Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: അഅ്റാഫ്   ആയത്ത്:
وَالْبَلَدُ الطَّیِّبُ یَخْرُجُ نَبَاتُهٗ بِاِذْنِ رَبِّهٖ ۚ— وَالَّذِیْ خَبُثَ لَا یَخْرُجُ اِلَّا نَكِدًا ؕ— كَذٰلِكَ نُصَرِّفُ الْاٰیٰتِ لِقَوْمٍ یَّشْكُرُوْنَ ۟۠
५८) जुन भूमि उर्बर र राम्रो छ त्यसबाट उम्रने कुरा (पैदावार) पनि अल्लाहको आदेशले राम्रो नै हुन्छ, र जुन भूमि नराम्रो छ त्यसबाट जे उम्रन्छ काम नलाग्ने खराब हुन्छ । यसै प्रकार हामीले आफ्नो आयतहरूलाई (तर्कहरू) कृतज्ञहरूको लागि विभिन्न प्रकारले वर्णन गर्दछौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لَقَدْ اَرْسَلْنَا نُوْحًا اِلٰی قَوْمِهٖ فَقَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— اِنِّیْۤ اَخَافُ عَلَیْكُمْ عَذَابَ یَوْمٍ عَظِیْمٍ ۟
५९) हामीले नूह (पैगम्बर) लाई उनको जातितिर पठायौं उनले भने कि, ‘‘हे मेरो जातिका मानिस ! अल्लाहको उपासना गर, उस बाहेक तिम्रो कोही पूजाको योग्य छैन । मलाई तिम्रो लागि एउटा ठूलो दिनको सजाय हुने डर छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالَ الْمَلَاُ مِنْ قَوْمِهٖۤ اِنَّا لَنَرٰىكَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
६०) उनको जातिका (समुदायका) नेताले (ठुला बडाले) भने कि, ‘‘हामीले तिमीलाई ठूलो दिगभ्रान्त भएको देखिराखेका छौं ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالَ یٰقَوْمِ لَیْسَ بِیْ ضَلٰلَةٌ وَّلٰكِنِّیْ رَسُوْلٌ مِّنْ رَّبِّ الْعٰلَمِیْنَ ۟
६१) उनले (नूहले) भनेः ‘‘हे मेरो जाति बन्धु ! ममा कुनै प्रकारको मार्गविचलन छैन, बरु म संसारको पालनकर्ताको पैगम्बर (संदेशवाहक) हूँ ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اُبَلِّغُكُمْ رِسٰلٰتِ رَبِّیْ وَاَنْصَحُ لَكُمْ وَاَعْلَمُ مِنَ اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟
६२) तिमीलार्इ आफ्नो पालनकर्ताको सन्देश पुर्याउँछु, र तिम्रो शुभेच्छुक हूँ र म अल्लाहको तर्फबाट यस्ता कुराहरूको जानकारी राख्दछु जसबारे तिमी अनभिज्ञ छौ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اَوَعَجِبْتُمْ اَنْ جَآءَكُمْ ذِكْرٌ مِّنْ رَّبِّكُمْ عَلٰی رَجُلٍ مِّنْكُمْ لِیُنْذِرَكُمْ وَلِتَتَّقُوْا وَلَعَلَّكُمْ تُرْحَمُوْنَ ۟
६३) के तिमीलाई यस कुराको आश्चर्य लाग्यो कि, तिमीहरूमध्येबाटै एक व्यक्तिको हातबाट तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो समीपमा सदुपदेश आयो जसले तिमीलाई सावधान गराओस् र तिमी डर मान (र आत्मसंयमी बन) ताकि तिमीमाथि दया गरियोस् ?
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَكَذَّبُوْهُ فَاَنْجَیْنٰهُ وَالَّذِیْنَ مَعَهٗ فِی الْفُلْكِ وَاَغْرَقْنَا الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا ؕ— اِنَّهُمْ كَانُوْا قَوْمًا عَمِیْنَ ۟۠
६४) तर तिनीहरूले उनलाई झूठा भने, अन्ततः हामीले नूहलाई र जो उनको साथ ढुंगामा सवार थिए बचाइहालें, र जसले हाम्रो आयतहरूलाई झूठा भने तिनीहरूलाई डुबाइदियौं । निःसन्देह तिनी अन्धा मानिसहरू नै थिए ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاِلٰی عَادٍ اَخَاهُمْ هُوْدًا ؕ— قَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— اَفَلَا تَتَّقُوْنَ ۟
६५) र आदको समुदायतिर उनीहरूकै दाजुभाइहरूमध्येका ‘‘हूदलाई’’ पठायौं । उनले भने कि ‘‘हे मेरा जाति बन्धुहरू ! अल्लाहको उपासना गर, त्यस बाहेक तिम्रो अरु कोही सत्य पुजनीय छैन, त के तिमीहरू डराउँदैनौ ?
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالَ الْمَلَاُ الَّذِیْنَ كَفَرُوْا مِنْ قَوْمِهٖۤ اِنَّا لَنَرٰىكَ فِیْ سَفَاهَةٍ وَّاِنَّا لَنَظُنُّكَ مِنَ الْكٰذِبِیْنَ ۟
६६) उनको समुदायका सरदार जो काफिर थिए, भन्न थालेः कि, ‘‘हामीले तिमीलाई मूर्खतामा ग्रस्त भएको सम्झिदैछौं र हामीले तिमीलाई झूठा ठान्दछौं ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالَ یٰقَوْمِ لَیْسَ بِیْ سَفَاهَةٌ وَّلٰكِنِّیْ رَسُوْلٌ مِّنْ رَّبِّ الْعٰلَمِیْنَ ۟
६७) उनले भनेः ‘‘हे मेरा जाति बन्धुहरू ! ममा मूर्खताको कुनै कुरा छैन, बरु म विश्वको पालनकर्ताको संदेशवाहक (पैगम्बर) हूँ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: അഅ്റാഫ്
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക