Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាលមូជើទើឡះ   អាយ៉ាត់:

मुजादिलह

قَدْ سَمِعَ اللّٰهُ قَوْلَ الَّتِیْ تُجَادِلُكَ فِیْ زَوْجِهَا وَتَشْتَكِیْۤ اِلَی اللّٰهِ ۖۗ— وَاللّٰهُ یَسْمَعُ تَحَاوُرَكُمَا ؕ— اِنَّ اللّٰهَ سَمِیْعٌ بَصِیْرٌ ۟
१) (हे पैगम्बर !) अल्लाहले त्यस स्त्रीको कुरा सुन्यो, जसले आफ्नो पतिको विषयमा तपाईसित विवाद गरिराखेकी थिई र अल्लाहसित गुनासो गरिाखेकी थिई । अल्लाहले तिमी दुवैको प्रश्नोत्तर सुनिराखेको थियो । निश्चय नै अल्लाह सबै कुरा सुन्नेवाला, देख्नेवाला छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اَلَّذِیْنَ یُظٰهِرُوْنَ مِنْكُمْ مِّنْ نِّسَآىِٕهِمْ مَّا هُنَّ اُمَّهٰتِهِمْ ؕ— اِنْ اُمَّهٰتُهُمْ اِلَّا الّٰٓـِٔیْ وَلَدْنَهُمْ ؕ— وَاِنَّهُمْ لَیَقُوْلُوْنَ مُنْكَرًا مِّنَ الْقَوْلِ وَزُوْرًا ؕ— وَاِنَّ اللّٰهَ لَعَفُوٌّ غَفُوْرٌ ۟
२) तिमीहरूमध्ये जसले आफ्ना स्त्रीहरूसंग जिहार गर्दछन् (अर्थात उनीहरूलाई आमा भनिहाल्छन्) तिनीहरू उनीहरूकी वास्तविक आमा भइहाल्दैनन् । उनीहरूकी आमा त ती नै हुन् जसको पेटबाट उनीहरू जन्मेका छन् । निश्चय नै उनीहरू एउटा अनुचित र असत्य कुरा भन्दछन् (र) अल्लाह धेरै दया गर्नेवाला र क्षमाशील छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَالَّذِیْنَ یُظٰهِرُوْنَ مِنْ نِّسَآىِٕهِمْ ثُمَّ یَعُوْدُوْنَ لِمَا قَالُوْا فَتَحْرِیْرُ رَقَبَةٍ مِّنْ قَبْلِ اَنْ یَّتَمَآسَّا ؕ— ذٰلِكُمْ تُوْعَظُوْنَ بِهٖ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟
३) जसले आफ्नो स्त्रीहरूलाई आमा भनिहाल्दछन्, अनि आफ्नो भनाईतिर पश्चाताप गर्छन् भने उनीहरू पुनः सहवास गर्नुभन्दा पहिला एउटा दास मुक्त गर्नु अनिवार्य छ । यसबाट तिमीलाई उपदेश गरिन्छ र तिमीले जे गर्दछौ, अल्लाहलाई सबै थाहा छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
فَمَنْ لَّمْ یَجِدْ فَصِیَامُ شَهْرَیْنِ مُتَتَابِعَیْنِ مِنْ قَبْلِ اَنْ یَّتَمَآسَّا ۚ— فَمَنْ لَّمْ یَسْتَطِعْ فَاِطْعَامُ سِتِّیْنَ مِسْكِیْنًا ؕ— ذٰلِكَ لِتُؤْمِنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ ؕ— وَتِلْكَ حُدُوْدُ اللّٰهِ ؕ— وَلِلْكٰفِرِیْنَ عَذَابٌ اَلِیْمٌ ۟
४) हो, जसलाई दास प्राप्त हुँदैन, त्यसले सहवासभन्दा पहिला निरन्तर दुई महिनासम्म व्रत बसोस् र जसलाई यसको पनि सामथ्र्य छैन त, त्यसले साठी (गरिब) पराश्रितहरूलाई भोजन गराओस् । यो यसकारण हो ताकि तिमी अल्लाह र उसको रसूलको आज्ञाकारी बन । यी अल्लाहद्वारा निर्धारित सीमाहरू हुन् र नमान्नेहरूको निम्ति कष्टदायक यातना छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اِنَّ الَّذِیْنَ یُحَآدُّوْنَ اللّٰهَ وَرَسُوْلَهٗ كُبِتُوْا كَمَا كُبِتَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ وَقَدْ اَنْزَلْنَاۤ اٰیٰتٍۢ بَیِّنٰتٍ ؕ— وَلِلْكٰفِرِیْنَ عَذَابٌ مُّهِیْنٌ ۟ۚ
५) निःसंदेह जुन मानिसहरूले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू अपमानित गरिनेछन्, जुन तरिकाले कि उनीभन्दा पहिला अपमानित गरिएका थिए, र हामीले स्पष्ट र खुल्ला आयतहरू अवतरित गरिदिएका छौं । र जसले मान्दैनन् उनीहरूलाई अपमानजनक यातना छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
یَوْمَ یَبْعَثُهُمُ اللّٰهُ جَمِیْعًا فَیُنَبِّئُهُمْ بِمَا عَمِلُوْا ؕ— اَحْصٰىهُ اللّٰهُ وَنَسُوْهُ ؕ— وَاللّٰهُ عَلٰی كُلِّ شَیْءٍ شَهِیْدٌ ۟۠
६) जुन दिन अल्लाहले उनीहरूलाई उठाउनेछ फेरि जुन काम उनीहरूले गर्दथे त्यसबाट उनीहरूलाई अवगत गराउनेछ । अल्लाहले ती सबैलाई गिनिराखको छ जुन यिनीहरूले बिर्सिसकेछन् र अल्लाह प्रत्येक कुरा जान्दछ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាលមូជើទើឡះ
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ