Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ጣሃ   አንቀጽ:
قَالُوْا یٰمُوْسٰۤی اِمَّاۤ اَنْ تُلْقِیَ وَاِمَّاۤ اَنْ نَّكُوْنَ اَوَّلَ مَنْ اَلْقٰی ۟
६५) तिनीहरूले भनेः ‘‘हे मूसा या त तिमीले पहिला चाल फ्याँक, वा हामीले पहिले फ्याँक्छौं ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ بَلْ اَلْقُوْا ۚ— فَاِذَا حِبَالُهُمْ وَعِصِیُّهُمْ یُخَیَّلُ اِلَیْهِ مِنْ سِحْرِهِمْ اَنَّهَا تَسْعٰی ۟
६६) मूसाले उत्तर दिए किः ‘‘होइन बरु तिमीले नै पहिला फ्याँक ।’’ अब त मूसालाई यो भान हुनथाल्यो कि उनका डोरी र लठ्ठीहरू उनको जादूको जोडले यताउता दगुरिराखेका छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَوْجَسَ فِیْ نَفْسِهٖ خِیْفَةً مُّوْسٰی ۟
६७) (त्यस वखत) मूसाले आफ्नो हृदयमा भय महसूस गरे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْنَا لَا تَخَفْ اِنَّكَ اَنْتَ الْاَعْلٰی ۟
६८) हामीले भन्यौं, केही भय नगर, निःसन्देह तिमी नै प्रभावी हुनेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاَلْقِ مَا فِیْ یَمِیْنِكَ تَلْقَفْ مَا صَنَعُوْا ؕ— اِنَّمَا صَنَعُوْا كَیْدُ سٰحِرٍ ؕ— وَلَا یُفْلِحُ السَّاحِرُ حَیْثُ اَتٰی ۟
६९) र जुन कुरो (लठ्ठी) तिम्रो दाहिने हातमा छ त्यसलाई फ्याँकिदेऊ, उनीहरूले जेजति बनाएका छन् त्यो सबैलाई निलीहाल्छ । जेजति तिनीहरूले बनाएका छन्, (यो त) जादूगरहरूको हत्कण्डा हो र जादूगरहरू जहाँबाट पनि आउनेछन् सफल हुनेछैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاُلْقِیَ السَّحَرَةُ سُجَّدًا قَالُوْۤا اٰمَنَّا بِرَبِّ هٰرُوْنَ وَمُوْسٰی ۟
७०) अब त सबै जादूगरहरू नतमस्तक भई ढोगिहाले र ठूलो स्वरमा भने कि हामीले त हारून र मूसाको पालनकर्तामाथि ईमान ल्यायौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اٰمَنْتُمْ لَهٗ قَبْلَ اَنْ اٰذَنَ لَكُمْ ؕ— اِنَّهٗ لَكَبِیْرُكُمُ الَّذِیْ عَلَّمَكُمُ السِّحْرَ ۚ— فَلَاُقَطِّعَنَّ اَیْدِیَكُمْ وَاَرْجُلَكُمْ مِّنْ خِلَافٍ وَّلَاُوصَلِّبَنَّكُمْ فِیْ جُذُوْعِ النَّخْلِ ؗ— وَلَتَعْلَمُنَّ اَیُّنَاۤ اَشَدُّ عَذَابًا وَّاَبْقٰی ۟
७१) फिरऔनले भन्न थाल्यो कि के मेरो अनुमति बिना नै तिमीहरूले उसमाथि ईमान ल्याइहाल्यौ ? निःसन्देह यही तिम्रो प्रमुख हो जसले तिमीलाई जादू सिकाएको छ, ठीक छ, अब म तिम्रा हात र खुट्टा उल्टा–सीधा कटाएर तिमीहरूलाई खजूरको रुखमा फाँसीमा झुण्ड्याइदिनेछु । र तिमीहरूलाई अवश्य थाहा भइहाल्ने छ कि हामीमध्ये कसको यातना धेरै कठोर र स्थायी छ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْا لَنْ نُّؤْثِرَكَ عَلٰی مَا جَآءَنَا مِنَ الْبَیِّنٰتِ وَالَّذِیْ فَطَرَنَا فَاقْضِ مَاۤ اَنْتَ قَاضٍ ؕ— اِنَّمَا تَقْضِیْ هٰذِهِ الْحَیٰوةَ الدُّنْیَا ۟ؕ
७२) उनीहरूले भने कि जुन प्रमाणहरू हाम्रो सामु आइपुगेका छन्, तिनीहरूको मद्देनजर जसले हामीलाई सृष्टि गरेको छ, त्यस अल्लाह विरुद्ध हामीले तिमीलाई कहिल्यै प्राथमिकता दिने छैनौं, तसर्थ अब तिमीले जे गर्न चाहन्छौ गरिहाल । र तिमी जुन आदेश दिन सक्छौ, त्यो मात्र यसै सांसारिक जिन्दगीमा दिन सक्छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّاۤ اٰمَنَّا بِرَبِّنَا لِیَغْفِرَ لَنَا خَطٰیٰنَا وَمَاۤ اَكْرَهْتَنَا عَلَیْهِ مِنَ السِّحْرِ ؕ— وَاللّٰهُ خَیْرٌ وَّاَبْقٰی ۟
७३) हामीले आफ्नो पालनकर्तामाथि यस आशामा ईमान ल्यायौं कि उसले हाम्रा पापहरूलाई माफ गरोस् र (त्यो पनि) जुन कि तिमीले हामीबाट जबरजस्ती जादू गरायौ । र अल्लाह नै उत्तम र सधैं रहीरहनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّهٗ مَنْ یَّاْتِ رَبَّهٗ مُجْرِمًا فَاِنَّ لَهٗ جَهَنَّمَ ؕ— لَا یَمُوْتُ فِیْهَا وَلَا یَحْیٰی ۟
७४) कुरो यो छ कि जो कोही अल्लाहको सामु पापी भएर आउनेछ उसको निम्ति नर्क छ, जसमा नमर्नु नत बाँच्नु हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ یَّاْتِهٖ مُؤْمِنًا قَدْ عَمِلَ الصّٰلِحٰتِ فَاُولٰٓىِٕكَ لَهُمُ الدَّرَجٰتُ الْعُلٰی ۟ۙ
७५) र जो उसको सामु ईमानवाला भएर आउनेछ र उसले कर्म पनि असल गरेको छ त यस्ताको लागि उच्च दर्जाहरू छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
جَنّٰتُ عَدْنٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— وَذٰلِكَ جَزٰٓؤُا مَنْ تَزَكّٰی ۟۠
७६) सधैं बासको निम्ति स्वर्गका बगैंचा जसको मुनि धरातलमा नहरहरू बगिराखेका छन्, सधैं तिनीहरू त्यहाँ बास गर्नेछन् । र यो नै त्यस्तो प्रत्येक व्यक्तिको पुरस्कार हो जो पवित्र भयो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ጣሃ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት