Check out the new design

クルアーンの対訳 - ネパール語対訳 - Central Society of Ahlul-Hadith * - 対訳の目次


対訳 章: 蜜蜂章   節:
وَمَاۤ اَرْسَلْنَا مِنْ قَبْلِكَ اِلَّا رِجَالًا نُّوْحِیْۤ اِلَیْهِمْ فَسْـَٔلُوْۤا اَهْلَ الذِّكْرِ اِنْ كُنْتُمْ لَا تَعْلَمُوْنَ ۟ۙ
४३) र हामीले तपाईभन्दा पहिला पनि पुरुषहरूलाई नै पैगम्बर बनाएर पठाउने गरेका थियौं, जिनीहरूमाथि हामीले आफ्नो आदेश पठाउने गर्दथ्यौं । यदि तिमीहरूलाई थाहा छैन भने किताबका ज्ञाताहरूसित सोधिहाल ।
アラビア語 クルアーン注釈:
بِالْبَیِّنٰتِ وَالزُّبُرِ ؕ— وَاَنْزَلْنَاۤ اِلَیْكَ الذِّكْرَ لِتُبَیِّنَ لِلنَّاسِ مَا نُزِّلَ اِلَیْهِمْ وَلَعَلَّهُمْ یَتَفَكَّرُوْنَ ۟
४४) प्रमाणहरू र किताबहरू दिएर र अब हामीले तपाईलाई पनि यो किताब प्रदान गरेका छौं, जसबाट मानिसहरूलाई जे प्रदान गरेका छौं तपाईले स्पष्ट गरी वर्णन गर्नुस्, सम्भव छ तिनीहरूले विचार गरुन् ।
アラビア語 クルアーン注釈:
اَفَاَمِنَ الَّذِیْنَ مَكَرُوا السَّیِّاٰتِ اَنْ یَّخْسِفَ اللّٰهُ بِهِمُ الْاَرْضَ اَوْ یَاْتِیَهُمُ الْعَذَابُ مِنْ حَیْثُ لَا یَشْعُرُوْنَ ۟ۙ
४५) के तिनीहरू जसले कि अत्यन्त नराम्रा षडयन्त्र गर्दछन्, यसबाट आफूलाई सुरक्षित ठान्दछन् कि अल्लाहले पृथ्वीमा उनीहरूलाई धसाइहालोस् अथवा उनीतर्फ यस्तो ठाउँबाट सजाय आइपुगोस् जसबारे उनलाई अनुमान पनि नहोस् ।
アラビア語 クルアーン注釈:
اَوْ یَاْخُذَهُمْ فِیْ تَقَلُّبِهِمْ فَمَا هُمْ بِمُعْجِزِیْنَ ۟ۙ
४६) वा उनीहरूलाई हिंडडुलगर्दा समातिहालोस्, तिनीहरूले अल्लाहलाई कुनै हालतमा पनि हैरान गर्न सक्तैनन् ।
アラビア語 クルアーン注釈:
اَوْ یَاْخُذَهُمْ عَلٰی تَخَوُّفٍ ؕ— فَاِنَّ رَبَّكُمْ لَرَءُوْفٌ رَّحِیْمٌ ۟
४७) वा तिनीहरूमा सजायको भय उत्पन्न गराएर समातिहालोस् । निःसन्देह तिम्रो पालनकर्ता अत्यन्त कृपालु (र) परम दयालु छ ।
アラビア語 クルアーン注釈:
اَوَلَمْ یَرَوْا اِلٰی مَا خَلَقَ اللّٰهُ مِنْ شَیْءٍ یَّتَفَیَّؤُا ظِلٰلُهٗ عَنِ الْیَمِیْنِ وَالشَّمَآىِٕلِ سُجَّدًا لِّلّٰهِ وَهُمْ دٰخِرُوْنَ ۟
४८) के तिनीहरूले अल्लाहका प्राणीहरूमध्ये कसैलाई पनि देखेनन्, जसका छाँयाहरू दाँयाबाट र बाँयाबाट झुकेर अल्लाहको अगाडि ढोग्छन् र आफ्नो व्याकुलता प्रदर्शन गर्दछन् ।
アラビア語 クルアーン注釈:
وَلِلّٰهِ یَسْجُدُ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ مِنْ دَآبَّةٍ وَّالْمَلٰٓىِٕكَةُ وَهُمْ لَا یَسْتَكْبِرُوْنَ ۟
४९) निश्चितरूपले सबै प्राणीहरू जो आकाशहरू र पृथ्वीमा छन्, अल्लाहको अगाडि ढोग्छन् र फरिश्ताहरू पनि र यिनीहरू अलिकति पनि घमण्ड गर्दैनन् ।
アラビア語 クルアーン注釈:
یَخَافُوْنَ رَبَّهُمْ مِّنْ فَوْقِهِمْ وَیَفْعَلُوْنَ مَا یُؤْمَرُوْنَ ۟
५०) र आफ्नो पालनकर्ताबाट जो तिनीहरूभन्दा माथि छ, तर्सन्छन् र जुन कुरोको तिनीहरूलाई आदेश हुन्छ त्यसको पालना गर्दछन् ।
アラビア語 クルアーン注釈:
وَقَالَ اللّٰهُ لَا تَتَّخِذُوْۤا اِلٰهَیْنِ اثْنَیْنِ ۚ— اِنَّمَا هُوَ اِلٰهٌ وَّاحِدٌ ۚ— فَاِیَّایَ فَارْهَبُوْنِ ۟
५१) अल्लाहको आदेश भइसकेको छ कि दुईवटा पूज्य नबनाऊ, पूजनीय उहि एउटा मात्र छ, तसर्थ मसित मात्र तिमीहरू डर भय मान ।
アラビア語 クルアーン注釈:
وَلَهٗ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ وَلَهُ الدِّیْنُ وَاصِبًا ؕ— اَفَغَیْرَ اللّٰهِ تَتَّقُوْنَ ۟
५२) जेजति आकाशहरूमा र जेजति पृथ्वीमा छन्, सबै उसैको हो, र उसैको इबादत (उपासना) आवश्यक छ, अनि के तिमी अल्लाह बाहेक अरुहरूसित तर्सन्छौ ?
アラビア語 クルアーン注釈:
وَمَا بِكُمْ مِّنْ نِّعْمَةٍ فَمِنَ اللّٰهِ ثُمَّ اِذَا مَسَّكُمُ الضُّرُّ فَاِلَیْهِ تَجْـَٔرُوْنَ ۟ۚ
५३) असल कुराहरू जे जति तिमीले पाएका छौ सबै अल्लाहबाटै प्रदान गरिएका हुन् । अहिले पनि जब तिमीलाई कुनै कष्ट पुग्दछ तब उसैको अगाडि प्रार्थना गर्दछौ ।
アラビア語 クルアーン注釈:
ثُمَّ اِذَا كَشَفَ الضُّرَّ عَنْكُمْ اِذَا فَرِیْقٌ مِّنْكُمْ بِرَبِّهِمْ یُشْرِكُوْنَ ۟ۙ
५४) अनि जब उसले तिमीलाई कष्टबाट मुक्त गरिदिन्छ त तिमीहरूमध्ये केहीले अल्लाहको साझेदार ठहराउन थाल्छन् ।
アラビア語 クルアーン注釈:
 
対訳 章: 蜜蜂章
章名の目次 ページ番号
 
クルアーンの対訳 - ネパール語対訳 - Central Society of Ahlul-Hadith - 対訳の目次

ネパール中央アフル・ハディース協会発行

閉じる