Check out the new design

ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ * - ಅನುವಾದಗಳ ವಿಷಯಸೂಚಿ


ಅರ್ಥಗಳ ಅನುವಾದ ಅಧ್ಯಾಯ: ಅಲ್ -ಜಾಸಿಯ   ಶ್ಲೋಕ:
قُلْ لِّلَّذِیْنَ اٰمَنُوْا یَغْفِرُوْا لِلَّذِیْنَ لَا یَرْجُوْنَ اَیَّامَ اللّٰهِ لِیَجْزِیَ قَوْمًا بِمَا كَانُوْا یَكْسِبُوْنَ ۟
१४) मोमिनहरूलाई भनिदेऊः कि ‘‘जुन मानिसहरूले अल्लाहको (नराम्रो) दिनको आशा गर्दैनन् उनीहरूलाई क्षमा गरिदेऊन् ताकि महान अल्लाहले उनीहरूलाई उनीहरूको आफ्नो कमाईको प्रतिफल देओस् ।’’
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
مَنْ عَمِلَ صَالِحًا فَلِنَفْسِهٖ ۚ— وَمَنْ اَسَآءَ فَعَلَیْهَا ؗ— ثُمَّ اِلٰی رَبِّكُمْ تُرْجَعُوْنَ ۟
१५) जसले राम्रो कर्म गर्दछ, त्यसले आफ्नो निम्ति गर्नेछ र जसले नराम्रो कर्म गर्दछ त त्यसको हानि त्यसैले बेहोर्नु पर्नेछ, अनि तिमी आफ्नो पालनकर्तातिर फर्कनेछौ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَلَقَدْ اٰتَیْنَا بَنِیْۤ اِسْرَآءِیْلَ الْكِتٰبَ وَالْحُكْمَ وَالنُّبُوَّةَ وَرَزَقْنٰهُمْ مِّنَ الطَّیِّبٰتِ وَفَضَّلْنٰهُمْ عَلَی الْعٰلَمِیْنَ ۟ۚ
१६) निश्चय नै हामीले बनी इस्राईलको सन्तानलाई किताब र हुकूमत र पैगम्बरी (दूतत्व) प्रदान गरेका थियौं । उनीहरूलाई पवित्र जीविका पनि प्रदान गर्यौं र संसारमाथि उनलाई श्रेष्ठता प्रदान गर्यौं ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَاٰتَیْنٰهُمْ بَیِّنٰتٍ مِّنَ الْاَمْرِ ۚ— فَمَا اخْتَلَفُوْۤا اِلَّا مِنْ بَعْدِ مَا جَآءَهُمُ الْعِلْمُ ۙ— بَغْیًا بَیْنَهُمْ ؕ— اِنَّ رَبَّكَ یَقْضِیْ بَیْنَهُمْ یَوْمَ الْقِیٰمَةِ فِیْمَا كَانُوْا فِیْهِ یَخْتَلِفُوْنَ ۟
१७) र उनीहरूलाई धर्मको बारेमा स्पष्ट प्रमाणहरू प्रदान गर्यौं, अनि उनीहरूले जुन विवाद गरे, (त्यो) ज्ञान आइसके पश्चात आपसी ज्यादतीको कारणले गरे । निश्चय नै तिम्रो पालनकर्ता कियामतको दिन उनीहरूबीच ती कुराको बारेमा फैसला गरिदिनेछ, जसमा उनीहरू आपसमा विवाद गरिराखेका छन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
ثُمَّ جَعَلْنٰكَ عَلٰی شَرِیْعَةٍ مِّنَ الْاَمْرِ فَاتَّبِعْهَا وَلَا تَتَّبِعْ اَهْوَآءَ الَّذِیْنَ لَا یَعْلَمُوْنَ ۟
१८) अनि हामीले तिमीलाई धर्मको खुला मार्गमा स्थापित गर्यौं, तसर्थ त्यसैको अनुशरण गर र अज्ञानीहरूको इच्छाहरूको पछि पछि नलाग्नु ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
اِنَّهُمْ لَنْ یُّغْنُوْا عَنْكَ مِنَ اللّٰهِ شَیْـًٔا ؕ— وَاِنَّ الظّٰلِمِیْنَ بَعْضُهُمْ اَوْلِیَآءُ بَعْضٍ ۚ— وَاللّٰهُ وَلِیُّ الْمُتَّقِیْنَ ۟
१९) यिनीहरू अल्लाहको सामु तिम्रो कुनै काम आउने छैनन्, अत्याचारीहरू एक अर्काका मित्र हुन्छन् र अल्लाह परहेजगारहरू (संयमीहरू) को मित्र हो ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
هٰذَا بَصَآىِٕرُ لِلنَّاسِ وَهُدًی وَّرَحْمَةٌ لِّقَوْمٍ یُّوْقِنُوْنَ ۟
२०) यो (कुरआन) मानिसहरूको निम्ति हिक्मतको कुरा हो, जसले विश्वास गर्दछन् उनीहरूको निम्ति मार्गदर्शन र दयालुता हो ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
اَمْ حَسِبَ الَّذِیْنَ اجْتَرَحُوا السَّیِّاٰتِ اَنْ نَّجْعَلَهُمْ كَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ ۙ— سَوَآءً مَّحْیَاهُمْ وَمَمَاتُهُمْ ؕ— سَآءَ مَا یَحْكُمُوْنَ ۟۠
२१) जसले नराम्रो कर्म गर्दछन्, के उनीहरूले यो ठान्दछन्, कि हामीले उनीलाई ती मानिसहरू जस्तो बनाइदिन्छौं, जसले विश्वास गरे, र असल कर्म गरिरहे (र) उनीहरूको जीवन र मृत्यु एकनास हुनेछ ? यिनीहरूले जो निर्णय गर्दछन् ती सबै नराम्रा छन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَخَلَقَ اللّٰهُ السَّمٰوٰتِ وَالْاَرْضَ بِالْحَقِّ وَلِتُجْزٰی كُلُّ نَفْسٍ بِمَا كَسَبَتْ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
२२) र अल्लाहले आकाशहरू र धरतीलाई संतुलनको साथ सृष्टि गर्यौ र यसकारण, कि प्रत्येक व्यक्तिलाई उसको कमाईको प्रतिफल दिइयोस्, र उनीमाथि अत्याचार गरिने छैन ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
 
ಅರ್ಥಗಳ ಅನುವಾದ ಅಧ್ಯಾಯ: ಅಲ್ -ಜಾಸಿಯ
ಅಧ್ಯಾಯಗಳ ವಿಷಯಸೂಚಿ ಪುಟ ಸಂಖ್ಯೆ
 
ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ - ಅನುವಾದಗಳ ವಿಷಯಸೂಚಿ

ಮರ್ಕಝ್ ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ ನೇಪಾಳ ಇವರಿಂದ ಪ್ರಕಾಶಿತ

ಮುಚ್ಚಿ