Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

Page Number:close

external-link copy
8 : 17

عَسٰی رَبُّكُمْ اَنْ یَّرْحَمَكُمْ ۚ— وَاِنْ عُدْتُّمْ عُدْنَا ۘ— وَجَعَلْنَا جَهَنَّمَ لِلْكٰفِرِیْنَ حَصِیْرًا ۟

८) आशा छ, कि तिम्रो पालनकर्ताले तिमीमाथि दया गरोस्, र यदि तिमी पुनः गर्न थाल्छौ भने हामीले पनि त्यही (पहिला जस्तो व्यवहार) गर्नेछौं, र हामीले नर्कलाई इन्कार गर्नेहरूको निम्ति कारागारको रूपमा राखेका छौं । info
التفاسير:

external-link copy
9 : 17

اِنَّ هٰذَا الْقُرْاٰنَ یَهْدِیْ لِلَّتِیْ هِیَ اَقْوَمُ وَیُبَشِّرُ الْمُؤْمِنِیْنَ الَّذِیْنَ یَعْمَلُوْنَ الصّٰلِحٰتِ اَنَّ لَهُمْ اَجْرًا كَبِیْرًا ۟ۙ

९) निःसन्देह यस कुरआनले त्यो बाटो देखाउँछ जो सबैभन्दा सोझो छ, र मोमिनहरूलाई जसले सत्कर्म गर्दछन्, शुभसन्देश दिन्छ कि तिनीहरूको निम्ति ठूलो पुरस्कार छ । info
التفاسير:

external-link copy
10 : 17

وَّاَنَّ الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِالْاٰخِرَةِ اَعْتَدْنَا لَهُمْ عَذَابًا اَلِیْمًا ۟۠

१०) र यो कि जो आखिरतमाथि ईमान राख्दैनन्, तिनीहरूको निम्ति हामीले कष्टदायक सजाय तयार गरिराखेका छौं । info
التفاسير:

external-link copy
11 : 17

وَیَدْعُ الْاِنْسَانُ بِالشَّرِّ دُعَآءَهٗ بِالْخَیْرِ ؕ— وَكَانَ الْاِنْسَانُ عَجُوْلًا ۟

११) र मानिसले नराम्रो कुरोको लागि प्रार्थना गर्नथाल्छ एकदमै आफनो भलोको लागि गरेको प्रार्थना जस्तै । र मानिस छदैछ हतार गर्ने प्राणी । info
التفاسير:

external-link copy
12 : 17

وَجَعَلْنَا الَّیْلَ وَالنَّهَارَ اٰیَتَیْنِ فَمَحَوْنَاۤ اٰیَةَ الَّیْلِ وَجَعَلْنَاۤ اٰیَةَ النَّهَارِ مُبْصِرَةً لِّتَبْتَغُوْا فَضْلًا مِّنْ رَّبِّكُمْ وَلِتَعْلَمُوْا عَدَدَ السِّنِیْنَ وَالْحِسَابَ ؕ— وَكُلَّ شَیْءٍ فَصَّلْنٰهُ تَفْصِیْلًا ۟

१२) हामीले दिन, रातलाई निशानीहरू बनाएका छौं, रातको निशानीलाई त हामीले प्रकाशरहित बनाएका छौं र दिनको निशानीलाई उज्यालो, ताकि तिमीले आफ्नो पालनकर्ताको कृपा (जीविका) खोज र वर्षहरूका गिन्ती र हिसाब जान्न सक र हामीले प्रत्येक कुरालाई सविस्तार वर्णन गरेका छौं । info
التفاسير:

external-link copy
13 : 17

وَكُلَّ اِنْسَانٍ اَلْزَمْنٰهُ طٰٓىِٕرَهٗ فِیْ عُنُقِهٖ ؕ— وَنُخْرِجُ لَهٗ یَوْمَ الْقِیٰمَةِ كِتٰبًا یَّلْقٰىهُ مَنْشُوْرًا ۟

१३) हामीले प्रत्येक मानिसको राम्रो, नराम्रो कार्यलाई उसको घाँटीमा झुण्डाइदिएका छौं, र कियामतको दिन (त्यो) हिसाब उसलाई झिकेर देखाउने छौं, जसलाई उसले खुलारूपमा पाउने छ । info
التفاسير:

external-link copy
14 : 17

اِقْرَاْ كِتٰبَكَ ؕ— كَفٰی بِنَفْسِكَ الْیَوْمَ عَلَیْكَ حَسِیْبًا ۟ؕ

१४) (भनिने छः कि) ल आफ्नो किताब आफैं पढिहाल, तिमी आज आफ्नो हिसाब आफैं लिन पर्याप्त छौ । info
التفاسير:

external-link copy
15 : 17

مَنِ اهْتَدٰی فَاِنَّمَا یَهْتَدِیْ لِنَفْسِهٖ ۚ— وَمَنْ ضَلَّ فَاِنَّمَا یَضِلُّ عَلَیْهَا ؕ— وَلَا تَزِرُ وَازِرَةٌ وِّزْرَ اُخْرٰی ؕ— وَمَا كُنَّا مُعَذِّبِیْنَ حَتّٰی نَبْعَثَ رَسُوْلًا ۟

१५) जसले सही बाटो अपनाउँछ ऊ आफ्नो निम्ति अपनाउँछ, र जो मार्गविचलित हुन्छ त पथभ्रष्टताको भारी पनि उसैलाई हुनेछ, र कसैले अर्काको भारी उठाउने छैन, र जबसम्म हामीले पैगम्बर पठाउँदैनौं, तबसम्म सजाय दिने गर्दैनौं । info
التفاسير:

external-link copy
16 : 17

وَاِذَاۤ اَرَدْنَاۤ اَنْ نُّهْلِكَ قَرْیَةً اَمَرْنَا مُتْرَفِیْهَا فَفَسَقُوْا فِیْهَا فَحَقَّ عَلَیْهَا الْقَوْلُ فَدَمَّرْنٰهَا تَدْمِیْرًا ۟

१६) र जब हाम्रो इच्छा कुनै बस्तीलाई ध्वस्त पार्ने हुन्छ भने त्यहाँका सम्पन्न मानिसहरूलाई केही आदेश दिन्छौं र तिनीहरूले त्यस बस्तीमा उल्लंघनकारी काम गर्न थाल्छन् अनि तिनीहरूमाथि सजायको कुरा प्रमाणित भइहाल्छ फेरि हामीले उनीहरूलाई नष्ट गरिहाल्छौं । info
التفاسير:

external-link copy
17 : 17

وَكَمْ اَهْلَكْنَا مِنَ الْقُرُوْنِ مِنْ بَعْدِ نُوْحٍ ؕ— وَكَفٰی بِرَبِّكَ بِذُنُوْبِ عِبَادِهٖ خَبِیْرًا بَصِیْرًا ۟

१७) हामीले नूह पश्चात पनि धेरै पुस्ताहरूलाई खतम गरिहाल्यौं । र तिम्रो पालनकर्ता आफ्नो भक्तहरूका पापहरूहरूलाई जान्ने र देख्नेवाला पर्याप्त छ । info
التفاسير: