Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាលមូជើទើឡះ   អាយ៉ាត់:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا نَاجَیْتُمُ الرَّسُوْلَ فَقَدِّمُوْا بَیْنَ یَدَیْ نَجْوٰىكُمْ صَدَقَةً ؕ— ذٰلِكَ خَیْرٌ لَّكُمْ وَاَطْهَرُ ؕ— فَاِنْ لَّمْ تَجِدُوْا فَاِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१२) हे मोमिनहरू ! जब तिमीले पैगम्बरको कानमा कुनै कुरा भन्न चाहन्छौ त त्यस कुरालाई भन्नुभन्दा पहिला केही दान गर्नेगर । यो तिम्रो निम्ति धेरै राम्रो र पवित्रताको कुरा हो र यदि दानको सामथ्र्य छैन भने त अल्लाह क्षमाशील र कृपालु छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
ءَاَشْفَقْتُمْ اَنْ تُقَدِّمُوْا بَیْنَ یَدَیْ نَجْوٰىكُمْ صَدَقٰتٍ ؕ— فَاِذْ لَمْ تَفْعَلُوْا وَتَابَ اللّٰهُ عَلَیْكُمْ فَاَقِیْمُوا الصَّلٰوةَ وَاٰتُوا الزَّكٰوةَ وَاَطِیْعُوا اللّٰهَ وَرَسُوْلَهٗ ؕ— وَاللّٰهُ خَبِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟۠
१३) के तिमी आफ्नो गुप्तवार्ताभन्दा अघि दान दिनुबाट तर्सिहाल्यौ ? अनि जब तिमीले यस्तो गरेनौ र अल्लाहले तिमीलाई क्षमा गरिदियो त नमाज पढ्ने गर र जकात (धर्मदाय) दिंदैगर र अल्लाह र उसको रसूलको आज्ञापालन गर्नेगर । र जे–जति तिमीले गर्दछौ, अल्लाहलाई त्यो सबै थाहा छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اَلَمْ تَرَ اِلَی الَّذِیْنَ تَوَلَّوْا قَوْمًا غَضِبَ اللّٰهُ عَلَیْهِمْ ؕ— مَا هُمْ مِّنْكُمْ وَلَا مِنْهُمْ ۙ— وَیَحْلِفُوْنَ عَلَی الْكَذِبِ وَهُمْ یَعْلَمُوْنَ ۟ۚ
१४) के तिमीले ती मानिसहरूलाई देखेनौ ? जसले यस्ता मानिसहरूसित मित्रता गरे जसमाथि अल्लाहको प्रकोप भएको छ ? ती कपटीहरू न तिमीमध्येका हुन र न उनीहरूमध्येका, र उनीहरू जानी–जानी झूठो कुराको कसम खान्छन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اَعَدَّ اللّٰهُ لَهُمْ عَذَابًا شَدِیْدًا ؕ— اِنَّهُمْ سَآءَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
१५) अल्लाहले उनीहरूको निम्ति कठोर यातना तयार गरिसकेको छ । निश्चय नै उनीहरूले जे गरिराखेका छन् त्यो नराम्रो हो ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اِتَّخَذُوْۤا اَیْمَانَهُمْ جُنَّةً فَصَدُّوْا عَنْ سَبِیْلِ اللّٰهِ فَلَهُمْ عَذَابٌ مُّهِیْنٌ ۟
१६) उनीहरूले आफ्ना कसमहरूलाई सुरक्षा कवच बनाइराखेका छन् । अतः उनीहरू अल्लाहको मार्गबाट मानिसहरूलाई रोक्दछन् । तसर्थ उनीहरूका निमित्त तिरस्कारपूर्ण यातना छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
لَنْ تُغْنِیَ عَنْهُمْ اَمْوَالُهُمْ وَلَاۤ اَوْلَادُهُمْ مِّنَ اللّٰهِ شَیْـًٔا ؕ— اُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ؕ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
१७) अल्लाह को यातनाबाट बचाउनको निम्ति न उनीहरूको धन सम्पत्ति उनीहरूको काम आउनेछ र न उनीहरूका सन्तान । उनीहरू नर्कबासी हुन् । त्यसैमा उनीहरू सधै रहनेछन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
یَوْمَ یَبْعَثُهُمُ اللّٰهُ جَمِیْعًا فَیَحْلِفُوْنَ لَهٗ كَمَا یَحْلِفُوْنَ لَكُمْ وَیَحْسَبُوْنَ اَنَّهُمْ عَلٰی شَیْءٍ ؕ— اَلَاۤ اِنَّهُمْ هُمُ الْكٰذِبُوْنَ ۟
१८) जुन दिन अल्लाहले ती सबैलाई जीवित पारी उठाउनेछ त उनीहरूले उसको सामु पनि यस्तै प्रकारले कसम खानेछन्, जुन प्रकारले तिम्रो अगाडि कसम खान्छन् र ठान्छन् कि उनीहरू पनि कुनै आधारमा छन् । हेर, निश्चय नै तिनीहरू नै झूठा हुन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اِسْتَحْوَذَ عَلَیْهِمُ الشَّیْطٰنُ فَاَنْسٰىهُمْ ذِكْرَ اللّٰهِ ؕ— اُولٰٓىِٕكَ حِزْبُ الشَّیْطٰنِ ؕ— اَلَاۤ اِنَّ حِزْبَ الشَّیْطٰنِ هُمُ الْخٰسِرُوْنَ ۟
१९) शैतानले उनीहरूलाई नियन्त्रणमा लिइसकेको छ । अतः उसले अल्लाहको स्मरणलाई उनीहरूबाट बिर्साइसकेको छ । यिनीहरू शैतानको समूह हुन् यसमा शंका छैन कि शैतानको समूह नै घाटामा पर्नेवाला छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اِنَّ الَّذِیْنَ یُحَآدُّوْنَ اللّٰهَ وَرَسُوْلَهٗۤ اُولٰٓىِٕكَ فِی الْاَذَلِّیْنَ ۟
२०) निःसंदेह जसले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू सबभन्दा बढी अपमानितहरूमध्येका हुन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
كَتَبَ اللّٰهُ لَاَغْلِبَنَّ اَنَا وَرُسُلِیْ ؕ— اِنَّ اللّٰهَ قَوِیٌّ عَزِیْزٌ ۟
२१) अल्लाहले लेखिसकेको छ कि निःसंदेह म र मेरा रसूल नै विजयी रहनेछौं । निःसन्देह अल्लाह शक्तिमान र अधिपत्यशाली छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាលមូជើទើឡះ
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ