Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

Page Number:close

external-link copy
39 : 17

ذٰلِكَ مِمَّاۤ اَوْحٰۤی اِلَیْكَ رَبُّكَ مِنَ الْحِكْمَةِ ؕ— وَلَا تَجْعَلْ مَعَ اللّٰهِ اِلٰهًا اٰخَرَ فَتُلْقٰی فِیْ جَهَنَّمَ مَلُوْمًا مَّدْحُوْرًا ۟

३९) यो पनि ती समग्र मार्गदर्शनहरूमध्येका हुन् जुन अल्लाहले बुद्धिमत्ताका साथ वह्य मार्फत तिमीतिर उतारेको छ र तिमीले अल्लाहको साथमा अन्य कसैलाई पूजनीय नबनाउनु किनभने यस्तो गर्नाले धिक्कृत तिरस्कृत भई नर्कमा हालिनेछौ । info
التفاسير:

external-link copy
40 : 17

اَفَاَصْفٰىكُمْ رَبُّكُمْ بِالْبَنِیْنَ وَاتَّخَذَ مِنَ الْمَلٰٓىِٕكَةِ اِنَاثًا ؕ— اِنَّكُمْ لَتَقُوْلُوْنَ قَوْلًا عَظِیْمًا ۟۠

४०) (मुश्रिकहरू) के तिम्रो पालनकर्ताले तिमीलाई त छोराहरूको लागि छुट्याइदिएको छ ? र आफ्नो लागि फरिश्ताहरूमध्ये छोरीहरू बनाएको छ ?। यसमा कुनै सन्देह छैन कि तिमीहरू ठूलो अनर्गल कुरा गर्दैछौ । info
التفاسير:

external-link copy
41 : 17

وَلَقَدْ صَرَّفْنَا فِیْ هٰذَا الْقُرْاٰنِ لِیَذَّكَّرُوْا ؕ— وَمَا یَزِیْدُهُمْ اِلَّا نُفُوْرًا ۟

४१) हामीले यस कुरआनमा थरी–थरीका कुराहरू वर्णन गरेका छौं, कि मानिसहरू शिक्षा प्राप्त गर्नसकुन्, तर यसबाट उनीहरूको उपेक्षा नै झन् बढ्दै जान्छ । info
التفاسير:

external-link copy
42 : 17

قُلْ لَّوْ كَانَ مَعَهٗۤ اٰلِهَةٌ كَمَا یَقُوْلُوْنَ اِذًا لَّابْتَغَوْا اِلٰی ذِی الْعَرْشِ سَبِیْلًا ۟

४२) भनिदिनुस् कि यदि अल्लाहको साथमा अरु पूज्यहरू भएको भए, जस्तो कि उनीहरूले भन्छन्, त तिनीहरूले अहिलेसम्म अवश्य नै सिंहासनको मालिकतिर आफ्नोबाटो बनाउने थिए । info
التفاسير:

external-link copy
43 : 17

سُبْحٰنَهٗ وَتَعٰلٰی عَمَّا یَقُوْلُوْنَ عُلُوًّا كَبِیْرًا ۟

४३) जे जति यिनीहरूले भन्दछन् त्यसभन्दा ऊ धेरै टाढा पवित्र र (उसको मर्यादा) धेरै उच्च छ । info
التفاسير:

external-link copy
44 : 17

تُسَبِّحُ لَهُ السَّمٰوٰتُ السَّبْعُ وَالْاَرْضُ وَمَنْ فِیْهِنَّ ؕ— وَاِنْ مِّنْ شَیْءٍ اِلَّا یُسَبِّحُ بِحَمْدِهٖ وَلٰكِنْ لَّا تَفْقَهُوْنَ تَسْبِیْحَهُمْ ؕ— اِنَّهٗ كَانَ حَلِیْمًا غَفُوْرًا ۟

४४) सातवटै आकाशहरू र पृथ्वी र जे जति यिनमा छन् सबैले उसको गुणगान गर्दछन् र कुनै यस्तो कुरो छैन जसले कि प्रशंसा र पवित्रताका साथ उसलाई स्मरण गर्दैन, हो यो ठिक हो कि तिमी उसको गुणगान बुझ्न सक्दैनौ ऊ धेरै सहनशील र क्षमादाता छ । info
التفاسير:

external-link copy
45 : 17

وَاِذَا قَرَاْتَ الْقُرْاٰنَ جَعَلْنَا بَیْنَكَ وَبَیْنَ الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِالْاٰخِرَةِ حِجَابًا مَّسْتُوْرًا ۟ۙ

४५) जब तिमीले कुरआन पढ्दछौ, त हामीले तिमी र उनीहरूको बीचमा जसले आखिरतमाथि आस्था राख्दैनन् गोप्य आवरण हालिदिन्छौं । info
التفاسير:

external-link copy
46 : 17

وَّجَعَلْنَا عَلٰی قُلُوْبِهِمْ اَكِنَّةً اَنْ یَّفْقَهُوْهُ وَفِیْۤ اٰذَانِهِمْ وَقْرًا ؕ— وَاِذَا ذَكَرْتَ رَبَّكَ فِی الْقُرْاٰنِ وَحْدَهٗ وَلَّوْا عَلٰۤی اَدْبَارِهِمْ نُفُوْرًا ۟

४६) र उनीहरूको हृदयमाथि हामीले नै परदा हालिदिएका छौं, कि उनी यसलाई सम्झुन् र उनको कानमा (बहिरोपना) बोझ । र जब तिमी यस कुरआनमा एकेश्वरवादको साथ मात्र अल्लाहको स्तुति गर्दछौ, तब उनीहरूले बेवास्ता गर्दै पिठ्युँ फर्काई भागिहाल्छन् । info
التفاسير:

external-link copy
47 : 17

نَحْنُ اَعْلَمُ بِمَا یَسْتَمِعُوْنَ بِهٖۤ اِذْ یَسْتَمِعُوْنَ اِلَیْكَ وَاِذْ هُمْ نَجْوٰۤی اِذْ یَقُوْلُ الظّٰلِمُوْنَ اِنْ تَتَّبِعُوْنَ اِلَّا رَجُلًا مَّسْحُوْرًا ۟

४७) जुन उद्देश्यले तिनीहरू यसलाई सुन्दछन्, उनको नीयतसँग हामी राम्ररी परिचित छौं । जब तिनीहरूले तपाईतर्फ कान थापिरहेका हुन्छन्, तब पनि र जब तिनीहरूले सर–सल्लाह गर्दछन् तब पनि जब यी अत्यचारीहरूले भन्दछन् कि तिमी उसको अनुकरण गरिरहेका छौ जसमाथि जादू गरिएको छ । info
التفاسير:

external-link copy
48 : 17

اُنْظُرْ كَیْفَ ضَرَبُوْا لَكَ الْاَمْثَالَ فَضَلُّوْا فَلَا یَسْتَطِیْعُوْنَ سَبِیْلًا ۟

४८) हेरौ त, तपाईको लागि कस्ता–कस्ता उदाहरणहरू प्रस्तुत गर्दछन्, तिनीहरू बहकिरहेका छन् । अब त बाटो भेटाउनु उनीहरूको वशमा छैन । info
التفاسير:

external-link copy
49 : 17

وَقَالُوْۤا ءَاِذَا كُنَّا عِظَامًا وَّرُفَاتًا ءَاِنَّا لَمَبْعُوْثُوْنَ خَلْقًا جَدِیْدًا ۟

४९) उनीहरू भन्दछन कि के हामी हाड र माटो टुक्रा–टुक्रा भएर बिलीन भइसक्ने छौं त के हामी फेरि पैदा भएर अर्को चोटी उठाएर उभ्याइने छौं । info
التفاسير: