Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អ៊ីសរ៉ក   អាយ៉ាត់:
وَاِذَا مَسَّكُمُ الضُّرُّ فِی الْبَحْرِ ضَلَّ مَنْ تَدْعُوْنَ اِلَّاۤ اِیَّاهُ ۚ— فَلَمَّا نَجّٰىكُمْ اِلَی الْبَرِّ اَعْرَضْتُمْ ؕ— وَكَانَ الْاِنْسَانُ كَفُوْرًا ۟
६७) र जब तिमीलाई समुद्रमा बिपत्ति आइपुग्छ त जसलाई तिमीले पुकार्ने गर्दछौ उही अल्लाह बाहेक सबै हराइहाल्छन्, अनि हामीले जब तिमीलाई बचाएर स्थलतिर लैजान्छौं, त तिमी विमुख भइहाल्छौ र मानिस धेरै कृतघ्न छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اَفَاَمِنْتُمْ اَنْ یَّخْسِفَ بِكُمْ جَانِبَ الْبَرِّ اَوْ یُرْسِلَ عَلَیْكُمْ حَاصِبًا ثُمَّ لَا تَجِدُوْا لَكُمْ وَكِیْلًا ۟ۙ
६८) के तिमी आफूलाई सुरक्षित ठान्दछौ, कि अल्लाहले तिमीलाई स्थलतिर लगेर धर्तीमा धसाउन सक्दैन वा तिमीमाथि ढुङ्गाहरूको हुरीबतास चलाउन सक्दैन अनि तिमीले आफ्नो लागि कोही रक्षक पाउन नसक ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اَمْ اَمِنْتُمْ اَنْ یُّعِیْدَكُمْ فِیْهِ تَارَةً اُخْرٰی فَیُرْسِلَ عَلَیْكُمْ قَاصِفًا مِّنَ الرِّیْحِ فَیُغْرِقَكُمْ بِمَا كَفَرْتُمْ ۙ— ثُمَّ لَا تَجِدُوْا لَكُمْ عَلَیْنَا بِهٖ تَبِیْعًا ۟
६९) के तिमी यस कुराबाट निर्भय छौ, कि तिमीलाई दोस्रो पटक अल्लाहले समुद्रमा लैजाने छैन र तिमीमाथि तीव्र हावा चलाउने र तिम्रो कुफ्रको कारणले तिमीलाई डुबाउन सक्दैन फेरि तिमी स्वयम्को लागि हामी विरुद्ध कोही सहयोगी पाउने छैनौ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَلَقَدْ كَرَّمْنَا بَنِیْۤ اٰدَمَ وَحَمَلْنٰهُمْ فِی الْبَرِّ وَالْبَحْرِ وَرَزَقْنٰهُمْ مِّنَ الطَّیِّبٰتِ وَفَضَّلْنٰهُمْ عَلٰی كَثِیْرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِیْلًا ۟۠
७०) निश्चितरूपले हामी आदमको सन्तानलाई धेरै मर्यादा प्रदान गर्यौं, र उनलाई जंगल र समुंद्रमा सवारी दियौं र पवित्र आधार प्रदान गर्यौं, र आफ्ना धेरै प्राणीहरूमाथि श्रेष्ठता प्रदान गर्यौं ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
یَوْمَ نَدْعُوْا كُلَّ اُنَاسٍ بِاِمَامِهِمْ ۚ— فَمَنْ اُوْتِیَ كِتٰبَهٗ بِیَمِیْنِهٖ فَاُولٰٓىِٕكَ یَقْرَءُوْنَ كِتٰبَهُمْ وَلَا یُظْلَمُوْنَ فَتِیْلًا ۟
७१) जुनदिन हामी सबै समूहहरूलाई तिनीहरूका नाइकेसमेत बोलाउने छौं । अनि जसको (कर्मपत्र) किताब तिनीहरूका दाहिने हातमा दिइनेछ तिनीहरूले आफ्नो किताब खुशीको साथ पढ्नेछन् र तिनीहरूमाथि लेशमात्र पनि अत्याचार हुनेछैन ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمَنْ كَانَ فِیْ هٰذِهٖۤ اَعْمٰی فَهُوَ فِی الْاٰخِرَةِ اَعْمٰی وَاَضَلُّ سَبِیْلًا ۟
७२) र जो यस संसारमा अन्धा छ, ऊ आखिरतमा पनि अन्धा हुनेछ र (मुक्तिको) बाटोबाट धेरै टाढा हुनेछ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاِنْ كَادُوْا لَیَفْتِنُوْنَكَ عَنِ الَّذِیْۤ اَوْحَیْنَاۤ اِلَیْكَ لِتَفْتَرِیَ عَلَیْنَا غَیْرَهٗ ۖۗ— وَاِذًا لَّاتَّخَذُوْكَ خَلِیْلًا ۟
७३) (हे पैगम्बर) जुन वह्य (सन्देश) हामीले तपाईतिर पठाएका छौं, यी (काफिरहरू) त्यसबाट तपाईलाई विचलित गराउन चाहन्छन्, ताकि तपाईले यस बाहेक अरु कुराहरू नै हाम्रो बारेमा बनाइहाल, र त्यतिखेर तिनीहरूले तपाईलाई घनिष्ट मित्र बनाउने थिए ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَلَوْلَاۤ اَنْ ثَبَّتْنٰكَ لَقَدْ كِدْتَّ تَرْكَنُ اِلَیْهِمْ شَیْـًٔا قَلِیْلًا ۟ۗۙ
७४) यदि हामीले तपाईको पाईला सुदृढ नराखेको भए, केही हदसम्म तपाई तिनीहरूतिर प्रवृत्त हुनसक्नु हुन्थ्यो ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اِذًا لَّاَذَقْنٰكَ ضِعْفَ الْحَیٰوةِ وَضِعْفَ الْمَمَاتِ ثُمَّ لَا تَجِدُ لَكَ عَلَیْنَا نَصِیْرًا ۟
७५) त्यसो भए हामीले तपाईलाई जिन्दगीमा पनि दुईगुणा सजाय र मृत्यु पश्चात पनि दुईगुणा सजायको स्वाद चखाउने थियौं, अनि तपाईले हामी विरुद्ध कसैलाई आफ्नो मद्दतगार पाउने थिएनौ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អ៊ីសរ៉ក
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ