Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ጣሃ   አንቀጽ:
وَاَنَا اخْتَرْتُكَ فَاسْتَمِعْ لِمَا یُوْحٰی ۟
१३) र मैले तिमीलाई रोजीसकेको छु । अब जे (वह्य) अल्लाहको सन्देश गरिन्छ, त्यसलाई राम्ररी सुन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّنِیْۤ اَنَا اللّٰهُ لَاۤ اِلٰهَ اِلَّاۤ اَنَا فَاعْبُدْنِیْ ۙ— وَاَقِمِ الصَّلٰوةَ لِذِكْرِیْ ۟
१४) निःसन्देह म नै अल्लाह हूँ, म बाहेक अरु कोही सत्य पूज्य छैन, तसर्थ, तिमीले मेरो उपासना गर्नेगर र मेरो स्मरणको निम्ति नमाज पढ्नेगर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ السَّاعَةَ اٰتِیَةٌ اَكَادُ اُخْفِیْهَا لِتُجْزٰی كُلُّ نَفْسٍ بِمَا تَسْعٰی ۟
१५) निश्चय नै कियामत आउनेवाला छ, जसलाई म गोप्य राख्न चाहन्छु ताकि प्रत्येक मानिसलाई त्यो प्रतिफल प्रदान गरियोस् जसको उसले प्रयास गरेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَلَا یَصُدَّنَّكَ عَنْهَا مَنْ لَّا یُؤْمِنُ بِهَا وَاتَّبَعَ هَوٰىهُ فَتَرْدٰی ۟
१६) अतः अब त्यसको विश्वासबाट तिमीलाई कुनै यस्तो व्यक्तिले नरोकोस् जसले कि यसमा आस्था राख्दैन र आफ्नो इच्छाको पूर्तिमा लागेको छ, अन्यथा तिमी नष्ट भइहाल्नेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا تِلْكَ بِیَمِیْنِكَ یٰمُوْسٰی ۟
१७) हे मूसा ‘‘तिम्रो यस दायाँ हातमा के छ’’ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ هِیَ عَصَایَ ۚ— اَتَوَكَّؤُا عَلَیْهَا وَاَهُشُّ بِهَا عَلٰی غَنَمِیْ وَلِیَ فِیْهَا مَاٰرِبُ اُخْرٰی ۟
१८) उनले (मूसाले) जवाफ दिए कि ‘‘यो मेरो लठ्ठी हो । म यसमा अडेस लगाउछु र यसबाट आफ्नो बाख्राहरूको निम्ति पातहरू झार्छु र यसबाट मेरा अन्य आवश्यकताहरू पनि पूरा हुन्छन् ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اَلْقِهَا یٰمُوْسٰی ۟
१९) आदेश भयो, ‘‘हे मूसा त्यसलाई हातबाट तल खसालिदेऊ’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَلْقٰىهَا فَاِذَا هِیَ حَیَّةٌ تَسْعٰی ۟
२०) खसाल्ने बित्तिकै त्यो सर्प बनेर चल्न थाल्यो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ خُذْهَا وَلَا تَخَفْ ۫— سَنُعِیْدُهَا سِیْرَتَهَا الْاُوْلٰی ۟
२१) आदेश भयो ‘‘निर्भीक भई त्यसलाई समातिहाल, हामीले यसलाई त्यही पहिलेकै अवस्थामा ल्याइदिनेछौं’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاضْمُمْ یَدَكَ اِلٰی جَنَاحِكَ تَخْرُجْ بَیْضَآءَ مِنْ غَیْرِ سُوْٓءٍ اٰیَةً اُخْرٰی ۟ۙ
२२) र आफ्नो हात आफ्नो छेउमा राख, अनि त्यो बिना कुनै अवगुण चम्किदै अर्को चमत्कारको रूपमा निस्कनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لِنُرِیَكَ مِنْ اٰیٰتِنَا الْكُبْرٰی ۟ۚ
२३) यो यसकारण कि हामीले आफ्ना ठूला ठूला निशानीहरू तिमीलाई देखाउन चाहन्छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِذْهَبْ اِلٰی فِرْعَوْنَ اِنَّهٗ طَغٰی ۟۠
२४) अब तिमी फिरऔनकहाँ जाऊ उसले ठूलो उत्पात मचाइरहेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ اشْرَحْ لِیْ صَدْرِیْ ۟ۙ
२५) (मूसाले भने) मेरो पालनकर्ता मेरो छाती मेरो निम्ति खोलिदेऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَسِّرْ لِیْۤ اَمْرِیْ ۟ۙ
२६) र मेरो काम मेरो निम्ति सजिलो बनाइदेऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاحْلُلْ عُقْدَةً مِّنْ لِّسَانِیْ ۟ۙ
२७) र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَفْقَهُوْا قَوْلِیْ ۪۟
२८) जसबाट मानिसहरू मेरो कुरा बुझ्न सकुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاجْعَلْ لِّیْ وَزِیْرًا مِّنْ اَهْلِیْ ۟ۙ
२९) र मेरो घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هٰرُوْنَ اَخِی ۟ۙ
३०) मेरो भाइ हारूनालाई ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اشْدُدْ بِهٖۤ اَزْرِیْ ۟ۙ
३१) उसबाट मेरो शक्ति सुदृढ गर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاَشْرِكْهُ فِیْۤ اَمْرِیْ ۟ۙ
३२) र उसलाई मेरो काममा शामेल (सहभागी) गराइदेऊ,
የአረብኛ ቁርኣን ማብራሪያ:
كَیْ نُسَبِّحَكَ كَثِیْرًا ۟ۙ
३३) जसबाट हामीले धेरैभन्दा धेरै तिम्रो गुणगान गरौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّنَذْكُرَكَ كَثِیْرًا ۟ؕ
३४) र तिमीलाई हामीले धेरै याद गरौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّكَ كُنْتَ بِنَا بَصِیْرًا ۟
३५) निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ قَدْ اُوْتِیْتَ سُؤْلَكَ یٰمُوْسٰی ۟
३६) अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ مَنَنَّا عَلَیْكَ مَرَّةً اُخْرٰۤی ۟ۙ
३७) हामीले त तिमीमाथि एकपटक अरु पनि ठूलो उपकार गरिसकेका छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ጣሃ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት