Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ   አንቀጽ:
وَاِذَا قِیْلَ لَهُمُ اتَّبِعُوْا مَاۤ اَنْزَلَ اللّٰهُ قَالُوْا بَلْ نَتَّبِعُ مَاۤ اَلْفَیْنَا عَلَیْهِ اٰبَآءَنَا ؕ— اَوَلَوْ كَانَ اٰبَآؤُهُمْ لَا یَعْقِلُوْنَ شَیْـًٔا وَّلَا یَهْتَدُوْنَ ۟
१७०) र जब तिनीहरूलाई भनिन्छ कि अल्लाहले उतारेको किताबको अनुशरण गर, त उत्तर दिन्छन् कि (होइन), बरु हामीले त्यसको अनुशरण गर्छौ, जसको हाम्रा पूर्वजहरूले अनुशरण गरेका थिए, यद्यपि तिनका पूर्वजहरू महाअज्ञानी र सही बाटोमा नहिंड्ने भएतापनि ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَثَلُ الَّذِیْنَ كَفَرُوْا كَمَثَلِ الَّذِیْ یَنْعِقُ بِمَا لَا یَسْمَعُ اِلَّا دُعَآءً وَّنِدَآءً ؕ— صُمٌّۢ بُكْمٌ عُمْیٌ فَهُمْ لَا یَعْقِلُوْنَ ۟
१७१) अनास्थावानहरूको तुलना ती जनावरहरूसंग गर्न सकिन्छ जसले आफ्नो गोठालोको आवाज र पुकार मात्र सुन्छन् र केही पनि बुझ्दैनन् । (यिनीहरू) बहिरा, लाटा र अन्धा छन्, यिनको बुद्धि छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا كُلُوْا مِنْ طَیِّبٰتِ مَا رَزَقْنٰكُمْ وَاشْكُرُوْا لِلّٰهِ اِنْ كُنْتُمْ اِیَّاهُ تَعْبُدُوْنَ ۟
१७२) हे आस्थावानहरू ! जुन पवित्र कुराहरू हामीले तिमीलाई प्रदान गरेका छौं, तिनको उपभोग (खानपान) गर, अल्लाहले प्रदान गरेका उपहारहरूको लागि आभार पनि प्रकट गर, यदि तिमी उसैको उपासना गर्दछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّمَا حَرَّمَ عَلَیْكُمُ الْمَیْتَةَ وَالدَّمَ وَلَحْمَ الْخِنْزِیْرِ وَمَاۤ اُهِلَّ بِهٖ لِغَیْرِ اللّٰهِ ۚ— فَمَنِ اضْطُرَّ غَیْرَ بَاغٍ وَّلَا عَادٍ فَلَاۤ اِثْمَ عَلَیْهِ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१७३) तिम्रो लागि मृतक जनावर, रगत, सुँगुरको मासु र जुन कुरामा अल्लाह बाहेक अरु कसैको नाम पुकारिन्छ, हराम (वर्जित) गरिदिएको छ, तर जो मजबूर छ र अल्लाहको आदेशको सीमा उल्लंघन र आवश्यक्ता (प्राण बचाउन) को सीमा नाघ्दैन, त्यस निरुपाय व्यक्तिको लागि कुनै पाप हुँदैन । (निःसन्देह) अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ یَكْتُمُوْنَ مَاۤ اَنْزَلَ اللّٰهُ مِنَ الْكِتٰبِ وَیَشْتَرُوْنَ بِهٖ ثَمَنًا قَلِیْلًا ۙ— اُولٰٓىِٕكَ مَا یَاْكُلُوْنَ فِیْ بُطُوْنِهِمْ اِلَّا النَّارَ وَلَا یُكَلِّمُهُمُ اللّٰهُ یَوْمَ الْقِیٰمَةِ وَلَا یُزَكِّیْهِمْ ۖۚ— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
१७४) निःसन्देह जुन मानिसहरू अल्लाहबाट उतारिएको किताबको आदेशलाई लुकाएर त्यसलार्इ थोरै मूल्यमा बेच्दछन् निःसन्देह तिनले आफ्नो पेटमा आगो भरिराखेका छन् । यस्ता मानिसहरूसित अल्लाहले कियामतको दिन कुरा पनि गर्ने छैन नत उनीहरूलाई पापबाट मुक्त गर्नेछ । अपितु तिनीहरूका लागि कष्टदायक सजाय हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اُولٰٓىِٕكَ الَّذِیْنَ اشْتَرَوُا الضَّلٰلَةَ بِالْهُدٰی وَالْعَذَابَ بِالْمَغْفِرَةِ ۚ— فَمَاۤ اَصْبَرَهُمْ عَلَی النَّارِ ۟
१७५) यी त्यस्ता मानिसहरू हुन् जसले असल बाटोको सट्टा नराम्रो बाटो र मुक्तिको सट्टा सजाय किनेका छन् । यिनीहरूले नर्कको आगोलाई कति सहन् सक्नेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ذٰلِكَ بِاَنَّ اللّٰهَ نَزَّلَ الْكِتٰبَ بِالْحَقِّ ؕ— وَاِنَّ الَّذِیْنَ اخْتَلَفُوْا فِی الْكِتٰبِ لَفِیْ شِقَاقٍ بَعِیْدٍ ۟۠
१७६) यो सजाय यसकारण हो कि अल्लाहले सच्चा किताब उतार्यो र जुन मानिसहरूले यस किताबको सम्बन्धमा विरोध गरे, ती अट्टेरिपनामा धेरै टाढा भएका छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት