Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ   አንቀጽ:
وَاِذْ اَخَذْنَا مِیْثَاقَكُمْ لَا تَسْفِكُوْنَ دِمَآءَكُمْ وَلَا تُخْرِجُوْنَ اَنْفُسَكُمْ مِّنْ دِیَارِكُمْ ثُمَّ اَقْرَرْتُمْ وَاَنْتُمْ تَشْهَدُوْنَ ۟
८४) र जब हामीले तिमीहरूसित वचन लियौं कि आपसमा रक्तपात नगर्नु र आफन्तहरूलाई आफ्नो घरबाट न निकाल्नु, त तिमीले वचन दियौ र तिमी यसको साक्षी पनि बन्यौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ اَنْتُمْ هٰۤؤُلَآءِ تَقْتُلُوْنَ اَنْفُسَكُمْ وَتُخْرِجُوْنَ فَرِیْقًا مِّنْكُمْ مِّنْ دِیَارِهِمْ ؗ— تَظٰهَرُوْنَ عَلَیْهِمْ بِالْاِثْمِ وَالْعُدْوَانِ ؕ— وَاِنْ یَّاْتُوْكُمْ اُسٰرٰی تُفٰدُوْهُمْ وَهُوَ مُحَرَّمٌ عَلَیْكُمْ اِخْرَاجُهُمْ ؕ— اَفَتُؤْمِنُوْنَ بِبَعْضِ الْكِتٰبِ وَتَكْفُرُوْنَ بِبَعْضٍ ۚ— فَمَا جَزَآءُ مَنْ یَّفْعَلُ ذٰلِكَ مِنْكُمْ اِلَّا خِزْیٌ فِی الْحَیٰوةِ الدُّنْیَا ۚ— وَیَوْمَ الْقِیٰمَةِ یُرَدُّوْنَ اِلٰۤی اَشَدِّ الْعَذَابِ ؕ— وَمَا اللّٰهُ بِغَافِلٍ عَمَّا تَعْمَلُوْنَ ۟
८५) फेरि पनि तिमीले आफन्तहरूको हत्या गर्यौ र आफूमध्येकै एक समूहमाथि अत्याचार गरी तिनलाई घरबाट निकाला गर्यौ, र दुराचार र पापमा उनीहरूका विरुद्ध अत्याचारीहरूको मद्दत गर्यौ । तथा तिनीहरू तिमीकहाँ यदि बन्दी भएर आउँदा बदलामा धन तिरेर छुटाउछौ अतः तिनलाई घर–निकाला गरेको कुरा तिमीहरूको लागी वर्जित थियो । के तिमी कुनै आदेशमाथि आस्था राखदछौ र केहीलाई नकारदछौ ? तिमीहरूमध्ये जसले यस्तो काम गर्दछन् उनको लागि यस संसारमा अपमान र कयामतको दिन कठोर सजायको भोगाई बहेक अरु के हुन सक्छ । र तिम्रो आचरणसंग अल्लाह बेखबर छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اُولٰٓىِٕكَ الَّذِیْنَ اشْتَرَوُا الْحَیٰوةَ الدُّنْیَا بِالْاٰخِرَةِ ؗ— فَلَا یُخَفَّفُ عَنْهُمُ الْعَذَابُ وَلَا هُمْ یُنْصَرُوْنَ ۟۠
८६) यी ती मानिसहरू नै हुन् । जसले कि परलोकको सट्टा संसारको जीवन किनेका छन् । न तिनको सजायमा कमी हुनेछ र न त तिनलाई मद्दत दिइने छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ اٰتَیْنَا مُوْسَی الْكِتٰبَ وَقَفَّیْنَا مِنْ بَعْدِهٖ بِالرُّسُلِ ؗ— وَاٰتَیْنَا عِیْسَی ابْنَ مَرْیَمَ الْبَیِّنٰتِ وَاَیَّدْنٰهُ بِرُوْحِ الْقُدُسِ ؕ— اَفَكُلَّمَا جَآءَكُمْ رَسُوْلٌۢ بِمَا لَا تَهْوٰۤی اَنْفُسُكُمُ اسْتَكْبَرْتُمْ ۚ— فَفَرِیْقًا كَذَّبْتُمْ ؗ— وَفَرِیْقًا تَقْتُلُوْنَ ۟
८७) हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं र उनको पछाडि अन्य रसूल पठाउँदै गर्यौं, र ईसा बिन मरियमलाई स्पष्ट तर्कहरू प्रदान गर्यौं र रूहुलकुदस (जिब्राइल) द्वारा उनको पुष्टि गर्यौं । तर जब कुनै अल्लाहको दूत तिमीहरूतिर यस्ता कुराहरू लिएर आए जुन कि तिमीहरूलाई रुच्दैनथ्यो तब तिमीहरू अहंकारी हुन पुग्थ्यौ र केहीलाई झूठा भन्यौ र केहीको हत्या पनि गर्यौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالُوْا قُلُوْبُنَا غُلْفٌ ؕ— بَلْ لَّعَنَهُمُ اللّٰهُ بِكُفْرِهِمْ فَقَلِیْلًا مَّا یُؤْمِنُوْنَ ۟
८८) तिनीहरू भन्दछन्ः हाम्रो हृदय पर्दामा छन् । होइन, बरु अल्लाहले तिनको नास्तिकताको कारणले तिनीलाई अभिशप्त गरेको छ, तसर्थ तिनीहरूमा आस्थावान अत्यन्त थोरै छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት