Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អ៊ីសរ៉ក   អាយ៉ាត់:
مَنْ كَانَ یُرِیْدُ الْعَاجِلَةَ عَجَّلْنَا لَهٗ فِیْهَا مَا نَشَآءُ لِمَنْ نُّرِیْدُ ثُمَّ جَعَلْنَا لَهٗ جَهَنَّمَ ۚ— یَصْلٰىهَا مَذْمُوْمًا مَّدْحُوْرًا ۟
१८) जो मानिस सांसारिक फाइदाको इच्छुक हुन्छ, उसलाई हामीले जसलाई र जति चाहन्छौं छिट्टै दिन्छौं, अनि अन्तिममा उसको निम्ति हामीले नर्कको बास निर्धारित गर्दछौं जहाँ तिनीहरू त्यसमा अपमानित र तिरस्कृत भई प्रवेश गर्नेछन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمَنْ اَرَادَ الْاٰخِرَةَ وَسَعٰی لَهَا سَعْیَهَا وَهُوَ مُؤْمِنٌ فَاُولٰٓىِٕكَ كَانَ سَعْیُهُمْ مَّشْكُوْرًا ۟
१९) र जुन मानिसले आखिरतको इच्छा गर्दछ र त्यसमा यति प्रयास गर्दछ जति उसले गर्न सक्दछ र ऊ मोमिन पनि छ भने त्यस्ता मानिसहरूको प्रयास अल्लाहले पूरै स्वीकार गर्दछ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
كُلًّا نُّمِدُّ هٰۤؤُلَآءِ وَهٰۤؤُلَآءِ مِنْ عَطَآءِ رَبِّكَ ؕ— وَمَا كَانَ عَطَآءُ رَبِّكَ مَحْظُوْرًا ۟
२०) हरेकलाई हामीले (रोजी) पुर्याउँदै जान्छौं । यिनीहरूलाई र तिनीहरूलाई पनि, तिम्रो पालनकर्ताको उपहारबाट र तिम्रो पालनकर्ताको वरदान बन्द भएको छैन ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اُنْظُرْ كَیْفَ فَضَّلْنَا بَعْضَهُمْ عَلٰی بَعْضٍ ؕ— وَلَلْاٰخِرَةُ اَكْبَرُ دَرَجٰتٍ وَّاَكْبَرُ تَفْضِیْلًا ۟
२१) हेर ! हामीले कसरी केहीलाई केहीमाथि प्रधानता प्रदान गरेका छौं र आखिरत (अन्तिममा) त श्रेणीहरूमा धेरै उच्च छ र महत्वमा निकै बढि छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
لَا تَجْعَلْ مَعَ اللّٰهِ اِلٰهًا اٰخَرَ فَتَقْعُدَ مَذْمُوْمًا مَّخْذُوْلًا ۟۠
२२) अल्लाहको साथमा अन्य कसैलाई पूजनीय नठान, अन्यथा तिमी अन्तमा अपमानित र निःसहाय भएर बस्ने छौ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَقَضٰی رَبُّكَ اَلَّا تَعْبُدُوْۤا اِلَّاۤ اِیَّاهُ وَبِالْوَالِدَیْنِ اِحْسَانًا ؕ— اِمَّا یَبْلُغَنَّ عِنْدَكَ الْكِبَرَ اَحَدُهُمَاۤ اَوْ كِلٰهُمَا فَلَا تَقُلْ لَّهُمَاۤ اُفٍّ وَّلَا تَنْهَرْهُمَا وَقُلْ لَّهُمَا قَوْلًا كَرِیْمًا ۟
२३) र तिम्रो पालनकर्ताले स्पष्ट आदेश गरेको छ कि ऊ बाहेक तिमी कसैको पूजा नगर र आमा–बाबुको साथमा नम्र व्यवहार गर्दैगर यदि तिनीहरूमध्ये एउटा वा दुवै तिम्रो अगाडि वृद्ध अवस्थामा पुग्छन् भने तिनीहरूलाई तिरस्कृत नगर्नु नहप्काउनु अपितु तिनीहरूसँग सम्मानपूर्वक मर्यादित ढंगले कुराकानी गर्नु ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ وَقُلْ رَّبِّ ارْحَمْهُمَا كَمَا رَبَّیٰنِیْ صَغِیْرًا ۟ؕ
२४) र विनम्रतापूर्वक प्यारको साथ तिनीहरूको अगाडि सुशील भइराख र तिनीहरूको निम्ति प्रार्थना गर्नेगरः कि हे पालकर्ता जुन प्रकार कि तिनीहरूले मलाई बाल्यावस्थामा (मायाँले) पालनपोषण गरेका छन्, तिमीले पनि तिनीहरूमाथि त्यस्तै दया गर ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
رَبُّكُمْ اَعْلَمُ بِمَا فِیْ نُفُوْسِكُمْ ؕ— اِنْ تَكُوْنُوْا صٰلِحِیْنَ فَاِنَّهٗ كَانَ لِلْاَوَّابِیْنَ غَفُوْرًا ۟
२५) जे जति तिम्रो हृदयहरूमा छ, तिम्रो पालनकर्ताले त्यसलाई राम्ररी जान्दछ । यदि तिमी असल कर्म गर्दछौ भने उसले त्यसतिर प्रवृत्त हुनेहरूलाई क्षमा गरिदिनेछ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاٰتِ ذَا الْقُرْبٰی حَقَّهٗ وَالْمِسْكِیْنَ وَابْنَ السَّبِیْلِ وَلَا تُبَذِّرْ تَبْذِیْرًا ۟
२६) र नातेदारहरू र निमुखाहरू र बटुवाहरूलाई उनीहरूको हक प्रदान गर, र अपव्ययिताले धन खर्च नगर ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اِنَّ الْمُبَذِّرِیْنَ كَانُوْۤا اِخْوَانَ الشَّیٰطِیْنِ ؕ— وَكَانَ الشَّیْطٰنُ لِرَبِّهٖ كَفُوْرًا ۟
२७) किन भने फाल्तू खर्च गर्नेहरू त शैतानका दाजुभाइहरू हुन् र शैतान आफ्नो पालनहारप्रति ठूलो कृतध्न छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អ៊ីសរ៉ក
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ