Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ   አንቀጽ:
اَلْحَجُّ اَشْهُرٌ مَّعْلُوْمٰتٌ ۚ— فَمَنْ فَرَضَ فِیْهِنَّ الْحَجَّ فَلَا رَفَثَ وَلَا فُسُوْقَ وَلَا جِدَالَ فِی الْحَجِّ ؕ— وَمَا تَفْعَلُوْا مِنْ خَیْرٍ یَّعْلَمْهُ اللّٰهُ ؔؕ— وَتَزَوَّدُوْا فَاِنَّ خَیْرَ الزَّادِ التَّقْوٰی ؗ— وَاتَّقُوْنِ یٰۤاُولِی الْاَلْبَابِ ۟
१९७) हजका महिनाहरू निर्धारित छन् । तसर्थ यदि कुनै मानिसले यी महिनाहरूमा हजको नीयत गरिसकेको छ, भने उसले (हजका दिनहरूमा) आफ्ना स्वास्नीहरूसँग सहवास नगरोस् र न कुनै नराम्रो काम गरोस् र न कुनै मानिससँग झगडा गरोस् । र तिमीले जुन नेक काम गर्नेछौं, अल्लाहलाई त्यसको जानकारी छ । र आफ्नो साथमा यात्राको खर्च लिई हिंड । किनभने सबभन्दा राम्रो बाटो खर्च त अल्लाहको डर हो, हे बुद्धिमानहरू ! मसँग डर्नेगर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَیْسَ عَلَیْكُمْ جُنَاحٌ اَنْ تَبْتَغُوْا فَضْلًا مِّنْ رَّبِّكُمْ ؕ— فَاِذَاۤ اَفَضْتُمْ مِّنْ عَرَفٰتٍ فَاذْكُرُوا اللّٰهَ عِنْدَ الْمَشْعَرِ الْحَرَامِ ۪— وَاذْكُرُوْهُ كَمَا هَدٰىكُمْ ۚ— وَاِنْ كُنْتُمْ مِّنْ قَبْلِهٖ لَمِنَ الضَّآلِّیْنَ ۟
१९८) तिमीमाथि (हजका दिनहरूमा व्यापारको माध्यमबाट) आफ्नो जीविका प्राप्त गर्नुमा केही पाप छैन । जब तिमीहरू अरफातबाट फर्कन्छौ, तब ‘‘मश्अरुल हराममा’’ (मुजदलेफामा) अल्लाहलाई स्मरण गर, र उसको स्मरण त्यसरी गर जसरी उसले तिमीहरूलाई आदेश गरेको छ यद्यपि यसभन्दा अगाडि तिमीहरू बाटो विराएका थियौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ اَفِیْضُوْا مِنْ حَیْثُ اَفَاضَ النَّاسُ وَاسْتَغْفِرُوا اللّٰهَ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१९९) फेरि तिमी पनि त्यहाँबाट फर्किनुस् जहाँबाट अरु मानिसहरू फिर्ता हुन्छन्, र अल्लाहबाट क्षमाको विन्ती गर्दैगर, निःसन्देह अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاِذَا قَضَیْتُمْ مَّنَاسِكَكُمْ فَاذْكُرُوا اللّٰهَ كَذِكْرِكُمْ اٰبَآءَكُمْ اَوْ اَشَدَّ ذِكْرًا ؕ— فَمِنَ النَّاسِ مَنْ یَّقُوْلُ رَبَّنَاۤ اٰتِنَا فِی الدُّنْیَا وَمَا لَهٗ فِی الْاٰخِرَةِ مِنْ خَلَاقٍ ۟
२००) फेरि जब तिमी हजका सबै आधारहरू (कार्यहरू) पूरा गरिसकौ, तब (मेनामा) अल्लाहलाई स्मरण गर, जुन किसिमले तिमीहरू आफ्ना पुर्खाहरूलाई स्मरण गर्ने गर्दथ्यौ, बरु त्योभन्दा पनि बढी । केही मानिसहरू यस्ता छन् जो कि विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई यस संसारमा (उत्तम कुराहरू) प्रदान गर, र यस्ता मानिसहरूको लागि आखिरतमा कुनै अंश हुँदैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمِنْهُمْ مَّنْ یَّقُوْلُ رَبَّنَاۤ اٰتِنَا فِی الدُّنْیَا حَسَنَةً وَّفِی الْاٰخِرَةِ حَسَنَةً وَّقِنَا عَذَابَ النَّارِ ۟
२०१) र उनीहरूमध्य केही यस्ता छन् जो कि प्रार्थना गर्दछन् कि हे पालनकर्ता ! हामीलाई संसारमा पनि नेकी प्रदान गर, र आखिरतमा पनि पुण्य प्रदान गर र नर्कको कष्टबाट रक्षा गर्नु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اُولٰٓىِٕكَ لَهُمْ نَصِیْبٌ مِّمَّا كَسَبُوْا ؕ— وَاللّٰهُ سَرِیْعُ الْحِسَابِ ۟
२०२) यि नै ती मानिसहरू हुन् जसका लागि तिनीहरूको कर्मको (राम्रो) अंश छ र अल्लाहले छिट्टै त्यसको हिसाब लिनेवाला छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት