؕ— كُلَّمَاۤ اَرَادُوْۤا اَنْ یَّخْرُجُوْا مِنْهَاۤ اُعِیْدُوْا فِیْهَا وَقِیْلَ لَهُمْ ذُوْقُوْا عَذَابَ النَّارِ الَّذِیْ كُنْتُمْ بِهٖ تُكَذِّبُوْنَ ۟
२०) तर जसले आज्ञा उल्लंघन गरे उनीहरूको ठेगाना नर्क हो । जब कुनै बेला उनले त्यसबाट बाहिर निस्किन चाहनेछन् त त्यसैमा फर्काइनेछन् र (उनीहरूसित) भनिनेछ कि (जुन दोजखको यातनालाई) तिमीले झूठो ठान्दथ्यौ त्यसको बदलामा आगोको सजाय चाख ।’’
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: As-Sajdah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close