د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه

د مخ نمبر:close

external-link copy
28 : 17

وَاِمَّا تُعْرِضَنَّ عَنْهُمُ ابْتِغَآءَ رَحْمَةٍ مِّنْ رَّبِّكَ تَرْجُوْهَا فَقُلْ لَّهُمْ قَوْلًا مَّیْسُوْرًا ۟

२८) र यदि तिमी आफ्नो पालनकर्ताको रहमत् (वरदान) को प्रतीक्षामा, जसको कि तिमीलाई आशा छ, तिनीहरू (हकदारहरू) तिर ध्यान दिन सक्दैनौं भने तिनीहरूसित विनम्रतापूर्वक राम्रोसँग कुरा भन्ने गर । info
التفاسير:

external-link copy
29 : 17

وَلَا تَجْعَلْ یَدَكَ مَغْلُوْلَةً اِلٰی عُنُقِكَ وَلَا تَبْسُطْهَا كُلَّ الْبَسْطِ فَتَقْعُدَ مَلُوْمًا مَّحْسُوْرًا ۟

२९) आफ्नो हातलाई आफ्नो गर्दनसित बाँधिएको जस्तो नराख । र नत बिल्कुलै खुल्ला गर्नु (कि सबै दिइहाल) र परिणाम यो होस् कि पश्चातापमा दोषी र असहाय हुनुपरोस् । info
التفاسير:

external-link copy
30 : 17

اِنَّ رَبَّكَ یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ وَیَقْدِرُ ؕ— اِنَّهٗ كَانَ بِعِبَادِهٖ خَبِیْرًا بَصِیْرًا ۟۠

३०) निःसन्देह तिम्रो पालनकर्ताले जसको जीविका चाहन्छ विस्तृत गरिदिन्छ, र जस्को चाहन्छ संकुचित पारिदिन्छ । निःसन्देह उसले आफ्ना भक्तहरूलाई बेस्सरी जान्दछ र राम्ररी हेरिराखेको हुन्छ । info
التفاسير:

external-link copy
31 : 17

وَلَا تَقْتُلُوْۤا اَوْلَادَكُمْ خَشْیَةَ اِمْلَاقٍ ؕ— نَحْنُ نَرْزُقُهُمْ وَاِیَّاكُمْ ؕ— اِنَّ قَتْلَهُمْ كَانَ خِطْاً كَبِیْرًا ۟

३१) र आफ्ना सन्तानहरूलाई विपन्नताको डरले नमार (किनभने) उनीहरूलाई, र तिमीलाई हामीले नै जीविका प्रदान गर्दछौं । यसमा कुनै सन्देह छैन कि यिनीहरूलाई मार्नु गम्भीर पाप हो । info
التفاسير:

external-link copy
32 : 17

وَلَا تَقْرَبُوا الزِّنٰۤی اِنَّهٗ كَانَ فَاحِشَةً ؕ— وَسَآءَ سَبِیْلًا ۟

३२) खबरदार व्यभिचारतिर कदापि नलाग, किनभने त्यो ठूलो निर्लज्जता र धेरै नराम्रो बाटो हो । info
التفاسير:

external-link copy
33 : 17

وَلَا تَقْتُلُوا النَّفْسَ الَّتِیْ حَرَّمَ اللّٰهُ اِلَّا بِالْحَقِّ ؕ— وَمَنْ قُتِلَ مَظْلُوْمًا فَقَدْ جَعَلْنَا لِوَلِیِّهٖ سُلْطٰنًا فَلَا یُسْرِفْ فِّی الْقَتْلِ ؕ— اِنَّهٗ كَانَ مَنْصُوْرًا ۟

३३) र जुन प्राणीलाई मार्नु अल्लाहले निषेध गरेको छ, त्यसलाई न्यायोचित कारण बिना नमार । र जुन मानिस अत्याचारले मारिएको छ, हामीले त्यसको वारिसलाई (बराबरको बदला लिन) अख्तियार दिएका छौं तसर्थ उसलाई आवश्यक छ कि हत्या (बदला) मा सीमा उल्लंघन नगरोस्, किनभने त्यसो भएमा उसलाई सहायता प्राप्त हुनेछ । info
التفاسير:

external-link copy
34 : 17

وَلَا تَقْرَبُوْا مَالَ الْیَتِیْمِ اِلَّا بِالَّتِیْ هِیَ اَحْسَنُ حَتّٰی یَبْلُغَ اَشُدَّهٗ ۪— وَاَوْفُوْا بِالْعَهْدِ ۚ— اِنَّ الْعَهْدَ كَانَ مَسْـُٔوْلًا ۟

३४) र अनाथको मालको नजिक पनि नजानु, तर यस्तो तरिकाले जुन उसको हकमा धेरै राम्रो होस् यहाँसम्म कि उसले उमेरको परिपक्कवता प्राप्त गरिसकोस्, र वचन पूरा गर, किनभने वाचाको बारेमा अवश्य सोधपूछ हुनेछ । info
التفاسير:

external-link copy
35 : 17

وَاَوْفُوا الْكَیْلَ اِذَا كِلْتُمْ وَزِنُوْا بِالْقِسْطَاسِ الْمُسْتَقِیْمِ ؕ— ذٰلِكَ خَیْرٌ وَّاَحْسَنُ تَاْوِیْلًا ۟

३५) र जब नापेर दिन्छौ त माप पूरा भरी देऊ र तराजु सीधा राखेर जोख्ने गर, यो अत्यन्तै राम्रो कुरा हो र परिणामको दृष्टिले पनि धेरै राम्रो छ । info
التفاسير:

external-link copy
36 : 17

وَلَا تَقْفُ مَا لَیْسَ لَكَ بِهٖ عِلْمٌ ؕ— اِنَّ السَّمْعَ وَالْبَصَرَ وَالْفُؤَادَ كُلُّ اُولٰٓىِٕكَ كَانَ عَنْهُ مَسْـُٔوْلًا ۟

३६) जुन कुरोको तिमीलाई ज्ञानै छैन त्यसको पछि नपर्नु, किनभने कान र आँखा र हृदय यी सबैसित अवश्य सोधपूछ हुनेछ । info
التفاسير:

external-link copy
37 : 17

وَلَا تَمْشِ فِی الْاَرْضِ مَرَحًا ۚ— اِنَّكَ لَنْ تَخْرِقَ الْاَرْضَ وَلَنْ تَبْلُغَ الْجِبَالَ طُوْلًا ۟

३७) र धर्तीमा घमण्ड गरी नहिड्नु किनभने तिमीले धर्तीलाई च्यात्न सक्दैनौं र नत अग्लो भएर पर्वतहरूका चुचुरासम्म पुग्न सक्नेछौ । info
التفاسير:

external-link copy
38 : 17

كُلُّ ذٰلِكَ كَانَ سَیِّئُهٗ عِنْدَ رَبِّكَ مَكْرُوْهًا ۟

३८) यी सबै नराम्राकुराहरू तिम्रो पालनकर्तालाई धेरै अप्रिय छ । info
التفاسير: