Check out the new design

Përkthimi i kuptimeve të Kuranit Fisnik - Përkthimi nepalisht - Shoqata "Ehlul-hadith * - Përmbajtja e përkthimeve


Përkthimi i kuptimeve Surja: Gafir   Ajeti:
وَلَقَدْ جَآءَكُمْ یُوْسُفُ مِنْ قَبْلُ بِالْبَیِّنٰتِ فَمَا زِلْتُمْ فِیْ شَكٍّ مِّمَّا جَآءَكُمْ بِهٖ ؕ— حَتّٰۤی اِذَا هَلَكَ قُلْتُمْ لَنْ یَّبْعَثَ اللّٰهُ مِنْ بَعْدِهٖ رَسُوْلًا ؕ— كَذٰلِكَ یُضِلُّ اللّٰهُ مَنْ هُوَ مُسْرِفٌ مُّرْتَابُ ۟ۚۖ
३४) र यस अघि ‘‘यूसुफ अलैहिस्सलाम’’ पनि तिम्रो पासमा प्रमाणहरू लिएर आएका थिए, त्यसमा तिमी सधैं शंका नै गर्दथ्यौ । यहाँसम्म कि जब उनको मृत्यु भइहाल्यो, त तिमीले भन्न लाग्यौ कि अल्लाह उनी पछाडि कुनै (पैगम्बर) संदेष्टा पठाउने छैन । यस्तै प्रकारले अल्लाहले प्रत्येक त्यस व्यक्तिलाई मार्गविचलित गराइदिन्छ जो सीमा उल्लंघन गर्नेवाला (र) शंकालु छ ।
Tefsiret në gjuhën arabe:
١لَّذِیْنَ یُجَادِلُوْنَ فِیْۤ اٰیٰتِ اللّٰهِ بِغَیْرِ سُلْطٰنٍ اَتٰىهُمْ ؕ— كَبُرَ مَقْتًا عِنْدَ اللّٰهِ وَعِنْدَ الَّذِیْنَ اٰمَنُوْا ؕ— كَذٰلِكَ یَطْبَعُ اللّٰهُ عَلٰی كُلِّ قَلْبِ مُتَكَبِّرٍ جَبَّارٍ ۟
३५) जुन मानिसहरूले उनीहरूको पासमा कुनै प्रमाण नआइकन, अल्लाहका आयतहरूमा विवाद गर्दछन्, अल्लाहको नजिक र मोमिनहरूको नजिक त्यो निक्कै अप्रिय कुरो हो । यस्तै प्रकार अल्लाहले हर घमण्डी–अट्टेरीको हृदयमा छाप लगाइदिन्छ ।
Tefsiret në gjuhën arabe:
وَقَالَ فِرْعَوْنُ یٰهَامٰنُ ابْنِ لِیْ صَرْحًا لَّعَلِّیْۤ اَبْلُغُ الْاَسْبَابَ ۟ۙ
३६) फिरऔनले भन्योः कि हे ‘‘हामान मेरो निम्ति एउटा महल बनाऊ ताकि म त्यसमा चढेर ती ढोकाहरूसम्म पुग्न सकूँ ।
Tefsiret në gjuhën arabe:
اَسْبَابَ السَّمٰوٰتِ فَاَطَّلِعَ اِلٰۤی اِلٰهِ مُوْسٰی وَاِنِّیْ لَاَظُنُّهٗ كَاذِبًا ؕ— وَكَذٰلِكَ زُیِّنَ لِفِرْعَوْنَ سُوْٓءُ عَمَلِهٖ وَصُدَّ عَنِ السَّبِیْلِ ؕ— وَمَا كَیْدُ فِرْعَوْنَ اِلَّا فِیْ تَبَابٍ ۟۠
३७) जुन ढोकाहरू आकाशमा छन् अनि मूसाको अल्लाहलाई देखिहालू“ र म त उसलाई झूठा नै सम्झन्छु । र यस्तै प्रकारले फिरऔनका नराम्रा कर्महरू उसलाई राम्रा लाग्दथ्यो र उसलाई मार्गबाट रोकिएको थियो र फिरऔनको चालवाजी व्यर्थमा गयो ।
Tefsiret në gjuhën arabe:
وَقَالَ الَّذِیْۤ اٰمَنَ یٰقَوْمِ اتَّبِعُوْنِ اَهْدِكُمْ سَبِیْلَ الرَّشَادِ ۟ۚ
३८) र त्यस ईमानदार व्यक्तिले भन्योः कि हे मेरा जातिबन्धुका मानिसहरू ! तिमीहरू मेरो अनुशरण गर । म तिम्रो भलाईको ठीक बाटो देखाउनेछु ।
Tefsiret në gjuhën arabe:
یٰقَوْمِ اِنَّمَا هٰذِهِ الْحَیٰوةُ الدُّنْیَا مَتَاعٌ ؗ— وَّاِنَّ الْاٰخِرَةَ هِیَ دَارُ الْقَرَارِ ۟
३९) हे मेरा कौमका मानिसहरू ! यो संसारिक जीवन त मात्र अस्थायी हो । संतुष्टिको साथ स्थायीरूपले बस्ने घर त आखिरत नै हो ।
Tefsiret në gjuhën arabe:
مَنْ عَمِلَ سَیِّئَةً فَلَا یُجْزٰۤی اِلَّا مِثْلَهَا ۚ— وَمَنْ عَمِلَ صَالِحًا مِّنْ ذَكَرٍ اَوْ اُ وَهُوَ مُؤْمِنٌ فَاُولٰٓىِٕكَ یَدْخُلُوْنَ الْجَنَّةَ یُرْزَقُوْنَ فِیْهَا بِغَیْرِ حِسَابٍ ۟
४०) जसले नराम्रो कर्म (गुनाह) गर्नेछ, त्यसको प्रतिफल पनि उसले त्यस्तै पाउनेछ र जसले असल काम गरेको छ, ऊ चाहे पुरुष होस् वा स्त्री र त्यो ईमानवाला छ, त यस्ता मानिसहरू बहिश्त (स्वर्ग) मा प्रवेश पाउने छन्, र त्यहाँ उनीहरूलाई असीमित जीविका प्राप्त हुनेछ ।
Tefsiret në gjuhën arabe:
 
Përkthimi i kuptimeve Surja: Gafir
Përmbajtja e sureve Numri i faqes
 
Përkthimi i kuptimeve të Kuranit Fisnik - Përkthimi nepalisht - Shoqata "Ehlul-hadith - Përmbajtja e përkthimeve

E lëshuar nga Shoqata Qendrore e Ehli Hadithit në Nepal.

Mbyll