Check out the new design

ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ * - ಅನುವಾದಗಳ ವಿಷಯಸೂಚಿ


ಅರ್ಥಗಳ ಅನುವಾದ ಅಧ್ಯಾಯ: ಅಲ್- ಬಕರ   ಶ್ಲೋಕ:
قُلْ اِنْ كَانَتْ لَكُمُ الدَّارُ الْاٰخِرَةُ عِنْدَ اللّٰهِ خَالِصَةً مِّنْ دُوْنِ النَّاسِ فَتَمَنَّوُا الْمَوْتَ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
९४) (हे मुहम्मद) भनिदिनु कि यदि परलोकको घर अरु मानिस बाहेक तिम्रा निम्ति नै निर्धारित छ, त आऊ आफ्नो सत्यताको प्रमाणमा मृत्युको प्रार्थना गर ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَلَنْ یَّتَمَنَّوْهُ اَبَدًا بِمَا قَدَّمَتْ اَیْدِیْهِمْ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالظّٰلِمِیْنَ ۟
९५) तर आफ्ना अघिका कार्यहरू हेरेर तिनीहरू कदापि मृत्युको कामना गर्दैनन् । अल्लाह अत्याचारीहरूलाई राम्रोसंग जान्दछ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَلَتَجِدَنَّهُمْ اَحْرَصَ النَّاسِ عَلٰی حَیٰوةٍ ۛۚ— وَمِنَ الَّذِیْنَ اَشْرَكُوْا ۛۚ— یَوَدُّ اَحَدُهُمْ لَوْ یُعَمَّرُ اَلْفَ سَنَةٍ ۚ— وَمَا هُوَ بِمُزَحْزِحِهٖ مِنَ الْعَذَابِ اَنْ یُّعَمَّرَ ؕ— وَاللّٰهُ بَصِیْرٌ بِمَا یَعْمَلُوْنَ ۟۠
९६) बरु हे नबी ! तिनीहरू सबभन्दा बढी जीवनप्रति मोह राख्नेहरू हुन् । र यो मोह तिनीहरूमा अल्लाहसँग अरुको साझेदारी ठहराउनेहरूभन्दा पनि बढी हुन्छ । तिनीहरूमध्ये हरेकले एक–एक हजार वर्षसम्म बाँच्ने इच्छा राख्दछ । तर यो लामो उमेरले पनि तिनलाई सजायबाट मुक्त गराउन सक्दैन, र जुन काम यिनीहरू गर्दछन् त्यसलाई अल्लाहले राम्रोसित हेरिरहेको छ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
قُلْ مَنْ كَانَ عَدُوًّا لِّجِبْرِیْلَ فَاِنَّهٗ نَزَّلَهٗ عَلٰی قَلْبِكَ بِاِذْنِ اللّٰهِ مُصَدِّقًا لِّمَا بَیْنَ یَدَیْهِ وَهُدًی وَّبُشْرٰی لِلْمُؤْمِنِیْنَ ۟
९७) (हे मुहम्मद ) भनिदिनुः कि जो जिब्राइलको शत्रु हो, जसले अल्लाहको सन्देशलाई उसको आदेशानुसार तपाईको हृदयमा उतारेको हो, जुन सन्देशले उनीहरूको (अघिका) ग्रन्थहरूलाई प्रमाणित गर्दछ र आस्थावानहरूको निम्ति मार्गदर्शक र शुभसन्देश हो । (त अल्लाह पनि तिनीहरूको शत्रु हो)
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
مَنْ كَانَ عَدُوًّا لِّلّٰهِ وَمَلٰٓىِٕكَتِهٖ وَرُسُلِهٖ وَجِبْرِیْلَ وَمِیْكٰىلَ فَاِنَّ اللّٰهَ عَدُوٌّ لِّلْكٰفِرِیْنَ ۟
९८) (हे पैगम्बर !) जुन व्यक्ति अल्लाहको र उसका दूतहरूको, र जिब्राईल र मिकाईलको शत्रु हो र त्यस्ता नास्तिकहरूको अल्लाह स्वयम् शत्रु हो ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَلَقَدْ اَنْزَلْنَاۤ اِلَیْكَ اٰیٰتٍۢ بَیِّنٰتٍ ۚ— وَمَا یَكْفُرُ بِهَاۤ اِلَّا الْفٰسِقُوْنَ ۟
९९) र, निःसदेह हामीले तपाईको नजिकमा ठोस तर्कहरू पठाएका छौं जसलाई पापीहरू बाहेक अरु कोही नकार्न सक्दैन ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
اَوَكُلَّمَا عٰهَدُوْا عَهْدًا نَّبَذَهٗ فَرِیْقٌ مِّنْهُمْ ؕ— بَلْ اَكْثَرُهُمْ لَا یُؤْمِنُوْنَ ۟
१००) तिनीहरूले जब–जब कुनै वाचा गर्दछन् तब–तब तिनीहरूमध्ये एक वा अर्को समूहले त्यसलाई भङ्ग गरिदिन्छ । वास्तविकता यो हो कि तिनीहरूमध्ये धेरैजसो आस्था राख्दैनन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَلَمَّا جَآءَهُمْ رَسُوْلٌ مِّنْ عِنْدِ اللّٰهِ مُصَدِّقٌ لِّمَا مَعَهُمْ نَبَذَ فَرِیْقٌ مِّنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ ۙۗ— كِتٰبَ اللّٰهِ وَرَآءَ ظُهُوْرِهِمْ كَاَنَّهُمْ لَا یَعْلَمُوْنَ ۟ؗ
१०१) तिनीहरूतिर जहिलेसुकै अल्लाहबाट कुनै पैगम्बर (सन्देशवाहक) तिनीहरूको ग्रन्थको पुष्टि गर्नेगरी आयो, त ग्रन्थ मान्नेहरूको एउटा समूहले अल्लाहको किताबतिर यसरी पिठ्यँ पछाडि फर्कायो, कि मानौ तिनीहरूलाई केही थाहा नै थिएन ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
 
ಅರ್ಥಗಳ ಅನುವಾದ ಅಧ್ಯಾಯ: ಅಲ್- ಬಕರ
ಅಧ್ಯಾಯಗಳ ವಿಷಯಸೂಚಿ ಪುಟ ಸಂಖ್ಯೆ
 
ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ - ಅನುವಾದಗಳ ವಿಷಯಸೂಚಿ

ಮರ್ಕಝ್ ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ ನೇಪಾಳ ಇವರಿಂದ ಪ್ರಕಾಶಿತ

ಮುಚ್ಚಿ