Check out the new design

Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith * - Indise ng mga Salin


Salin ng mga Kahulugan Surah: Ash-Shūra   Ayah:

श्शूरा

حٰمٓ ۟ۚ
१) हा.मीम,
Ang mga Tafsir na Arabe:
عٓسٓقٓ ۟
२) ऐन. सीन्. काफ.
Ang mga Tafsir na Arabe:
كَذٰلِكَ یُوْحِیْۤ اِلَیْكَ وَاِلَی الَّذِیْنَ مِنْ قَبْلِكَ ۙ— اللّٰهُ الْعَزِیْزُ الْحَكِیْمُ ۟
३) अधिपत्यशाली र तत्वदर्शी अल्लाह तिमीतिर र तिमीभन्दा पहिलाका मानिसहरूतिर यसै प्रकार वह्य अवतरण गर्दै आएका छ ।
Ang mga Tafsir na Arabe:
لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَهُوَ الْعَلِیُّ الْعَظِیْمُ ۟
४) आकाशहरू र धरतीमा जे–जति छ उसैको हो र ऊ सर्वोच्च, महिमावान छ ।
Ang mga Tafsir na Arabe:
تَكَادُ السَّمٰوٰتُ یَتَفَطَّرْنَ مِنْ فَوْقِهِنَّ وَالْمَلٰٓىِٕكَةُ یُسَبِّحُوْنَ بِحَمْدِ رَبِّهِمْ وَیَسْتَغْفِرُوْنَ لِمَنْ فِی الْاَرْضِ ؕ— اَلَاۤ اِنَّ اللّٰهَ هُوَ الْغَفُوْرُ الرَّحِیْمُ ۟
५) लाग्छ कि आकाश स्वयं माथिबाट च्यातिहाल्छ । सबै फरिश्ताहरू आफ्नो पालनकर्ताको पवित्रताको प्रंशसामा उसको गुणगान गरिरहन्छन्, र जुन मानिसहरू धरतीमा छन्, उनीहरूका निम्ति क्षमायाचना गरिरहन्छन् । बुझिराख ! कि अल्लाह नै ठूलो क्षमाशील र अत्यन्त दयावान छ ।
Ang mga Tafsir na Arabe:
وَالَّذِیْنَ اتَّخَذُوْا مِنْ دُوْنِهٖۤ اَوْلِیَآءَ اللّٰهُ حَفِیْظٌ عَلَیْهِمْ ۖؗ— وَمَاۤ اَنْتَ عَلَیْهِمْ بِوَكِیْلٍ ۟
६) र जुन मानिसहरूले उसको अतिरिक्त अरुलाई आफ्नो अर्को संरक्षक बनाएका छन्, अल्लाहलाई थाहा छ । तपाईमाथि तिनीहरूको कुनै जिम्मेवारी छैन ।
Ang mga Tafsir na Arabe:
وَكَذٰلِكَ اَوْحَیْنَاۤ اِلَیْكَ قُرْاٰنًا عَرَبِیًّا لِّتُنْذِرَ اُمَّ الْقُرٰی وَمَنْ حَوْلَهَا وَتُنْذِرَ یَوْمَ الْجَمْعِ لَا رَیْبَ فِیْهِ ؕ— فَرِیْقٌ فِی الْجَنَّةِ وَفَرِیْقٌ فِی السَّعِیْرِ ۟
७) त्यस्तै प्रकारले हामीले तपाईतिर अरबी कुरआन पठाएका छौं, ताकि तपाईले मक्काका बासिन्दाहरूलाई र यसको वरिपरि बस्नेहरूलाई खबरदार गर्नुस् र उनीहरूलाई कियामतको दिनको बारेमा पनि भय देखाउनुस्, जसमा कुनै शंका छैन । त्यसदिन एउटा समूह स्वर्गमा हुनेछ र एक समूह नर्कमा हुनेछ ।
Ang mga Tafsir na Arabe:
وَلَوْ شَآءَ اللّٰهُ لَجَعَلَهُمْ اُمَّةً وَّاحِدَةً وَّلٰكِنْ یُّدْخِلُ مَنْ یَّشَآءُ فِیْ رَحْمَتِهٖ ؕ— وَالظّٰلِمُوْنَ مَا لَهُمْ مِّنْ وَّلِیٍّ وَّلَا نَصِیْرٍ ۟
८) यदि अल्लाहले चाहेको भए त उनीहरू सबैलाई एउटै समुदायको बनाउँथ्यो, तर उसले जसलाई चाहन्छ आफ्नो दयालुताभित्र प्रवेश गराउँछ । अत्याचारीहरूको, नत कोही मित्र छ न सहायक ।
Ang mga Tafsir na Arabe:
اَمِ اتَّخَذُوْا مِنْ دُوْنِهٖۤ اَوْلِیَآءَ ۚ— فَاللّٰهُ هُوَ الْوَلِیُّ وَهُوَ یُحْیِ الْمَوْتٰی ؗ— وَهُوَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟۠
९) के उनीहरूले अल्लाह बाहेक अरुलाई आफ्नो संरक्षक बनाएका छन् । संरक्षक त अल्लाह नै हो । र उसैले मृतहरूलाई जीवित गर्नेछ र उसलाई प्रत्येक कुराको सामथ्र्य छ ।
Ang mga Tafsir na Arabe:
وَمَا اخْتَلَفْتُمْ فِیْهِ مِنْ شَیْءٍ فَحُكْمُهٗۤ اِلَی اللّٰهِ ؕ— ذٰلِكُمُ اللّٰهُ رَبِّیْ عَلَیْهِ تَوَكَّلْتُ ۖۗ— وَاِلَیْهِ اُنِیْبُ ۟
१०) र जुन कुरामा तिमीले विवाद गरेका छौ त्यसको फैसला अल्लाहको जिम्मामा छ । उही अल्लाह मेरो पालनाकर्ता हो, उसैमाथि मैले भरोसा गरेको छु र उसैतिर म झुक्दछु ।
Ang mga Tafsir na Arabe:
فَاطِرُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— جَعَلَ لَكُمْ مِّنْ اَنْفُسِكُمْ اَزْوَاجًا وَّمِنَ الْاَنْعَامِ اَزْوَاجًا ۚ— یَذْرَؤُكُمْ فِیْهِ ؕ— لَیْسَ كَمِثْلِهٖ شَیْءٌ ۚ— وَهُوَ السَّمِیْعُ الْبَصِیْرُ ۟
११) ऊ आकाशहरू र धरतीको स्रष्टा हो । उसले तिम्रो निम्ति तिम्रै सहजातिबाट जोडी बनायो र चौपायाहरूको जोडी पनि । यस्तै तरिकाले तिमीलाई यहाँ फैलाइरहेको छ । ऊ जस्तो कुनै कुरा छैन, र ऊ सुन्दछ र जान्दछ ।
Ang mga Tafsir na Arabe:
لَهٗ مَقَالِیْدُ السَّمٰوٰتِ وَالْاَرْضِ ۚ— یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ وَیَقْدِرُ ؕ— اِنَّهٗ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟
१२) आकाशहरू र धरतीका साँचोहरू उसैको हातमा छन् । उसले जसको निम्ति चाहन्छ, जीविका फराकिलो पार्दछ र जसको निम्ति चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह उसले हरेक कुरो जान्दछ ।
Ang mga Tafsir na Arabe:
شَرَعَ لَكُمْ مِّنَ الدِّیْنِ مَا وَصّٰی بِهٖ نُوْحًا وَّالَّذِیْۤ اَوْحَیْنَاۤ اِلَیْكَ وَمَا وَصَّیْنَا بِهٖۤ اِبْرٰهِیْمَ وَمُوْسٰی وَعِیْسٰۤی اَنْ اَقِیْمُوا الدِّیْنَ وَلَا تَتَفَرَّقُوْا فِیْهِ ؕ— كَبُرَ عَلَی الْمُشْرِكِیْنَ مَا تَدْعُوْهُمْ اِلَیْهِ ؕ— اَللّٰهُ یَجْتَبِیْۤ اِلَیْهِ مَنْ یَّشَآءُ وَیَهْدِیْۤ اِلَیْهِ مَنْ یُّنِیْبُ ۟ؕ
१३) अल्लाहले तिम्रो निम्ति त्यही दीन (धर्म) निश्चित गर्यो, जसलाई अपनाउन नूह (अलैहिस्सलाम) लाई आदेश गरेको थियो ।’’ र जसलाई (हे मुहम्मद !) हामीले तपाईतिर वह्यको माध्यमले पठाएका छौं र जसको बारेमा ‘‘इब्राहीम (अलैहिस्सलाम)’’ र ‘‘मूसा (अलैहिस्सलाम) र’’, ‘‘ईसा (अलैहिस्सलाम) लाई’’ पनि आदेश दिएका थियौं, ‘‘कि यस दीनलाई कायम राख्नु र उसको विषयमा विभाजित नहुनु ।’’ जुन कुरोतिर तपाईले बहुदेववादीहरूलाई बोलाउँनुहुन्छ, त्यो त उनीहरूलाई अप्रिय छ । अल्लाहले जसलाई चाहन्छ आफूतिर रोजेर लिन्छ र आफूतिरको मार्ग उसैलाई देखाउँछ जो ऊतिर प्रवृत्त हुन्छ ।
Ang mga Tafsir na Arabe:
وَمَا تَفَرَّقُوْۤا اِلَّا مِنْ بَعْدِ مَا جَآءَهُمُ الْعِلْمُ بَغْیًا بَیْنَهُمْ ؕ— وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَّبِّكَ اِلٰۤی اَجَلٍ مُّسَمًّی لَّقُضِیَ بَیْنَهُمْ ؕ— وَاِنَّ الَّذِیْنَ اُوْرِثُوا الْكِتٰبَ مِنْ بَعْدِهِمْ لَفِیْ شَكٍّ مِّنْهُ مُرِیْبٍ ۟
१४) उनीहरूले त परस्पर एक–एर्कामाथि बढ्ता हुने उद्देश्यले विवाद गरे जबकि उनको पासमा ज्ञान आइसकेको थियो । र यदि तपाईको पालनकर्ताको तर्फबाट एउटा निश्चित अवधिसम्मको निम्ति समय पहिला निर्धारित नभइसकेको भए, उनीहरूको बीचमा निर्णय गरिदिइनेथियो । तर जुन मानिसहरू उनीहरू पश्चात किताबको उत्तराधिकारी भए, उनीहरू उसको बारेमा शंकामा अल्झिएका छन् ।
Ang mga Tafsir na Arabe:
فَلِذٰلِكَ فَادْعُ ۚ— وَاسْتَقِمْ كَمَاۤ اُمِرْتَ ۚ— وَلَا تَتَّبِعْ اَهْوَآءَهُمْ ۚ— وَقُلْ اٰمَنْتُ بِمَاۤ اَنْزَلَ اللّٰهُ مِنْ كِتٰبٍ ۚ— وَاُمِرْتُ لِاَعْدِلَ بَیْنَكُمْ ؕ— اَللّٰهُ رَبُّنَا وَرَبُّكُمْ ؕ— لَنَاۤ اَعْمَالُنَا وَلَكُمْ اَعْمَالُكُمْ ؕ— لَا حُجَّةَ بَیْنَنَا وَبَیْنَكُمْ ؕ— اَللّٰهُ یَجْمَعُ بَیْنَنَا ۚ— وَاِلَیْهِ الْمَصِیْرُ ۟ؕ
१५) तसर्थ (हे मुहम्मद !) उसैतर्फ मानिसहरूलाई बोलाइरहनुस् र जे तपाईलाई आदेश भएको छ, त्यसैमा दृढताको साथ स्थिर रहनुस्, र उनीहरूको इच्छा अनुरूप नहिड्नुस् र भनिदिनुस् कि ‘‘जति किताब अल्लाहले अवतरित गर्यो, मेरो तिनमाथि ईमान छ र मलाई आदेश छ कि तिमीमा इन्साफ गरूँ । अल्लाह नै हाम्रो र तिम्रो, पालनकर्ता हो । हामीलाई हाम्रा, र तिम्रा कर्महरू तिम्रालागि नै हुन् ! हामी र तिमीमा कुनै झै–झगडा छैन । अल्लाहले हामी सबैलाई एकत्रित गर्नेछ, र उसैतिर फर्केर जानुपर्नेछ ।’’
Ang mga Tafsir na Arabe:
وَالَّذِیْنَ یُحَآجُّوْنَ فِی اللّٰهِ مِنْ بَعْدِ مَا اسْتُجِیْبَ لَهٗ حُجَّتُهُمْ دَاحِضَةٌ عِنْدَ رَبِّهِمْ وَعَلَیْهِمْ غَضَبٌ وَّلَهُمْ عَذَابٌ شَدِیْدٌ ۟
१६) र जुन मानिसहरूले अल्लाहको कुरामा विवाद उठाउँछन् यस पश्चात जबकि उसलाई (मोमिनहरूले) मानिहालेका छन्, उनीहरूको पालनकर्ताको दृष्टिमा उनीहरूको झगडा तुच्छ छ, र उनीमाथि प्रकोप छ, र उनीहरूको निम्ति भयङ्कर यातना छ ।
Ang mga Tafsir na Arabe:
اَللّٰهُ الَّذِیْۤ اَنْزَلَ الْكِتٰبَ بِالْحَقِّ وَالْمِیْزَانَ ؕ— وَمَا یُدْرِیْكَ لَعَلَّ السَّاعَةَ قَرِیْبٌ ۟
१७) अल्लाहले नै सत्यको साथ किताब अवतरित गर्यो र तराजू पनि, र तपाईलाई के थाहा कदाचित् कियामत (महाप्रलय) को समय नजिक आइपुगेको होस् ।
Ang mga Tafsir na Arabe:
یَسْتَعْجِلُ بِهَا الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِهَا ۚ— وَالَّذِیْنَ اٰمَنُوْا مُشْفِقُوْنَ مِنْهَا ۙ— وَیَعْلَمُوْنَ اَنَّهَا الْحَقُّ ؕ— اَلَاۤ اِنَّ الَّذِیْنَ یُمَارُوْنَ فِی السَّاعَةِ لَفِیْ ضَلٰلٍۢ بَعِیْدٍ ۟
१८) जुन मानिसहरूले यसमा विश्वास गर्दैनन्, उनीहरूले यसको निम्ति हतार गरिरहेका छन्, र जो मोमिन छन्, उनीहरू यसबाट डर मान्छन् र जान्दछन् कि त्यो सत्य छ । हेर जुन मानिसहरूले कियामतको बारेमा विवाद गर्दैछन्, उनीहरू साह्रै नै मार्गविचलनमा छन् ।
Ang mga Tafsir na Arabe:
اَللّٰهُ لَطِیْفٌ بِعِبَادِهٖ یَرْزُقُ مَنْ یَّشَآءُ ۚ— وَهُوَ الْقَوِیُّ الْعَزِیْزُ ۟۠
१९) अल्लाह आफ्नो भक्तहरूमाथि धेरै दयावान छ, त्यसले जसलाई चाहन्छ धेरै जीविका प्रदान गर्दछ । र त्यो धेरै शक्तिमान (र) अधिपत्यशाली छ ।
Ang mga Tafsir na Arabe:
مَنْ كَانَ یُرِیْدُ حَرْثَ الْاٰخِرَةِ نَزِدْ لَهٗ فِیْ حَرْثِهٖ ۚ— وَمَنْ كَانَ یُرِیْدُ حَرْثَ الدُّنْیَا نُؤْتِهٖ مِنْهَا ۙ— وَمَا لَهٗ فِی الْاٰخِرَةِ مِنْ نَّصِیْبٍ ۟
२०) जसको नीयत (उद्देश्य) परलोकको खेतीको छ, हामीले उसको लागि त्यसको खेतीमा वृद्धि प्रदान गर्नेछौं र जसले दुनियाँको खेती चाहन्छ, हामीले त्यसमध्येबाटै उसलाई केही दिइहाल्छौं तर आखिरतमा उसको कुनै भाग हुँदैन ।
Ang mga Tafsir na Arabe:
اَمْ لَهُمْ شُرَكٰٓؤُا شَرَعُوْا لَهُمْ مِّنَ الدِّیْنِ مَا لَمْ یَاْذَنْ بِهِ اللّٰهُ ؕ— وَلَوْلَا كَلِمَةُ الْفَصْلِ لَقُضِیَ بَیْنَهُمْ ؕ— وَاِنَّ الظّٰلِمِیْنَ لَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
२१) के उनीहरूले यस्तो अल्लाहको साझेदार बनाएका छन् । जसले उनीहरूको लागि यस्तो धर्म निर्धारित गरिदिएका छन्, जसबारे अल्लाहले आदेश दिएन ? यदि फैसला (को दिन) को वचन नभएको भए, उनीहरूमा फैसला गरिदिइन्थ्यो । निश्चय नै अपराधीहरूको निम्ति दुःखद यातना छ ।
Ang mga Tafsir na Arabe:
تَرَی الظّٰلِمِیْنَ مُشْفِقِیْنَ مِمَّا كَسَبُوْا وَهُوَ وَاقِعٌ بِهِمْ ؕ— وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ فِیْ رَوْضٰتِ الْجَنّٰتِ ۚ— لَهُمْ مَّا یَشَآءُوْنَ عِنْدَ رَبِّهِمْ ؕ— ذٰلِكَ هُوَ الْفَضْلُ الْكَبِیْرُ ۟
२२) तपाईले हेर्नुहुनेछ कि यी अत्याचारीहरूले आफ्नो कर्मबाट तर्सिराखेका हुनेछन्, जसको दुष्परिणाम उनीहरूमाथि आइपर्नेछ । तर जसले ईमान ल्याए र असल कर्म गरे, उनीहरू स्वर्गका वाटिकाहरूमा हुनेछन्, उनीहरूको निम्ति उनीहरूको पालनकर्ताको पासमा, ती सबै कुरा छन्, जसको कि उनीहहरूले इच्छा गर्नेछन् । यही त बडो उदार अनुग्रह हो ।
Ang mga Tafsir na Arabe:
ذٰلِكَ الَّذِیْ یُبَشِّرُ اللّٰهُ عِبَادَهُ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ ؕ— قُلْ لَّاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ اَجْرًا اِلَّا الْمَوَدَّةَ فِی الْقُرْبٰی ؕ— وَمَنْ یَّقْتَرِفْ حَسَنَةً نَّزِدْ لَهٗ فِیْهَا حُسْنًا ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ شَكُوْرٌ ۟
२३) त्यही शुभसूचना अल्लाहले आफ्ना सेवकहरूलाई दिन्छ । जसले ईमान ल्याए र असल कर्म गरे । भनिदिनुस् कि ‘‘म उसको तिमीसित कुनै पारिश्रमिक माग्दिन, मात्र निकटताको प्रेमभाव चाहन्छु । जसले कुनै नेकी (पुण्य) गदर्छ, हामीले उसको निम्ति उसको नेकीमा वृद्धि गर्नेछौं । निश्चय नै अल्लाह अत्यन्त क्षमाशील र ठूलो गुणग्राहक हो ।’’
Ang mga Tafsir na Arabe:
اَمْ یَقُوْلُوْنَ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا ۚ— فَاِنْ یَّشَاِ اللّٰهُ یَخْتِمْ عَلٰی قَلْبِكَ ؕ— وَیَمْحُ اللّٰهُ الْبَاطِلَ وَیُحِقُّ الْحَقَّ بِكَلِمٰتِهٖ ؕ— اِنَّهٗ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟
२४) के यिनीहरूले भन्दछन्ः (कि पैगम्बरले) अल्लाहबारे मित्थ्यारोपण गरेको छ ?’’ यदि अल्लाहले चाहन्छ भने (हे मुहम्मद) तपाईको हृदयमा छाप लगाइदिन्छ । र अल्लाहले आफ्नो वाणीबाट असत्यलाई मिटाइराखेको छ, र आफ्नो कुराबाट सत्यलाई प्रमाणित गरेकोछ । निःसन्देह उसले छातीभित्रको कुराहरू पनि जान्दछ ।
Ang mga Tafsir na Arabe:
وَهُوَ الَّذِیْ یَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهٖ وَیَعْفُوْا عَنِ السَّیِّاٰتِ وَیَعْلَمُ مَا تَفْعَلُوْنَ ۟ۙ
२५) उही हो जसले आफ्ना सेवकहरूको प्रायश्चित स्वीकार गर्दछ र उनीहरूको पापहरू क्षमा गर्दछ, र तिमीले जे गर्दछौ सबै जान्दछ ।
Ang mga Tafsir na Arabe:
وَیَسْتَجِیْبُ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ وَیَزِیْدُهُمْ مِّنْ فَضْلِهٖ ؕ— وَالْكٰفِرُوْنَ لَهُمْ عَذَابٌ شَدِیْدٌ ۟
२६) ईमानवालाहरू र असल कर्म गर्नेहरूको प्रार्थना सुन्दछ र तिनीहरूलाई आफ्नो उदार अनुग्रहबाट अधिक प्रदान गर्दछ । र जो काफिर छन्, उनीहरूको लागि कडा यातना छ ।
Ang mga Tafsir na Arabe:
وَلَوْ بَسَطَ اللّٰهُ الرِّزْقَ لِعِبَادِهٖ لَبَغَوْا فِی الْاَرْضِ وَلٰكِنْ یُّنَزِّلُ بِقَدَرٍ مَّا یَشَآءُ ؕ— اِنَّهٗ بِعِبَادِهٖ خَبِیْرٌ بَصِیْرٌ ۟
२७) यदि अल्लाहले आफ्ना सबै सेवकहरूको निम्ति जीविका फराकिलो गरिदिएको भए, उनीहरू धरतीमा उपद्रव गर्न थाल्थे । तर उसले एउटा अनुमानको साथ जे चाहन्छ अवतरित गर्दछ । ऊ आफ्ना सेवकहरूलाई पूर्णरूपले जान्दछ र देख्दछ ।
Ang mga Tafsir na Arabe:
وَهُوَ الَّذِیْ یُنَزِّلُ الْغَیْثَ مِنْ بَعْدِ مَا قَنَطُوْا وَیَنْشُرُ رَحْمَتَهٗ ؕ— وَهُوَ الْوَلِیُّ الْحَمِیْدُ ۟
२८) र उही हो जसले मानिसहरू निराश भएपछि, पानी वर्षाउँछ, र आफ्नो दयालुतालाई व्यापक पार्दछ । र उही हो संरक्षक मित्र, प्रंशसनीय ।
Ang mga Tafsir na Arabe:
وَمِنْ اٰیٰتِهٖ خَلْقُ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَثَّ فِیْهِمَا مِنْ دَآبَّةٍ ؕ— وَهُوَ عَلٰی جَمْعِهِمْ اِذَا یَشَآءُ قَدِیْرٌ ۟۠
२९) र उसका निशानीहरूमध्ये आकाशहरू र धरतीको सृष्टि गर्नु, र ती जीवधारी पनि जुन कि उसले ती दुवैमा फिजाइराखेको छ । र उसले जतिखेर चाहोस् उनीहरूलाई एकत्रित गर्ने सामथ्र्य पनि राख्दछ ।
Ang mga Tafsir na Arabe:
وَمَاۤ اَصَابَكُمْ مِّنْ مُّصِیْبَةٍ فَبِمَا كَسَبَتْ اَیْدِیْكُمْ وَیَعْفُوْا عَنْ كَثِیْرٍ ۟ؕ
३०) र जुन कष्ट पनि तिमीलाई पुग्दछ, त्यो तिम्रो आफ्नै हातको कमाइ नै हो र उसले धेरै (पापहरू) माफ गरिदिन्छ ।
Ang mga Tafsir na Arabe:
وَمَاۤ اَنْتُمْ بِمُعْجِزِیْنَ فِی الْاَرْضِ ۖۚ— وَمَا لَكُمْ مِّنْ دُوْنِ اللّٰهِ مِنْ وَّلِیٍّ وَّلَا نَصِیْرٍ ۟
३१) र तिमीले धरतीमा नियन्त्रणबाट उम्कन सक्तैनौ, र अल्लाह बाहेक तिम्रो न कोही मित्र छ न सहायक ।
Ang mga Tafsir na Arabe:
وَمِنْ اٰیٰتِهِ الْجَوَارِ فِی الْبَحْرِ كَالْاَعْلَامِ ۟ؕ
३२) र उसको निशानीहरूमध्ये पहाड जस्तै पानीजहाजहरू पनि हुन् जुन कि समुन्द्रमा चलिराखेका हुन्छन् ।
Ang mga Tafsir na Arabe:
اِنْ یَّشَاْ یُسْكِنِ الرِّیْحَ فَیَظْلَلْنَ رَوَاكِدَ عَلٰی ظَهْرِهٖ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّكُلِّ صَبَّارٍ شَكُوْرٍ ۟ۙ
३३) यदि उसको इच्छा हुन्छ भने उसले हावालाई गतिहीन बनाइदिन्छ । अनि ति जहाजहरू समुन्द्रको पानीमा स्थिर भइहाल्छन् । सबै धैर्यवान र कृतज्ञहरूको लागि यसमा अनेकौं निशानीहरू छन् ।
Ang mga Tafsir na Arabe:
اَوْ یُوْبِقْهُنَّ بِمَا كَسَبُوْا وَیَعْفُ عَنْ كَثِیْرٍ ۟ۙ
३४) वा उनीहरूलाई उनीहरूको कर्मको कारण नष्ट गरिदेओस् र धेरै जसोलाई त क्षमा गरिदिन्छ ।
Ang mga Tafsir na Arabe:
وَّیَعْلَمَ الَّذِیْنَ یُجَادِلُوْنَ فِیْۤ اٰیٰتِنَا ؕ— مَا لَهُمْ مِّنْ مَّحِیْصٍ ۟
३५) र परिणामतः उनीहरूले जानिराखुन्, जसले हाम्रो आयतहरूमा विवाद गर्दछन् कि उनीहरूको निम्ति कुनै भाग्ने ठाउँ छैन ।
Ang mga Tafsir na Arabe:
فَمَاۤ اُوْتِیْتُمْ مِّنْ شَیْءٍ فَمَتَاعُ الْحَیٰوةِ الدُّنْیَا ۚ— وَمَا عِنْدَ اللّٰهِ خَیْرٌ وَّاَبْقٰی لِلَّذِیْنَ اٰمَنُوْا وَعَلٰی رَبِّهِمْ یَتَوَكَّلُوْنَ ۟ۚ
३६) तिमीलाई जे कुरा दिइएको छ त्यो सांसरिक जीवनको अस्थायी सुख सामग्री हो । तर जे–जति अल्लाहको पासमा छ त्यो धेरै उत्तम छ र स्थाई रहनेवाला पनि, (त्यो) उनीहरूको लागि हो जसले ईमान ल्याए र आफ्नो पालनकर्तामाथि मात्र भरोसा गर्दछन् ।
Ang mga Tafsir na Arabe:
وَالَّذِیْنَ یَجْتَنِبُوْنَ كَبٰٓىِٕرَ الْاِثْمِ وَالْفَوَاحِشَ وَاِذَا مَا غَضِبُوْا هُمْ یَغْفِرُوْنَ ۟ۚ
३७) जो ठूला–ठूला पापहरू र निर्लज्जताबाट पन्छिन्छन् र जब उनीहरूलाई रिस उठ्दछ त्यस बेला पनि माफ गरिहाल्छन् ।
Ang mga Tafsir na Arabe:
وَالَّذِیْنَ اسْتَجَابُوْا لِرَبِّهِمْ وَاَقَامُوا الصَّلٰوةَ ۪— وَاَمْرُهُمْ شُوْرٰی بَیْنَهُمْ ۪— وَمِمَّا رَزَقْنٰهُمْ یُنْفِقُوْنَ ۟ۚ
३८) र जसले आफ्नो पालनकर्ताको आदेश मान्दछन् र नमाज पढ्दछन् ? र उनीहरूको प्रत्येक काम आपसी सल्लाहबाट हुन्छन् ? र जे–जति हामीले उनीहरूलाई दिएका छौं त्यसबाट खर्च गर्दछन् ?
Ang mga Tafsir na Arabe:
وَالَّذِیْنَ اِذَاۤ اَصَابَهُمُ الْبَغْیُ هُمْ یَنْتَصِرُوْنَ ۟
३९) र जब उनीहरूमाथि अन्याय हुन्छ तब उनीहरूले बदला मात्र लिन्छन् ।
Ang mga Tafsir na Arabe:
وَجَزٰٓؤُا سَیِّئَةٍ سَیِّئَةٌ مِّثْلُهَا ۚ— فَمَنْ عَفَا وَاَصْلَحَ فَاَجْرُهٗ عَلَی اللّٰهِ ؕ— اِنَّهٗ لَا یُحِبُّ الظّٰلِمِیْنَ ۟
४०) र नराम्रोको बदला उसजस्तो नराम्रो हो, तर जसले क्षमा गरिदिन्छ र सुधार गर्दछ त त्यसको पुरस्कार अल्लाहको जिम्मामा छ । निश्चय नै अल्लाहले अत्याचारीहरूलाई रुचाउँदैन ।
Ang mga Tafsir na Arabe:
وَلَمَنِ انْتَصَرَ بَعْدَ ظُلْمِهٖ فَاُولٰٓىِٕكَ مَا عَلَیْهِمْ مِّنْ سَبِیْلٍ ۟ؕ
४१) र यदि कसैले आफूमाथि भएको अत्याचारपछि बराबरको बदला लिन्छ भने त्यस्ता मानिसहरूमाथि कुनै दोष हुँदैन ।
Ang mga Tafsir na Arabe:
اِنَّمَا السَّبِیْلُ عَلَی الَّذِیْنَ یَظْلِمُوْنَ النَّاسَ وَیَبْغُوْنَ فِی الْاَرْضِ بِغَیْرِ الْحَقِّ ؕ— اُولٰٓىِٕكَ لَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
४२) दोषारोपण त मात्र उनीहरूमाथि हुन्छ जो अरु मानिसहरूमाथि अत्याचार गर्दछन् र धरतीमा नाहक फसाद गर्दछन् । यस्ता मानिसहरूको निम्ति दुःखद यातना छ ।
Ang mga Tafsir na Arabe:
وَلَمَنْ صَبَرَ وَغَفَرَ اِنَّ ذٰلِكَ لَمِنْ عَزْمِ الْاُمُوْرِ ۟۠
४३) र जसले संतोष गर्दछ र क्षमा गरिदिन्छ भने यो निश्चितरूपले ठूलो साहसको कामहरूमध्ये हो ।
Ang mga Tafsir na Arabe:
وَمَنْ یُّضْلِلِ اللّٰهُ فَمَا لَهٗ مِنْ وَّلِیٍّ مِّنْ بَعْدِهٖ ؕ— وَتَرَی الظّٰلِمِیْنَ لَمَّا رَاَوُا الْعَذَابَ یَقُوْلُوْنَ هَلْ اِلٰی مَرَدٍّ مِّنْ سَبِیْلٍ ۟ۚ
४४) र जुन व्यक्तिलाई अल्लाहले मार्गविचलित गर्दछ यस पश्चात उसको कोही सहयोगी हुँदैन । र तिमीले अत्याचारीहरूलाई देख्नेछौ कि जब उनीहरूले यातना देख्नेछन् त भन्नेछन् कि ‘‘के फिर्ता जाने कुनै मार्ग छ ?’’
Ang mga Tafsir na Arabe:
وَتَرٰىهُمْ یُعْرَضُوْنَ عَلَیْهَا خٰشِعِیْنَ مِنَ الذُّلِّ یَنْظُرُوْنَ مِنْ طَرْفٍ خَفِیٍّ ؕ— وَقَالَ الَّذِیْنَ اٰمَنُوْۤا اِنَّ الْخٰسِرِیْنَ الَّذِیْنَ خَسِرُوْۤا اَنْفُسَهُمْ وَاَهْلِیْهِمْ یَوْمَ الْقِیٰمَةِ ؕ— اَلَاۤ اِنَّ الظّٰلِمِیْنَ فِیْ عَذَابٍ مُّقِیْمٍ ۟
४५) र तिमीले उनीहरूलाई देख्नेछौ कि तिनीहरू (नर्कको) सामु ल्याइनेछन्, अपमानका कारण थिचिएका हुनेछन् । र छड्के आँखाले हेरिराखेका हुनेछन् । ईमानवालाहरूले त्यसबेला भन्नेछन् कि निश्चय नै वास्तविक हानिमा पर्नेवाला तिनै हुन् जसले कियामतको दिन स्वयं आफूलाई र आफ्ना मानिसहरूलाई घाटामा पारिदिए ।’’ विश्वास गर ! निश्चय नै अत्याचारीहरू स्थिर रहनेवाला यातनामा छन् ।
Ang mga Tafsir na Arabe:
وَمَا كَانَ لَهُمْ مِّنْ اَوْلِیَآءَ یَنْصُرُوْنَهُمْ مِّنْ دُوْنِ اللّٰهِ ؕ— وَمَنْ یُّضْلِلِ اللّٰهُ فَمَا لَهٗ مِنْ سَبِیْلٍ ۟ؕ
४६) र अल्लाह बाहेक उनीहरूको कोही मित्र हुनेछैन, जसले अल्लाहको मुकाबिलामा उनीहरूको सहायता गर्न सकुन् । र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको लागि कुनै मार्ग हुँदैन ।
Ang mga Tafsir na Arabe:
اِسْتَجِیْبُوْا لِرَبِّكُمْ مِّنْ قَبْلِ اَنْ یَّاْتِیَ یَوْمٌ لَّا مَرَدَّ لَهٗ مِنَ اللّٰهِ ؕ— مَا لَكُمْ مِّنْ مَّلْجَاٍ یَّوْمَىِٕذٍ وَّمَا لَكُمْ مِّنْ نَّكِیْرٍ ۟
४७) आफ्नो पालानकर्ताको आदेश मानिहाल यसभन्दा पहिले कि अल्लाहको तर्फबाट त्यो दिन आओस् जो फर्कदैन । त्यसदिन तिम्रो निम्ति न कुनै शरणस्थल हुनेछ र न तिमीले लुकेर इन्कार गर्न सक्नेछौ ।
Ang mga Tafsir na Arabe:
فَاِنْ اَعْرَضُوْا فَمَاۤ اَرْسَلْنٰكَ عَلَیْهِمْ حَفِیْظًا ؕ— اِنْ عَلَیْكَ اِلَّا الْبَلٰغُ ؕ— وَاِنَّاۤ اِذَاۤ اَذَقْنَا الْاِنْسَانَ مِنَّا رَحْمَةً فَرِحَ بِهَا ۚ— وَاِنْ تُصِبْهُمْ سَیِّئَةٌ بِمَا قَدَّمَتْ اَیْدِیْهِمْ فَاِنَّ الْاِنْسَانَ كَفُوْرٌ ۟
४८) यदि उनीहरू विमुख हुन्छन् भने हामीले तपाईलाई उनीहरूको निम्ति कुनै संरक्षक बनाएर पठाएका छैनौं । तपाईमाथि त मात्र (सन्देश) पुर्याइदिने जिम्मेवारी छ । र जब हामीले मानिसलाई आफ्नो दयालुताको रसास्वादन गराउँछौ त त्यसबाट ऊ मग्न भइहाल्दछ, र यदि उनीहरूलाई उनीहरूकै कर्महरूको कारणले कुनै कष्ट पुग्दछ त निश्चय नै त्यही मानिस बडो कृतघ्न हुन पुग्छ ।
Ang mga Tafsir na Arabe:
لِلّٰهِ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— یَخْلُقُ مَا یَشَآءُ ؕ— یَهَبُ لِمَنْ یَّشَآءُ اِنَاثًا وَّیَهَبُ لِمَنْ یَّشَآءُ الذُّكُوْرَ ۟ۙ
४९) सम्पूर्ण आकाश र पृथ्वीको सत्ता अल्लाहकै लागि हो । उसले जे चाहन्छ सृष्टि गर्दछ, जसलाई चाहन्छ, पुत्रीहरू प्रदान गर्दछ र जसलाई चाहन्छ, छोराहरू प्रदान गर्दछ ।
Ang mga Tafsir na Arabe:
اَوْ یُزَوِّجُهُمْ ذُكْرَانًا وَّاِنَاثًا ۚ— وَیَجْعَلُ مَنْ یَّشَآءُ عَقِیْمًا ؕ— اِنَّهٗ عَلِیْمٌ قَدِیْرٌ ۟
५०) वा उनीलाई दुबै छोरा र छोरी प्रदान गर्दछ र जसलाई चाहन्छ, निःसन्तान गरिदिन्छ । निश्चय नै ऊ सर्वज्ञ ठूलो सामथ्र्यवान छ ।
Ang mga Tafsir na Arabe:
وَمَا كَانَ لِبَشَرٍ اَنْ یُّكَلِّمَهُ اللّٰهُ اِلَّا وَحْیًا اَوْ مِنْ وَّرَآئِ حِجَابٍ اَوْ یُرْسِلَ رَسُوْلًا فَیُوْحِیَ بِاِذْنِهٖ مَا یَشَآءُ ؕ— اِنَّهٗ عَلِیٌّ حَكِیْمٌ ۟
५१) कुनै मानिसलाई सम्भव छैन कि ऊ अल्लाहसित कुरा गरोस्, परन्तु वह्य मार्फत वा पर्दा पछाडि़बाट, वा उसको लागि कुनै फरिश्ता पठाओस्, अनि फरिश्ताले अल्लाहको अज्ञाबाट जे चाहन्छ प्रकाशना गर्दछ । निश्चय नै ऊ सर्वोच्च अत्यन्त तत्वदर्शी छ ।
Ang mga Tafsir na Arabe:
وَكَذٰلِكَ اَوْحَیْنَاۤ اِلَیْكَ رُوْحًا مِّنْ اَمْرِنَا ؕ— مَا كُنْتَ تَدْرِیْ مَا الْكِتٰبُ وَلَا الْاِیْمَانُ وَلٰكِنْ جَعَلْنٰهُ نُوْرًا نَّهْدِیْ بِهٖ مَنْ نَّشَآءُ مِنْ عِبَادِنَا ؕ— وَاِنَّكَ لَتَهْدِیْۤ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟ۙ
५२) र यसै प्रकार हामीले आफ्नो आदेशले तपाईतिर रूह (कुरआन) उतारेका छौं । (जबकि) तपाईलाई यस अघि थाहा थिएन कि ‘‘किताब’’ र ईमान के हुन् ? तर हामीले त्यस (कुरआन) लाई एउटा प्रकाश बनायौं, जसद्वारा हामीले आफ्ना सेवकहरूमध्ये जसलाई चाहन्छौं मार्ग देखाउँछौं । निश्चय नै तपाईले एउटा सोझो मार्गतिर पथप्रदर्शन गरिराख्नु भएको छ ।
Ang mga Tafsir na Arabe:
صِرَاطِ اللّٰهِ الَّذِیْ لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— اَلَاۤ اِلَی اللّٰهِ تَصِیْرُ الْاُمُوْرُ ۟۠
५३) उस अल्लाहको मार्गको जो आकाशहरू र धरतीमा सबै कुराको स्वामी हो । सावधान रहनु सबै काम अल्लाहतिरै प्रवृत्त हुनेछन् ।
Ang mga Tafsir na Arabe:
 
Salin ng mga Kahulugan Surah: Ash-Shūra
Indise ng mga Surah Numero ng Pahina
 
Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith - Indise ng mga Salin

Inilathala ng Sentral na Kapisanan ng Ahl Al-Hadith sa Nepal.

Isara