Check out the new design

クルアーンの対訳 - ネパール語対訳 - Central Society of Ahlul-Hadith * - 対訳の目次


対訳 章: フード章   節:
قَالَ یٰقَوْمِ اَرَءَیْتُمْ اِنْ كُنْتُ عَلٰی بَیِّنَةٍ مِّنْ رَّبِّیْ وَاٰتٰىنِیْ مِنْهُ رَحْمَةً فَمَنْ یَّنْصُرُنِیْ مِنَ اللّٰهِ اِنْ عَصَیْتُهٗ ۫— فَمَا تَزِیْدُوْنَنِیْ غَیْرَ تَخْسِیْرٍ ۟
६३) सालेहले भनेः ‘‘हे मेरो कौमका मानिसहरू ! यस कुरातिर विचार गर कि यदि मसँग आफ्नो पालनकर्ताको स्पष्ट प्रमाण छ र उसले मलाई आफ्नो तर्फबाट रहमत प्रदान गरेको छ, र फेरि मैले अल्लाहको आदेश उल्लंघन गरें भने उसको अगाडि कसले मेरो सहायता गर्नेछ ? तिमीले त मेरो हानिमा वृद्धि गरिरहेका छौ ।’’
アラビア語 クルアーン注釈:
وَیٰقَوْمِ هٰذِهٖ نَاقَةُ اللّٰهِ لَكُمْ اٰیَةً فَذَرُوْهَا تَاْكُلْ فِیْۤ اَرْضِ اللّٰهِ وَلَا تَمَسُّوْهَا بِسُوْٓءٍ فَیَاْخُذَكُمْ عَذَابٌ قَرِیْبٌ ۟
६४) र हे मेरो समुदायका मानिसहरू ! यो अल्लाहको ऊँटनी तिम्रो निम्ति पठाइएको एउटा चमत्कार हो तसर्थ यसलाई छाडिदेऊ, ताकि अल्लाहको पृथ्वीमा चरोस् र त्यसलाई कुनै प्रकारको दुःख नदिनु, अन्यथा तिमीलाई शीघ्र नै सजाय आइसमात्ने छ ।
アラビア語 クルアーン注釈:
فَعَقَرُوْهَا فَقَالَ تَمَتَّعُوْا فِیْ دَارِكُمْ ثَلٰثَةَ اَیَّامٍ ؕ— ذٰلِكَ وَعْدٌ غَیْرُ مَكْذُوْبٍ ۟
६५) तैपनि तिनीहरूले त्यसको घुँडाको नसा काटेर मारिहाले, अनि सालेहले भनेः ‘‘कि आफ्ना घरहरूमा तीन दिनसम्म आनन्द लिइहाल । (त्यसपछि तिम्रो अन्त हुनेछ) यो वचन असत्य होइन ।’’
アラビア語 クルアーン注釈:
فَلَمَّا جَآءَ اَمْرُنَا نَجَّیْنَا صٰلِحًا وَّالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ بِرَحْمَةٍ مِّنَّا وَمِنْ خِزْیِ یَوْمِىِٕذٍ ؕ— اِنَّ رَبَّكَ هُوَ الْقَوِیُّ الْعَزِیْزُ ۟
६६) फेरि जब हाम्रो आदेश आइहाल्यो तब हामीले सालेह र उनको साथमा ईमान ल्याएकाहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र त्यस दिनको तिरस्कारबाट पनि । निःसन्देह तिम्रो पालनकर्ता एकदम बलियो र सर्वशक्तिमान छ ।
アラビア語 クルアーン注釈:
وَاَخَذَ الَّذِیْنَ ظَلَمُوا الصَّیْحَةُ فَاَصْبَحُوْا فِیْ دِیَارِهِمْ جٰثِمِیْنَ ۟ۙ
६७) र अत्याचारीहरूलाई शक्तिशाली विस्फोटले समातिहाल्यो अनि तिनी आफ्नै घरहरूमा घोप्टो परिरहे ।
アラビア語 クルアーン注釈:
كَاَنْ لَّمْ یَغْنَوْا فِیْهَا ؕ— اَلَاۤ اِنَّ ثَمُوْدَاۡ كَفَرُوْا رَبَّهُمْ ؕ— اَلَا بُعْدًا لِّثَمُوْدَ ۟۠
६८) यसरी जस्तो कि तिनीहरू कहिल्यै त्यसमा बसेकै थिएनन् । सुनिराखः ‘‘कि समूद समुदायले आफ्नो पालनकर्तालाई इन्कार गरे ।’’ सुनिराखः कि समूदजाति तिरस्कृत भए ।’’
アラビア語 クルアーン注釈:
وَلَقَدْ جَآءَتْ رُسُلُنَاۤ اِبْرٰهِیْمَ بِالْبُشْرٰی قَالُوْا سَلٰمًا ؕ— قَالَ سَلٰمٌ فَمَا لَبِثَ اَنْ جَآءَ بِعِجْلٍ حَنِیْذٍ ۟
६९) र हाम्रा फरिश्ताहरू इब्राहीमको सामु शुभसन्देश लिएर पुगे र ‘‘सलाम’’ भने उनले पनि जवाफमा ‘‘सलाम’’ भने । र एकछिन पनि बित्न नपाउँदै इब्राहीमले एउटा पोलिएको (भुटिएको) बाछो ल्याए ।
アラビア語 クルアーン注釈:
فَلَمَّا رَاٰۤ اَیْدِیَهُمْ لَا تَصِلُ اِلَیْهِ نَكِرَهُمْ وَاَوْجَسَ مِنْهُمْ خِیْفَةً ؕ— قَالُوْا لَا تَخَفْ اِنَّاۤ اُرْسِلْنَاۤ اِلٰی قَوْمِ لُوْطٍ ۟ؕ
७०) तर जब उनले देखे कि तिनीहरूका हात अगाडि बढिराखेका छैनन् त उनले तिनीहरूलाई अपरिचित ठानेर मनमा डरको अनुभव गर्न लागे । (स्वर्गदूतले) भने कि नडर्नुस्, हामी त ‘‘लूतको’’ कौमतिर पठाइएका हौं ।
アラビア語 クルアーン注釈:
وَامْرَاَتُهٗ قَآىِٕمَةٌ فَضَحِكَتْ فَبَشَّرْنٰهَا بِاِسْحٰقَ ۙ— وَمِنْ وَّرَآءِ اِسْحٰقَ یَعْقُوْبَ ۟
७१) र उनको (इब्राहीमकी) श्रीमती (नजिकै) उभेकी थिइन् हाँस्न थालिन्, त हामीले तिनलाई इस्हाकको र इस्हाकपछि यअ्कूबको (जन्महुने) शुभसमाचार दियौं ।
アラビア語 クルアーン注釈:
 
対訳 章: フード章
章名の目次 ページ番号
 
クルアーンの対訳 - ネパール語対訳 - Central Society of Ahlul-Hadith - 対訳の目次

ネパール中央アフル・ハディース協会発行

閉じる