د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه

د مخ نمبر:close

external-link copy
67 : 17

وَاِذَا مَسَّكُمُ الضُّرُّ فِی الْبَحْرِ ضَلَّ مَنْ تَدْعُوْنَ اِلَّاۤ اِیَّاهُ ۚ— فَلَمَّا نَجّٰىكُمْ اِلَی الْبَرِّ اَعْرَضْتُمْ ؕ— وَكَانَ الْاِنْسَانُ كَفُوْرًا ۟

६७) र जब तिमीलाई समुद्रमा बिपत्ति आइपुग्छ त जसलाई तिमीले पुकार्ने गर्दछौ उही अल्लाह बाहेक सबै हराइहाल्छन्, अनि हामीले जब तिमीलाई बचाएर स्थलतिर लैजान्छौं, त तिमी विमुख भइहाल्छौ र मानिस धेरै कृतघ्न छ । info
التفاسير:

external-link copy
68 : 17

اَفَاَمِنْتُمْ اَنْ یَّخْسِفَ بِكُمْ جَانِبَ الْبَرِّ اَوْ یُرْسِلَ عَلَیْكُمْ حَاصِبًا ثُمَّ لَا تَجِدُوْا لَكُمْ وَكِیْلًا ۟ۙ

६८) के तिमी आफूलाई सुरक्षित ठान्दछौ, कि अल्लाहले तिमीलाई स्थलतिर लगेर धर्तीमा धसाउन सक्दैन वा तिमीमाथि ढुङ्गाहरूको हुरीबतास चलाउन सक्दैन अनि तिमीले आफ्नो लागि कोही रक्षक पाउन नसक । info
التفاسير:

external-link copy
69 : 17

اَمْ اَمِنْتُمْ اَنْ یُّعِیْدَكُمْ فِیْهِ تَارَةً اُخْرٰی فَیُرْسِلَ عَلَیْكُمْ قَاصِفًا مِّنَ الرِّیْحِ فَیُغْرِقَكُمْ بِمَا كَفَرْتُمْ ۙ— ثُمَّ لَا تَجِدُوْا لَكُمْ عَلَیْنَا بِهٖ تَبِیْعًا ۟

६९) के तिमी यस कुराबाट निर्भय छौ, कि तिमीलाई दोस्रो पटक अल्लाहले समुद्रमा लैजाने छैन र तिमीमाथि तीव्र हावा चलाउने र तिम्रो कुफ्रको कारणले तिमीलाई डुबाउन सक्दैन फेरि तिमी स्वयम्को लागि हामी विरुद्ध कोही सहयोगी पाउने छैनौ । info
التفاسير:

external-link copy
70 : 17

وَلَقَدْ كَرَّمْنَا بَنِیْۤ اٰدَمَ وَحَمَلْنٰهُمْ فِی الْبَرِّ وَالْبَحْرِ وَرَزَقْنٰهُمْ مِّنَ الطَّیِّبٰتِ وَفَضَّلْنٰهُمْ عَلٰی كَثِیْرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِیْلًا ۟۠

७०) निश्चितरूपले हामी आदमको सन्तानलाई धेरै मर्यादा प्रदान गर्यौं, र उनलाई जंगल र समुंद्रमा सवारी दियौं र पवित्र आधार प्रदान गर्यौं, र आफ्ना धेरै प्राणीहरूमाथि श्रेष्ठता प्रदान गर्यौं । info
التفاسير:

external-link copy
71 : 17

یَوْمَ نَدْعُوْا كُلَّ اُنَاسٍ بِاِمَامِهِمْ ۚ— فَمَنْ اُوْتِیَ كِتٰبَهٗ بِیَمِیْنِهٖ فَاُولٰٓىِٕكَ یَقْرَءُوْنَ كِتٰبَهُمْ وَلَا یُظْلَمُوْنَ فَتِیْلًا ۟

७१) जुनदिन हामी सबै समूहहरूलाई तिनीहरूका नाइकेसमेत बोलाउने छौं । अनि जसको (कर्मपत्र) किताब तिनीहरूका दाहिने हातमा दिइनेछ तिनीहरूले आफ्नो किताब खुशीको साथ पढ्नेछन् र तिनीहरूमाथि लेशमात्र पनि अत्याचार हुनेछैन । info
التفاسير:

external-link copy
72 : 17

وَمَنْ كَانَ فِیْ هٰذِهٖۤ اَعْمٰی فَهُوَ فِی الْاٰخِرَةِ اَعْمٰی وَاَضَلُّ سَبِیْلًا ۟

७२) र जो यस संसारमा अन्धा छ, ऊ आखिरतमा पनि अन्धा हुनेछ र (मुक्तिको) बाटोबाट धेरै टाढा हुनेछ । info
التفاسير:

external-link copy
73 : 17

وَاِنْ كَادُوْا لَیَفْتِنُوْنَكَ عَنِ الَّذِیْۤ اَوْحَیْنَاۤ اِلَیْكَ لِتَفْتَرِیَ عَلَیْنَا غَیْرَهٗ ۖۗ— وَاِذًا لَّاتَّخَذُوْكَ خَلِیْلًا ۟

७३) (हे पैगम्बर) जुन वह्य (सन्देश) हामीले तपाईतिर पठाएका छौं, यी (काफिरहरू) त्यसबाट तपाईलाई विचलित गराउन चाहन्छन्, ताकि तपाईले यस बाहेक अरु कुराहरू नै हाम्रो बारेमा बनाइहाल, र त्यतिखेर तिनीहरूले तपाईलाई घनिष्ट मित्र बनाउने थिए । info
التفاسير:

external-link copy
74 : 17

وَلَوْلَاۤ اَنْ ثَبَّتْنٰكَ لَقَدْ كِدْتَّ تَرْكَنُ اِلَیْهِمْ شَیْـًٔا قَلِیْلًا ۟ۗۙ

७४) यदि हामीले तपाईको पाईला सुदृढ नराखेको भए, केही हदसम्म तपाई तिनीहरूतिर प्रवृत्त हुनसक्नु हुन्थ्यो । info
التفاسير:

external-link copy
75 : 17

اِذًا لَّاَذَقْنٰكَ ضِعْفَ الْحَیٰوةِ وَضِعْفَ الْمَمَاتِ ثُمَّ لَا تَجِدُ لَكَ عَلَیْنَا نَصِیْرًا ۟

७५) त्यसो भए हामीले तपाईलाई जिन्दगीमा पनि दुईगुणा सजाय र मृत्यु पश्चात पनि दुईगुणा सजायको स्वाद चखाउने थियौं, अनि तपाईले हामी विरुद्ध कसैलाई आफ्नो मद्दतगार पाउने थिएनौ । info
التفاسير: