Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: അഹ്സാബ്   ആയത്ത്:
یَسْـَٔلُكَ النَّاسُ عَنِ السَّاعَةِ ؕ— قُلْ اِنَّمَا عِلْمُهَا عِنْدَ اللّٰهِ ؕ— وَمَا یُدْرِیْكَ لَعَلَّ السَّاعَةَ تَكُوْنُ قَرِیْبًا ۟
६३) मानिसहरूले तपाईंसँग कियामतको (समयको) बारेमा सोध्छन् । भनिदिनुस् ‘‘यसको ज्ञान त अल्लाहलाई मात्र छ र तपाईलाई के थाहा ? शायद कियामत (प्रलय) नजिकै आइपुगेको छ’’ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّ اللّٰهَ لَعَنَ الْكٰفِرِیْنَ وَاَعَدَّ لَهُمْ سَعِیْرًا ۟ۙ
६४) अल्लाहले इन्कार गर्नेहरूलाई अभिशप्त गरेको छ र उनीहरूको निम्ति (जहन्नमको) आगो तयार गरेको छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ۚ— لَا یَجِدُوْنَ وَلِیًّا وَّلَا نَصِیْرًا ۟ۚ
६५) जसमा उनीहरू सधैं सधैं रहनेछन् । उनीहरूले त्यहाँ कुनै समर्थक र सहायक पाउने छैनन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
یَوْمَ تُقَلَّبُ وُجُوْهُهُمْ فِی النَّارِ یَقُوْلُوْنَ یٰلَیْتَنَاۤ اَطَعْنَا اللّٰهَ وَاَطَعْنَا الرَّسُوْلَا ۟
६६) त्यस दिन उनीहरूका अनुहार आगोमा उल्टाइने, पल्टाइनेछ त उनीहरूले भन्नेछन्ः ‘‘कति राम्रो हुनथ्यो यदि हामीले अल्लाहको आज्ञापालन गरेको भए र रसूलको आज्ञापालन गरेको भए’’ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَقَالُوْا رَبَّنَاۤ اِنَّاۤ اَطَعْنَا سَادَتَنَا وَكُبَرَآءَنَا فَاَضَلُّوْنَا السَّبِیْلَا ۟
६७) र उनीहरूले भन्नेछन् ‘‘हे हाम्रो पालनकर्ता ! वास्तवमा हामीले आफ्ना नाइकेहरू र आफ्ना ठूला बडाको आज्ञापालन गर्यौं र उनीहरूले हामीलाई सही मार्गबाट विचलित गरिदिए ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
رَبَّنَاۤ اٰتِهِمْ ضِعْفَیْنِ مِنَ الْعَذَابِ وَالْعَنْهُمْ لَعْنًا كَبِیْرًا ۟۠
६८) हे हाम्रो पालनकर्ता! ‘‘उनीहरूलाई तिमी दोहोरो यातना देऊ र उनीहरूलाई ठूलो तिरस्कृत गर’’ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَكُوْنُوْا كَالَّذِیْنَ اٰذَوْا مُوْسٰی فَبَرَّاَهُ اللّٰهُ مِمَّا قَالُوْا ؕ— وَكَانَ عِنْدَ اللّٰهِ وَجِیْهًا ۟
६९) हे आस्थावानहरू ! ‘‘तिमीहरू ती मानिसहरू जस्तो नहुनु, जसले मूसालाई (दोष लगाएर) दुःख पुर्याए, तर अल्लाहले उनलाई दोषरहित प्रमाणित गर्यो । उनी अल्लाहकहाँ सम्मानित व्यक्ति थिए’’ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اتَّقُوا اللّٰهَ وَقُوْلُوْا قَوْلًا سَدِیْدًا ۟ۙ
७०) हे आस्थावानहरू ! अल्लाहसित डर मान्नेगर र सोझो सोझो साँचो कुरा भन्नेगर ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
یُّصْلِحْ لَكُمْ اَعْمَالَكُمْ وَیَغْفِرْ لَكُمْ ذُنُوْبَكُمْ ؕ— وَمَنْ یُّطِعِ اللّٰهَ وَرَسُوْلَهٗ فَقَدْ فَازَ فَوْزًا عَظِیْمًا ۟
७१) ताकि अल्लाह तिम्रा कर्महरूलाई राम्रो पारोस् र तिम्रा पापहरूलाई क्षमा गरिदेओस् । र जसले पनि अल्लाह र उसको रसूलको आज्ञापालन गर्यो, त्यसले ठूलो सफलता प्राप्त गर्यो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّا عَرَضْنَا الْاَمَانَةَ عَلَی السَّمٰوٰتِ وَالْاَرْضِ وَالْجِبَالِ فَاَبَیْنَ اَنْ یَّحْمِلْنَهَا وَاَشْفَقْنَ مِنْهَا وَحَمَلَهَا الْاِنْسَانُ ؕ— اِنَّهٗ كَانَ ظَلُوْمًا جَهُوْلًا ۟ۙ
७२) हामीले आफ्नो नासोलाई आकाशहरू र धरती र पर्वतहरूमाथि प्रस्तुत गर्यौं, तर उनीहरूले त्यसलाई उठाउन इन्कार गरिदिए र त्यससित तर्सिहाले । (तर) मानिसले त्यसलाई उठाइहाल्यो । (निश्चय नै ऊ) ठूलो अत्याचारी र अज्ञानी छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لِّیُعَذِّبَ اللّٰهُ الْمُنٰفِقِیْنَ وَالْمُنٰفِقٰتِ وَالْمُشْرِكِیْنَ وَالْمُشْرِكٰتِ وَیَتُوْبَ اللّٰهُ عَلَی الْمُؤْمِنِیْنَ وَالْمُؤْمِنٰتِ ؕ— وَكَانَ اللّٰهُ غَفُوْرًا رَّحِیْمًا ۟۠
७३) यो यस कारण कि अल्लाहले कपटी पुरुष र स्त्रीहरू र बहुदेववादी पुरुषहरू र बहुदेववादी स्त्रीहरूलाई सजाय देओस्, र ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूको प्रायश्चित स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र परम् दयालु छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: അഹ്സാബ്
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക