Check out the new design

Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith * - Indise ng mga Salin


Salin ng mga Kahulugan Surah: Al-A‘rāf   Ayah:
قَالُوْۤا اٰمَنَّا بِرَبِّ الْعٰلَمِیْنَ ۟ۙ
१२१) भन्नथालेः कि हामीले सम्पूर्ण जगतको स्वामीमाथि ईमान ल्यायौं ।
Ang mga Tafsir na Arabe:
رَبِّ مُوْسٰی وَهٰرُوْنَ ۟
१२२) जो मूसा र हारूनको पनि पालनकर्ता हो ।
Ang mga Tafsir na Arabe:
قَالَ فِرْعَوْنُ اٰمَنْتُمْ بِهٖ قَبْلَ اَنْ اٰذَنَ لَكُمْ ۚ— اِنَّ هٰذَا لَمَكْرٌ مَّكَرْتُمُوْهُ فِی الْمَدِیْنَةِ لِتُخْرِجُوْا مِنْهَاۤ اَهْلَهَا ۚ— فَسَوْفَ تَعْلَمُوْنَ ۟
१२३) फिरऔनले भन्न थाल्योः के तिमीहरूले मैले अनुमति दिनुभन्दा अगाडि नै मूसामा विश्वास गरिहाल्यौ ? निःसन्देह यो एउटा षडयन्त्र थियो जसको तिमीले यस नगरमा कार्यान्वयन गर्यौ, ताकि त्यसका निवासीहरूलाई यहाँबाट निकाल्न सक । तसर्थ अब तिमीलाई वास्तविकता थाहा भइहाल्नेछ ।
Ang mga Tafsir na Arabe:
لَاُقَطِّعَنَّ اَیْدِیَكُمْ وَاَرْجُلَكُمْ مِّنْ خِلَافٍ ثُمَّ لَاُصَلِّبَنَّكُمْ اَجْمَعِیْنَ ۟
१२४) म तिम्रो एकतिरको हात र आर्कोतिरको खुट्टा काटिदिनेछु अनि तिमीहरू सबैलाई झुन्ड्याइदिनेछु ।
Ang mga Tafsir na Arabe:
قَالُوْۤا اِنَّاۤ اِلٰی رَبِّنَا مُنْقَلِبُوْنَ ۟ۚ
१२५) उनीहरूले भने (उत्तरदिए) किः हामी (मरेर) पनि आफ्नो प्रतिपालकको पासमा जानेछौं ।
Ang mga Tafsir na Arabe:
وَمَا تَنْقِمُ مِنَّاۤ اِلَّاۤ اَنْ اٰمَنَّا بِاٰیٰتِ رَبِّنَا لَمَّا جَآءَتْنَا ؕ— رَبَّنَاۤ اَفْرِغْ عَلَیْنَا صَبْرًا وَّتَوَفَّنَا مُسْلِمِیْنَ ۟۠
१२६) र तिमीले हामीमा कुन त्रुटि देखेका छौ यसबाहेक कि हामीले आफ्नो पालनकर्ताका आदेशहरूमा विश्वास गर्यौं, जब तिनी हाम्रो पासमा आए । हे पालनकर्ता ! हामीलाई धैर्य प्रदान गर र हाम्रो प्राण ईमान ल्याएकै अवस्थामा निकाल ।
Ang mga Tafsir na Arabe:
وَقَالَ الْمَلَاُ مِنْ قَوْمِ فِرْعَوْنَ اَتَذَرُ مُوْسٰی وَقَوْمَهٗ لِیُفْسِدُوْا فِی الْاَرْضِ وَیَذَرَكَ وَاٰلِهَتَكَ ؕ— قَالَ سَنُقَتِّلُ اَبْنَآءَهُمْ وَنَسْتَحْیٖ نِسَآءَهُمْ ۚ— وَاِنَّا فَوْقَهُمْ قٰهِرُوْنَ ۟
१२७) र फिरऔनको समूहका नाइकेहरूले भनेः के तपाईंले मूसा र उनको जातिलाई यत्तिकै छाडिदिनुहुन्छ ताकि उनीहरू देशमा उपद्रव गर्दै हिंडुन् र तपाईंलाई र तपाईंका देवताहरूलाई परित्याग गरिहालुन् ? फिरऔनले भन्यो, ‘‘कि हामी अहिले नै उनीहरूका छोराहरूलाई मार्न प्रारम्भ गरिहाल्नेछौं र उनीहरूका स्त्रीहरूलाई जीवित रहनदिनेछौं र हामी उनीहरूमाथि शक्ति सम्पन्न छौं ।’’
Ang mga Tafsir na Arabe:
قَالَ مُوْسٰی لِقَوْمِهِ اسْتَعِیْنُوْا بِاللّٰهِ وَاصْبِرُوْا ۚ— اِنَّ الْاَرْضَ لِلّٰهِ ۙ۫— یُوْرِثُهَا مَنْ یَّشَآءُ مِنْ عِبَادِهٖ ؕ— وَالْعَاقِبَةُ لِلْمُتَّقِیْنَ ۟
१२८) मूसा(अलैहिस्सलाम)ले आफ्नो जातिबन्धुसित भने, ‘‘अल्लाहको सहारा प्राप्त गर र धैर्यराख, यो धर्ती अल्लाहको हो, उसले आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छ उसको मालिक बनाइदिन्छ र अन्तिम सफलता तिनैको हुन्छ जो अल्लाहसित डराउँछन् ।’’
Ang mga Tafsir na Arabe:
قَالُوْۤا اُوْذِیْنَا مِنْ قَبْلِ اَنْ تَاْتِیَنَا وَمِنْ بَعْدِ مَا جِئْتَنَا ؕ— قَالَ عَسٰی رَبُّكُمْ اَنْ یُّهْلِكَ عَدُوَّكُمْ وَیَسْتَخْلِفَكُمْ فِی الْاَرْضِ فَیَنْظُرَ كَیْفَ تَعْمَلُوْنَ ۟۠
१२९) मूसाको समुदायका मानिसहरूले भने, ‘‘हामी त सधैं उत्पीडनमा रहयौं, तपाईं आउनुभन्दा अगाडि पनि र पछाडि पनि ।’’ मूसाले भने, ‘‘छिट्टै अल्लाहले तिम्रो शत्रुलाई नष्ट पारिदिने छ र उनीहरूको सट्टा तिमीहरूलाई यस धर्तीको खलीफा (उत्तराधिकारी) बनाइदिनेछ, र हेर्नेछ कि तिम्रो व्यवहार कस्तो हुन्छ ।’’
Ang mga Tafsir na Arabe:
وَلَقَدْ اَخَذْنَاۤ اٰلَ فِرْعَوْنَ بِالسِّنِیْنَ وَنَقْصٍ مِّنَ الثَّمَرٰتِ لَعَلَّهُمْ یَذَّكَّرُوْنَ ۟
१३०) र हामीले फिर्औनीहरूलाई (केही समयसम्मको लागि) फलहरूको उत्पादनमा कमि गर्यौं र अनिकाल ल्यायौं, जसबाट उनीहरूले चेतुन् ।
Ang mga Tafsir na Arabe:
 
Salin ng mga Kahulugan Surah: Al-A‘rāf
Indise ng mga Surah Numero ng Pahina
 
Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith - Indise ng mga Salin

Inilathala ng Sentral na Kapisanan ng Ahl Al-Hadith sa Nepal.

Isara