Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: അഅ്റാഫ്   ആയത്ത്:
فَاِذَا جَآءَتْهُمُ الْحَسَنَةُ قَالُوْا لَنَا هٰذِهٖ ۚ— وَاِنْ تُصِبْهُمْ سَیِّئَةٌ یَّطَّیَّرُوْا بِمُوْسٰی وَمَنْ مَّعَهٗ ؕ— اَلَاۤ اِنَّمَا طٰٓىِٕرُهُمْ عِنْدَ اللّٰهِ وَلٰكِنَّ اَكْثَرَهُمْ لَا یَعْلَمُوْنَ ۟
१३१) तसर्थ जब तिनीहरूलाई सुख प्राप्त हुन्थ्यो त भन्थे कि हामी यसका हकदार हौं र कष्ट आइपर्दा मूसा र उनका साथीहरूलाई अलच्छिन् भन्थे । यादराख तिनीहरूको अलच्छिन्पना अल्लाहको पासमा छ, र उनीहरूमध्ये अधिकांश जान्दैनन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَقَالُوْا مَهْمَا تَاْتِنَا بِهٖ مِنْ اٰیَةٍ لِّتَسْحَرَنَا بِهَا ۙ— فَمَا نَحْنُ لَكَ بِمُؤْمِنِیْنَ ۟
१३२) र उनीहरू भन्दथे, ‘‘तिमी हामीमाथि जादू गर्न जुनसुकै निशानी हाम्रो सामु ल्याए पनि, हामी तिमीमाथि विश्वास गर्नेवाला छैनौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَاَرْسَلْنَا عَلَیْهِمُ الطُّوْفَانَ وَالْجَرَادَ وَالْقُمَّلَ وَالضَّفَادِعَ وَالدَّمَ اٰیٰتٍ مُّفَصَّلٰتٍ ۫— فَاسْتَكْبَرُوْا وَكَانُوْا قَوْمًا مُّجْرِمِیْنَ ۟
१३३) अन्ततः हामीले तिनीहरूमाथि हुरी, शलह, घुनको कीरा, भ्यागुता र रगत, यी सबै खुल्ला चमत्कारका निशानीहरू पठायौँ तर तिनीहरूले घमण्ड नै गरिराखे र तिनीहरू अपराधी नै थिए ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَمَّا وَقَعَ عَلَیْهِمُ الرِّجْزُ قَالُوْا یٰمُوْسَی ادْعُ لَنَا رَبَّكَ بِمَا عَهِدَ عِنْدَكَ ۚ— لَىِٕنْ كَشَفْتَ عَنَّا الرِّجْزَ لَنُؤْمِنَنَّ لَكَ وَلَنُرْسِلَنَّ مَعَكَ بَنِیْۤ اِسْرَآءِیْلَ ۟ۚ
१३४) र जब उनीहरूमाथि कुनै कष्ट हुन्थ्यो तब यस्तो भन्थे, ‘‘हे मूसा ! हाम्रो निम्ति आफ्नो पालनकर्तासित त्यस प्रतिज्ञाको आधारमा प्रार्थना गर्नुस् जुन उसले तपाईंसित गरेको छ, यदि तपाईले हामीलाई यस सजायबाट मुक्त गराइदिनु हुन्छ भने हामीले अवश्य नै तपाईले भने बमोजिम ईमान ल्याउनेछौं र इस्राईलका सन्तानलाई (रिहा गरेर) तपाईको साथमा जान दिनेछौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَلَمَّا كَشَفْنَا عَنْهُمُ الرِّجْزَ اِلٰۤی اَجَلٍ هُمْ بٰلِغُوْهُ اِذَا هُمْ یَنْكُثُوْنَ ۟
१३५) फेरि जब हामीले उनीहरूबाट त्यस यातनालाई एक विशेष समयसम्म जहाँसम्म उनीहरूलाई पुग्नु थियो, हटाइदिन्थ्यौं, तब तिनीहरू तुरुन्तै आफ्नो वाचा भङ्ग गरिहाल्थे ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَانْتَقَمْنَا مِنْهُمْ فَاَغْرَقْنٰهُمْ فِی الْیَمِّ بِاَنَّهُمْ كَذَّبُوْا بِاٰیٰتِنَا وَكَانُوْا عَنْهَا غٰفِلِیْنَ ۟
१३६) अनि हामीले उनीहरूसित बदला लियौं अर्थात उनीहरूलाई समुद्रमा डुबाइदियौं, यसकारण कि उनीहरूले हाम्रा निशानीहरूलाई झूठा भन्दथे र त्यसप्रति बिल्कुलै लापरवाही गर्दथे ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاَوْرَثْنَا الْقَوْمَ الَّذِیْنَ كَانُوْا یُسْتَضْعَفُوْنَ مَشَارِقَ الْاَرْضِ وَمَغَارِبَهَا الَّتِیْ بٰرَكْنَا فِیْهَا ؕ— وَتَمَّتْ كَلِمَتُ رَبِّكَ الْحُسْنٰی عَلٰی بَنِیْۤ اِسْرَآءِیْلَ ۙ۬— بِمَا صَبَرُوْا ؕ— وَدَمَّرْنَا مَا كَانَ یَصْنَعُ فِرْعَوْنُ وَقَوْمُهٗ وَمَا كَانُوْا یَعْرِشُوْنَ ۟
१३७) र हामीले उनीहरूलाई, जो निकै कम्जोर गनिन्थे, त्यस भू–भागको पूर्व–पश्चिमको मालिक बनाइदियौं, जसमा हामीले बरकत (कल्याण) राखेका छौं र तिम्रो पालनकर्ताको राम्रो वाचा इस्राईलको सन्तानको हकमा पूरा भयो किनभने उनीहरूले धैर्यसित काम लिए, र फिरऔनको र उसको जातिका मानिसहरू जसले कि ठूला–अग्ला कारखाना महलहरू बनाएका थिए, सबै हामीले नष्ट गरिदियौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: അഅ്റാഫ്
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക