Check out the new design

ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ * - ಅನುವಾದಗಳ ವಿಷಯಸೂಚಿ


ಅರ್ಥಗಳ ಅನುವಾದ ಅಧ್ಯಾಯ: ಅಲ್ -ಮಾಇದ   ಶ್ಲೋಕ:
اِنَّمَا یُرِیْدُ الشَّیْطٰنُ اَنْ یُّوْقِعَ بَیْنَكُمُ الْعَدَاوَةَ وَالْبَغْضَآءَ فِی الْخَمْرِ وَالْمَیْسِرِ وَیَصُدَّكُمْ عَنْ ذِكْرِ اللّٰهِ وَعَنِ الصَّلٰوةِ ۚ— فَهَلْ اَنْتُمْ مُّنْتَهُوْنَ ۟
९१) शैतान त यो चाहन्छ कि रक्सी र जुआको माध्यमबाट तिमीहरूबीच शत्रुता र बैरभावको सृजना गरिहालोस् र तिमीलाई अल्लाहको स्मरण र नमाजबाट रोकिदेओस् । यसकारण अहिले पनि (यी कर्महरूबाट) अलग रहने गर ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَاَطِیْعُوا اللّٰهَ وَاَطِیْعُوا الرَّسُوْلَ وَاحْذَرُوْا ۚ— فَاِنْ تَوَلَّیْتُمْ فَاعْلَمُوْۤا اَنَّمَا عَلٰی رَسُوْلِنَا الْبَلٰغُ الْمُبِیْنُ ۟
९२) र तिमी अल्लाहको आदेश पालन गर्नेगर र रसूलको अनुशरण गर्नेगर र सतर्क भइराख यदि अनुहार फेर्छाै त जानिराख कि हाम्रो पैगम्बरको जिम्मामा (सन्देश) खुलस्तरूपमा पुर्याउनु मात्र हो ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
لَیْسَ عَلَی الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ جُنَاحٌ فِیْمَا طَعِمُوْۤا اِذَا مَا اتَّقَوْا وَّاٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ ثُمَّ اتَّقَوْا وَّاٰمَنُوْا ثُمَّ اتَّقَوْا وَّاَحْسَنُوْا ؕ— وَاللّٰهُ یُحِبُّ الْمُحْسِنِیْنَ ۟۠
९३) जुन मानिसहरू आस्थावान छन् र असल काम गर्दछन् तिनीहरूमाथि यस्ता कुराहरूको पाप लाग्दैन कि तिनीहरू खाइपिई रहेका छन् जब कि तिनीहरू आत्मसंयम र आस्था राख्दछन् र सत्कर्म गर्दछन् । र त्यस पश्चात पुनः संयमको साथ विश्वास गर्दछन्, भने पुनः संयमको असल कामहरू गरिरहन्छन् । अल्लाह यस्ता सत्कर्मीहरूलाई मायाँ गर्दछ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَیَبْلُوَنَّكُمُ اللّٰهُ بِشَیْءٍ مِّنَ الصَّیْدِ تَنَالُهٗۤ اَیْدِیْكُمْ وَرِمَاحُكُمْ لِیَعْلَمَ اللّٰهُ مَنْ یَّخَافُهٗ بِالْغَیْبِ ۚ— فَمَنِ اعْتَدٰی بَعْدَ ذٰلِكَ فَلَهٗ عَذَابٌ اَلِیْمٌ ۟
९४) हे मोमिनहरू ! अल्लाह तिम्रो परीक्षा सामान्य अवस्थामा शिकारबाट लिनेछ जुनकि तिमीले हातले अथवा भालाले (अस्त्र) गर्दछौ (अर्थात् एहरामको अवस्थामा शिकारको निषेधितताबाट) जसबाट अल्लाहले थाहा पाओस् कि अदृश्य रूपमा उससँग को डराउँछ । तसर्थ जसले त्यसपछि सीमाउल्लंघन गर्नेछ त्यसको निम्ति कष्टदायक सजाय छ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَقْتُلُوا الصَّیْدَ وَاَنْتُمْ حُرُمٌ ؕ— وَمَنْ قَتَلَهٗ مِنْكُمْ مُّتَعَمِّدًا فَجَزَآءٌ مِّثْلُ مَا قَتَلَ مِنَ النَّعَمِ یَحْكُمُ بِهٖ ذَوَا عَدْلٍ مِّنْكُمْ هَدْیًا بٰلِغَ الْكَعْبَةِ اَوْ كَفَّارَةٌ طَعَامُ مَسٰكِیْنَ اَوْ عَدْلُ ذٰلِكَ صِیَامًا لِّیَذُوْقَ وَبَالَ اَمْرِهٖ ؕ— عَفَا اللّٰهُ عَمَّا سَلَفَ ؕ— وَمَنْ عَادَ فَیَنْتَقِمُ اللّٰهُ مِنْهُ ؕ— وَاللّٰهُ عَزِیْزٌ ذُو انْتِقَامٍ ۟
९५) हे मोमिनहरू ! जब तिमी एहरामको अवस्थामा हुन्छौ त्यतिखेर (जंगली पशुको) शिकार नगर्नु र तिमीहरूमध्ये जसले जानिजानि (त्यसलाई) हत्या गर्छ भने उसमाथि त्यसको क्षतिपूर्ति त्यस्तै खालको एउटा चौपया हुनेछ । जसलाई तिमीहरूमध्ये दुईजना न्यायप्रिय फैसला गरिदिन्छन् । त्यस्तो पशुलाई कअ्बासम्म (मक्का) पुर्याई कुर्बानी गरियोस् वा खानेकुरा गरिबहरूलाई दिइहालोस् अथवा त्यो बराबर रोजा राखोस् ताकि आफ्नो कर्मको स्वाद चाख्न सकोस् र विगतमा भएका कुरालाई अल्लाहले माफी गरेकोछ र यदि कसैले पुनः यस्तो काम गर्नेछ भने अल्लाह उसलाई दण्डित गर्नेछ र अल्लाह सर्वशक्तिमान र सजाय दिनेवाला छ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
 
ಅರ್ಥಗಳ ಅನುವಾದ ಅಧ್ಯಾಯ: ಅಲ್ -ಮಾಇದ
ಅಧ್ಯಾಯಗಳ ವಿಷಯಸೂಚಿ ಪುಟ ಸಂಖ್ಯೆ
 
ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ - ಅನುವಾದಗಳ ವಿಷಯಸೂಚಿ

ಮರ್ಕಝ್ ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ ನೇಪಾಳ ಇವರಿಂದ ಪ್ರಕಾಶಿತ

ಮುಚ್ಚಿ