Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Anfāl   Ayah:
وَمَا لَهُمْ اَلَّا یُعَذِّبَهُمُ اللّٰهُ وَهُمْ یَصُدُّوْنَ عَنِ الْمَسْجِدِ الْحَرَامِ وَمَا كَانُوْۤا اَوْلِیَآءَهٗ ؕ— اِنْ اَوْلِیَآؤُهٗۤ اِلَّا الْمُتَّقُوْنَ وَلٰكِنَّ اَكْثَرَهُمْ لَا یَعْلَمُوْنَ ۟
३४) र उनीहरूमा के कुरा छ कि उनीहरूलाई अल्लाहले यातना नदेओस, जबकि उनीहरूले ‘‘मस्जिदे हराम’’ (कअ्बा) बाट रोक्दछन् जबकि उनीहरू त्यस मस्जिदको व्यवस्थापक होइनन्? यसको व्यवस्थापक त मात्र मुत्तकीहरू (संयमीहरू) हुन् । तर उनीमध्ये धेरैले बुझ्दैनन् ।
Arabic explanations of the Qur’an:
وَمَا كَانَ صَلَاتُهُمْ عِنْدَ الْبَیْتِ اِلَّا مُكَآءً وَّتَصْدِیَةً ؕ— فَذُوْقُوا الْعَذَابَ بِمَا كُنْتُمْ تَكْفُرُوْنَ ۟
३५) र उनीहरूको नमाज यस घर (कअ्बा) को पासमा सिटी बजाउने र ताली पिट्ने बाहेक अरु केही थिएन । तसर्थ त्यस इन्कारको कारण यस यातनाको स्वाद चाख ।
Arabic explanations of the Qur’an:
اِنَّ الَّذِیْنَ كَفَرُوْا یُنْفِقُوْنَ اَمْوَالَهُمْ لِیَصُدُّوْا عَنْ سَبِیْلِ اللّٰهِ ؕ— فَسَیُنْفِقُوْنَهَا ثُمَّ تَكُوْنُ عَلَیْهِمْ حَسْرَةً ثُمَّ یُغْلَبُوْنَ ؕ۬— وَالَّذِیْنَ كَفَرُوْۤا اِلٰی جَهَنَّمَ یُحْشَرُوْنَ ۟ۙ
३६) निश्चय नै इन्कार गर्नेहरूले आफ्नो माल अल्लाहको मार्गबाट रोक्नका लागि खर्च गर्दछन् । उनीहरू त त्यसलाई खर्च गरि नै रहनेछन्, अनि यही उनको निम्ति पश्चाताप बन्नेछ । अनि उनीहरू पराजित हुनेछन् र इन्कार गर्नेहरू नर्कतिर एकत्रित गरिनेछन् ।
Arabic explanations of the Qur’an:
لِیَمِیْزَ اللّٰهُ الْخَبِیْثَ مِنَ الطَّیِّبِ وَیَجْعَلَ الْخَبِیْثَ بَعْضَهٗ عَلٰی بَعْضٍ فَیَرْكُمَهٗ جَمِیْعًا فَیَجْعَلَهٗ فِیْ جَهَنَّمَ ؕ— اُولٰٓىِٕكَ هُمُ الْخٰسِرُوْنَ ۟۠
३७) ताकि अल्लाह पवित्रलाई अपवित्रबाट अलग गरोस् र अपवित्रलाई एक–अर्कासंग मिलाइदेओस्, जसबाट ती सबैलाई एकै ठाउँमा जम्मा गरी नर्कमा हालिदेओस् । यिनिहरू नै पुरै घाटामा छन् ।
Arabic explanations of the Qur’an:
قُلْ لِّلَّذِیْنَ كَفَرُوْۤا اِنْ یَّنْتَهُوْا یُغْفَرْ لَهُمْ مَّا قَدْ سَلَفَ ۚ— وَاِنْ یَّعُوْدُوْا فَقَدْ مَضَتْ سُنَّتُ الْاَوَّلِیْنَ ۟
३८) तपाईले यी काफिरहरूसित भनिदिनुस् कि यदि उनीहरूले (आफ्नो क्रियाकलाप) त्यागीदिन्छन् भने उनीहरूका पहिलाका पापहरू क्षमा गरिदिइनेछ, र यदि उनीहरू फेरि त्यही गर्नेछन् भने पूर्ववर्ती काफिरहरूको सम्बन्धमा कानून लागू भइसकेको छ ।
Arabic explanations of the Qur’an:
وَقَاتِلُوْهُمْ حَتّٰی لَا تَكُوْنَ فِتْنَةٌ وَّیَكُوْنَ الدِّیْنُ كُلُّهٗ لِلّٰهِ ۚ— فَاِنِ انْتَهَوْا فَاِنَّ اللّٰهَ بِمَا یَعْمَلُوْنَ بَصِیْرٌ ۟
३९) र उनीहरूसित यस हदसम्म युद्ध गर, कि तिनीहरूमा फितना(लडाईको कारण) बाँकी नरहोस् र धर्म अल्लाहकै भइहालोस् । अनि यदि उनीहरू आफ्नो (क्रियाकलाप) त्याग गर्छन् भने अल्लाहले उनीहरूको कर्म राम्ररी देखिराखेको छ ।
Arabic explanations of the Qur’an:
وَاِنْ تَوَلَّوْا فَاعْلَمُوْۤا اَنَّ اللّٰهَ مَوْلٰىكُمْ ؕ— نِعْمَ الْمَوْلٰی وَنِعْمَ النَّصِیْرُ ۟
४०) र यदि इन्कार गर्दछन् (पिठ्युँ फर्काउँछन्) भने विश्वास राख कि अल्लाह तिम्रो संरक्षक हो । ऊ धेरै राम्रो संरक्षक हो र धेरै राम्रो सहायक हो ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Anfāl
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close