Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: യാസീൻ   ആയത്ത്:
وَاضْرِبْ لَهُمْ مَّثَلًا اَصْحٰبَ الْقَرْیَةِ ۘ— اِذْ جَآءَهَا الْمُرْسَلُوْنَ ۟ۚ
१३) र उनीहरूसित तपाईंले गाउँवालाहरूको घटनाको वर्णन गर्नुस्, जब उनीहरूको पासमा (अनेकौ) पैगम्बर आए ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِذْ اَرْسَلْنَاۤ اِلَیْهِمُ اثْنَیْنِ فَكَذَّبُوْهُمَا فَعَزَّزْنَا بِثَالِثٍ فَقَالُوْۤا اِنَّاۤ اِلَیْكُمْ مُّرْسَلُوْنَ ۟
१४) जब हामीले उनीहरूकहाँ दुई (पैगम्बर) पठायौं, तब उनीहरूले झूठा भने तब हामीले एउटा तेस्रोद्वारा पुष्टि गरायौं, तब उनी तीनै जनाले भनेः ‘‘कि हामी तिमीतिर (संदेष्टा) पठाइएका हौं ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالُوْا مَاۤ اَنْتُمْ اِلَّا بَشَرٌ مِّثْلُنَا ۙ— وَمَاۤ اَنْزَلَ الرَّحْمٰنُ مِنْ شَیْءٍ ۙ— اِنْ اَنْتُمْ اِلَّا تَكْذِبُوْنَ ۟
१५) उनीहरूले भने कि ‘‘तिमी त हामी जस्तै साधारण मनुष्य हौ । र अल्लाहले कुनै कुरा पनि अवतरित गरेको छैन । तिमीमात्र झूठ बोल्दछौ ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالُوْا رَبُّنَا یَعْلَمُ اِنَّاۤ اِلَیْكُمْ لَمُرْسَلُوْنَ ۟
१६) ती रसूलहरूले भने ‘‘हाम्रो पालनकर्तालाई थाहा छ कि हामी निश्चय नै तिमीहरूतिर पठाइएका हौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَمَا عَلَیْنَاۤ اِلَّا الْبَلٰغُ الْمُبِیْنُ ۟
१७) र हाम्रो जिम्मेवारी त मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु नै हो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالُوْۤا اِنَّا تَطَیَّرْنَا بِكُمْ ۚ— لَىِٕنْ لَّمْ تَنْتَهُوْا لَنَرْجُمَنَّكُمْ وَلَیَمَسَّنَّكُمْ مِّنَّا عَذَابٌ اَلِیْمٌ ۟
१८) उनीहरूले भनेः कि ‘‘हामीले त तिमीलाई अपशकुन (अपशगुन) मान्यौं अतः तिमीहरूले मानेनौ भने हामीले तिमीलाई ढुङ्गा हानेर मारिदिनेछौं र तिमीलाई हाम्रो तर्फबाट धेरै कष्ट पुग्नेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالُوْا طَآىِٕرُكُمْ مَّعَكُمْ ؕ— اَىِٕنْ ذُكِّرْتُمْ ؕ— بَلْ اَنْتُمْ قَوْمٌ مُّسْرِفُوْنَ ۟
१९) ती रसूलहरूले भनेः कि तिम्रो अपशकुन त तिम्रो आफ्नै साथमा छ । के तिमी उपदेश दिने कुरालाई अपशकुन सम्झन्छौ बरु तिमीहरू सीमा बाहिर जाने मानिसहरू हौ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَجَآءَ مِنْ اَقْصَا الْمَدِیْنَةِ رَجُلٌ یَّسْعٰی ؗ— قَالَ یٰقَوْمِ اتَّبِعُوا الْمُرْسَلِیْنَ ۟ۙ
२०) (यसैबीच) नगरको दुरवर्ती छेउबाट एउटा व्यक्ति दगुर्दै आइपुग्यो । उसले भन्योः ‘‘हे मेरो कौम (जातिबन्धु) का मानिसहरू ! यी रसूलहरूको मार्गमा हिँड्नेगर ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اتَّبِعُوْا مَنْ لَّا یَسْـَٔلُكُمْ اَجْرًا وَّهُمْ مُّهْتَدُوْنَ ۟
२१) यस्ताको मार्गमा हिड्नेगर जसले तिमीसित कुनै पारिश्रमिक माँग्दैनन् र उनीहरू सोझो मार्गमा छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَمَا لِیَ لَاۤ اَعْبُدُ الَّذِیْ فَطَرَنِیْ وَاِلَیْهِ تُرْجَعُوْنَ ۟
२२) ‘‘र मलाई के भएको छ कि म उसको बन्दगी (उपासना) नगरूँ ? जसले मलाई सृष्टि गर्यो र उसैतिर तिमी सबैले फर्केर जानुपर्नेछ ?’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
ءَاَتَّخِذُ مِنْ دُوْنِهٖۤ اٰلِهَةً اِنْ یُّرِدْنِ الرَّحْمٰنُ بِضُرٍّ لَّا تُغْنِ عَنِّیْ شَفَاعَتُهُمْ شَیْـًٔا وَّلَا یُنْقِذُوْنِ ۟ۚ
२३) के मैले उसलाई छाडेर अरुलाई उपास्य बनाऊँ ? यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने उनीहरूको सिफारिश मेरो कुनै काम आउन सक्दैन र नत उनीहरूले मलाई बचाउन सक्दछन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنِّیْۤ اِذًا لَّفِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
२४) अनि त म अवश्य नै स्पष्ट मार्गविचलनमा परिहाल्नेछु ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنِّیْۤ اٰمَنْتُ بِرَبِّكُمْ فَاسْمَعُوْنِ ۟ؕ
२५) म त तिम्रो पालनकर्तामाथि सच्चा मनले ईमान ल्याएँ, अतः मेरो कुरा सुन ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قِیْلَ ادْخُلِ الْجَنَّةَ ؕ— قَالَ یٰلَیْتَ قَوْمِیْ یَعْلَمُوْنَ ۟ۙ
२६) आदेश भयोः ‘‘कि स्वर्गमा प्रवेश गरिहाल ।’’ भन्यो, काश (हाय) ! मेरो जातिबन्धुलाई पनि खबर भइदिएको भए,
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
بِمَا غَفَرَ لِیْ رَبِّیْ وَجَعَلَنِیْ مِنَ الْمُكْرَمِیْنَ ۟
२७) कि अल्लाहले मलाई क्षमा प्रदान गर्यो र प्रतिष्ठित मानिसहरूमा शम्मिलित गर्यो ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: യാസീൻ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക