Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

Page Number:close

external-link copy
18 : 17

مَنْ كَانَ یُرِیْدُ الْعَاجِلَةَ عَجَّلْنَا لَهٗ فِیْهَا مَا نَشَآءُ لِمَنْ نُّرِیْدُ ثُمَّ جَعَلْنَا لَهٗ جَهَنَّمَ ۚ— یَصْلٰىهَا مَذْمُوْمًا مَّدْحُوْرًا ۟

१८) जो मानिस सांसारिक फाइदाको इच्छुक हुन्छ, उसलाई हामीले जसलाई र जति चाहन्छौं छिट्टै दिन्छौं, अनि अन्तिममा उसको निम्ति हामीले नर्कको बास निर्धारित गर्दछौं जहाँ तिनीहरू त्यसमा अपमानित र तिरस्कृत भई प्रवेश गर्नेछन् । info
التفاسير:

external-link copy
19 : 17

وَمَنْ اَرَادَ الْاٰخِرَةَ وَسَعٰی لَهَا سَعْیَهَا وَهُوَ مُؤْمِنٌ فَاُولٰٓىِٕكَ كَانَ سَعْیُهُمْ مَّشْكُوْرًا ۟

१९) र जुन मानिसले आखिरतको इच्छा गर्दछ र त्यसमा यति प्रयास गर्दछ जति उसले गर्न सक्दछ र ऊ मोमिन पनि छ भने त्यस्ता मानिसहरूको प्रयास अल्लाहले पूरै स्वीकार गर्दछ । info
التفاسير:

external-link copy
20 : 17

كُلًّا نُّمِدُّ هٰۤؤُلَآءِ وَهٰۤؤُلَآءِ مِنْ عَطَآءِ رَبِّكَ ؕ— وَمَا كَانَ عَطَآءُ رَبِّكَ مَحْظُوْرًا ۟

२०) हरेकलाई हामीले (रोजी) पुर्याउँदै जान्छौं । यिनीहरूलाई र तिनीहरूलाई पनि, तिम्रो पालनकर्ताको उपहारबाट र तिम्रो पालनकर्ताको वरदान बन्द भएको छैन । info
التفاسير:

external-link copy
21 : 17

اُنْظُرْ كَیْفَ فَضَّلْنَا بَعْضَهُمْ عَلٰی بَعْضٍ ؕ— وَلَلْاٰخِرَةُ اَكْبَرُ دَرَجٰتٍ وَّاَكْبَرُ تَفْضِیْلًا ۟

२१) हेर ! हामीले कसरी केहीलाई केहीमाथि प्रधानता प्रदान गरेका छौं र आखिरत (अन्तिममा) त श्रेणीहरूमा धेरै उच्च छ र महत्वमा निकै बढि छ । info
التفاسير:

external-link copy
22 : 17

لَا تَجْعَلْ مَعَ اللّٰهِ اِلٰهًا اٰخَرَ فَتَقْعُدَ مَذْمُوْمًا مَّخْذُوْلًا ۟۠

२२) अल्लाहको साथमा अन्य कसैलाई पूजनीय नठान, अन्यथा तिमी अन्तमा अपमानित र निःसहाय भएर बस्ने छौ । info
التفاسير:

external-link copy
23 : 17

وَقَضٰی رَبُّكَ اَلَّا تَعْبُدُوْۤا اِلَّاۤ اِیَّاهُ وَبِالْوَالِدَیْنِ اِحْسَانًا ؕ— اِمَّا یَبْلُغَنَّ عِنْدَكَ الْكِبَرَ اَحَدُهُمَاۤ اَوْ كِلٰهُمَا فَلَا تَقُلْ لَّهُمَاۤ اُفٍّ وَّلَا تَنْهَرْهُمَا وَقُلْ لَّهُمَا قَوْلًا كَرِیْمًا ۟

२३) र तिम्रो पालनकर्ताले स्पष्ट आदेश गरेको छ कि ऊ बाहेक तिमी कसैको पूजा नगर र आमा–बाबुको साथमा नम्र व्यवहार गर्दैगर यदि तिनीहरूमध्ये एउटा वा दुवै तिम्रो अगाडि वृद्ध अवस्थामा पुग्छन् भने तिनीहरूलाई तिरस्कृत नगर्नु नहप्काउनु अपितु तिनीहरूसँग सम्मानपूर्वक मर्यादित ढंगले कुराकानी गर्नु । info
التفاسير:

external-link copy
24 : 17

وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ وَقُلْ رَّبِّ ارْحَمْهُمَا كَمَا رَبَّیٰنِیْ صَغِیْرًا ۟ؕ

२४) र विनम्रतापूर्वक प्यारको साथ तिनीहरूको अगाडि सुशील भइराख र तिनीहरूको निम्ति प्रार्थना गर्नेगरः कि हे पालकर्ता जुन प्रकार कि तिनीहरूले मलाई बाल्यावस्थामा (मायाँले) पालनपोषण गरेका छन्, तिमीले पनि तिनीहरूमाथि त्यस्तै दया गर । info
التفاسير:

external-link copy
25 : 17

رَبُّكُمْ اَعْلَمُ بِمَا فِیْ نُفُوْسِكُمْ ؕ— اِنْ تَكُوْنُوْا صٰلِحِیْنَ فَاِنَّهٗ كَانَ لِلْاَوَّابِیْنَ غَفُوْرًا ۟

२५) जे जति तिम्रो हृदयहरूमा छ, तिम्रो पालनकर्ताले त्यसलाई राम्ररी जान्दछ । यदि तिमी असल कर्म गर्दछौ भने उसले त्यसतिर प्रवृत्त हुनेहरूलाई क्षमा गरिदिनेछ । info
التفاسير:

external-link copy
26 : 17

وَاٰتِ ذَا الْقُرْبٰی حَقَّهٗ وَالْمِسْكِیْنَ وَابْنَ السَّبِیْلِ وَلَا تُبَذِّرْ تَبْذِیْرًا ۟

२६) र नातेदारहरू र निमुखाहरू र बटुवाहरूलाई उनीहरूको हक प्रदान गर, र अपव्ययिताले धन खर्च नगर । info
التفاسير:

external-link copy
27 : 17

اِنَّ الْمُبَذِّرِیْنَ كَانُوْۤا اِخْوَانَ الشَّیٰطِیْنِ ؕ— وَكَانَ الشَّیْطٰنُ لِرَبِّهٖ كَفُوْرًا ۟

२७) किन भने फाल्तू खर्च गर्नेहरू त शैतानका दाजुभाइहरू हुन् र शैतान आफ्नो पालनहारप्रति ठूलो कृतध्न छ । info
التفاسير: