Check out the new design

क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस * - अनुवादों की सूची


अर्थों का अनुवाद सूरा: अल्-आराफ़   आयत:
اِنَّ وَلِیِّ اللّٰهُ الَّذِیْ نَزَّلَ الْكِتٰبَ ۖؗ— وَهُوَ یَتَوَلَّی الصّٰلِحِیْنَ ۟
१९६) निश्चय नै मेरो सहायक अल्लाह नै हो, जसले यो किताब उतारेको छ, र त्यसैले सदाचारीहरूको सहायता गर्दछ ।
अरबी तफ़सीरें:
وَالَّذِیْنَ تَدْعُوْنَ مِنْ دُوْنِهٖ لَا یَسْتَطِیْعُوْنَ نَصْرَكُمْ وَلَاۤ اَنْفُسَهُمْ یَنْصُرُوْنَ ۟
१९७) तिमीहरूले अल्लाहलाई छाडेर जस जसलाई पूजा गर्दछौ, त्यसले तिम्रो कुनै सहायता गर्न सक्दैनन् र न आफ्नै सहायता गर्न सक्छन् ।
अरबी तफ़सीरें:
وَاِنْ تَدْعُوْهُمْ اِلَی الْهُدٰی لَا یَسْمَعُوْا ؕ— وَتَرٰىهُمْ یَنْظُرُوْنَ اِلَیْكَ وَهُمْ لَا یُبْصِرُوْنَ ۟
१९८) र यदि उनलाई सोझो मार्गतिर बोलाउनुहुन्छ भने तिनीहरूले सुन्ने छैनन् । र तिनीहरूलाई तपाईले यसरी देख्नुहुन्छ जस्तो कि उनीहरूले तपाईलाई देखिराखेका छन्, जबकि तिनीहरूले केही पनि देख्दैनन् ।
अरबी तफ़सीरें:
خُذِ الْعَفْوَ وَاْمُرْ بِالْعُرْفِ وَاَعْرِضْ عَنِ الْجٰهِلِیْنَ ۟
१९९) तपाई क्षमाको नीति अपनाउनुस्, र असल कामको उपदेश दिदै गर्नुस् र अज्ञानीहरूबाट टाढा बस्नुस् ।
अरबी तफ़सीरें:
وَاِمَّا یَنْزَغَنَّكَ مِنَ الشَّیْطٰنِ نَزْغٌ فَاسْتَعِذْ بِاللّٰهِ ؕ— اِنَّهٗ سَمِیْعٌ عَلِیْمٌ ۟
२००) र यदि तपाईलाई शैतानतिरबाट कुनै असमंजस आउँछ भने अल्लाहसित शरण माँग्ने गर्नुस् । निश्चय नै ऊ सबै कुरा सुन्दछ र जान्दछ ।
अरबी तफ़सीरें:
اِنَّ الَّذِیْنَ اتَّقَوْا اِذَا مَسَّهُمْ طٰٓىِٕفٌ مِّنَ الشَّیْطٰنِ تَذَكَّرُوْا فَاِذَا هُمْ مُّبْصِرُوْنَ ۟ۚ
२०१) निश्चय नै अल्लाहसित डराउनेहरूलाई जब कुनै खतराको संकेत आउँछ तब उनी जिक्र गर्न थाल्छन्, तसर्थ एक्कासी उनका आँखाहरू खुलिहाल्छन् ।
अरबी तफ़सीरें:
وَاِخْوَانُهُمْ یَمُدُّوْنَهُمْ فِی الْغَیِّ ثُمَّ لَا یُقْصِرُوْنَ ۟
२०२) र जो शैतानका मातहतमा छन्, तिनहिरूले उनीहरूलाई कुमार्गतिर तानेर लग्छन्, अनि त्यसमा कुनै कसर बाँकी राख्दैनन् ।
अरबी तफ़सीरें:
وَاِذَا لَمْ تَاْتِهِمْ بِاٰیَةٍ قَالُوْا لَوْلَا اجْتَبَیْتَهَا ؕ— قُلْ اِنَّمَاۤ اَتَّبِعُ مَا یُوْحٰۤی اِلَیَّ مِنْ رَّبِّیْ ۚ— هٰذَا بَصَآىِٕرُ مِنْ رَّبِّكُمْ وَهُدًی وَّرَحْمَةٌ لِّقَوْمٍ یُّؤْمِنُوْنَ ۟
२०३) जब तपाईले कुनै चमत्कार उनीहरू समक्ष ल्याउनुहुन्न तब उनीहरूले भन्छन्ः कि ‘‘तपाईले स्वयं यो चमत्कार किन ल्याउनु भएन’’ ? तपाईले भनिदिनुस्ः कि म त त्यही कुराको पालना गर्दछु जुन आदेश मेरो पालनकर्ताले पठाएको छ । यी तपाईको पालनकर्ताको तर्फबाट प्रमाण हुन्, र ईमानवालाहरूको लागि मार्गदर्शन र दया हो ।
अरबी तफ़सीरें:
وَاِذَا قُرِئَ الْقُرْاٰنُ فَاسْتَمِعُوْا لَهٗ وَاَنْصِتُوْا لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟
२०४) र जब कुरआन पढिन्छ तब त्यतातिर ध्यान दिएर सुन, र चुप लागेर बस, ताकि तिमीमाथि दया गरियोस् ।
अरबी तफ़सीरें:
وَاذْكُرْ رَّبَّكَ فِیْ نَفْسِكَ تَضَرُّعًا وَّخِیْفَةً وَّدُوْنَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْاٰصَالِ وَلَا تَكُنْ مِّنَ الْغٰفِلِیْنَ ۟
२०५) र हे नबी ! आफ्नो पालनकर्तालाई आफ्नो मनमा बिहान बेलुका विनम्रतापूर्वक, डर मान्दै मसिनो आवाजमा स्मरण गर्दैगर र बेवास्ता गर्नेहरूमध्येको नहोऊ ।
अरबी तफ़सीरें:
اِنَّ الَّذِیْنَ عِنْدَ رَبِّكَ لَا یَسْتَكْبِرُوْنَ عَنْ عِبَادَتِهٖ وَیُسَبِّحُوْنَهٗ وَلَهٗ یَسْجُدُوْنَ ۟
२०६) निःसन्देह जो तिम्रो पालनकर्ताको समीपमा छन्, तिनीहरू उसको उपासनाबाट अभिमान गर्दैनन्, तिनीहरू त उसको महीमागान गर्दछन् र उसैलाई ढोग्दछन् ।
अरबी तफ़सीरें:
 
अर्थों का अनुवाद सूरा: अल्-आराफ़
सूरों की सूची पृष्ठ संख्या
 
क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस - अनुवादों की सूची

मर्कज़ी जमीयत अह्ल-ए-हदीस नेपाल द्वारा जारी किया गया।

बंद करें