Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ   አንቀጽ:
اُولٰٓىِٕكَ الَّذِیْنَ لَعَنَهُمُ اللّٰهُ ؕ— وَمَنْ یَّلْعَنِ اللّٰهُ فَلَنْ تَجِدَ لَهٗ نَصِیْرًا ۟ؕ
५२) यी तिनै मानिसहरू हुन् जसमाथि अल्लाहको अभिशाप छ । र जसलाई अल्लाह अभिशप्त गर्यो, उसको कसैलाई पनि सहायता गर्नेवाला पाउने छैनौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ لَهُمْ نَصِیْبٌ مِّنَ الْمُلْكِ فَاِذًا لَّا یُؤْتُوْنَ النَّاسَ نَقِیْرًا ۟ۙ
५३) के तिनीहरूको राजकाजमा केही भाग छ ? यदि त्यसो भए त तिनीहरूले कसैलाई खजूरको कोयाको खोटो जति पनि दिने छैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ یَحْسُدُوْنَ النَّاسَ عَلٰی مَاۤ اٰتٰىهُمُ اللّٰهُ مِنْ فَضْلِهٖ ۚ— فَقَدْ اٰتَیْنَاۤ اٰلَ اِبْرٰهِیْمَ الْكِتٰبَ وَالْحِكْمَةَ وَاٰتَیْنٰهُمْ مُّلْكًا عَظِیْمًا ۟
५४) अथवा अल्लाहले मानिसहरूलाई आफ्नो कृपाले जे प्रदान गरेको छ त्यसमाथि यिनीहरूले ईष्र्या गर्दछन्, तर हामीले इब्राहीमको वंशजलाई अघि नै किताब र बुद्धि प्रदान गरेका थियौं र ठूलो राज्यसत्ता पनि दिएका थियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَمِنْهُمْ مَّنْ اٰمَنَ بِهٖ وَمِنْهُمْ مَّنْ صَدَّ عَنْهُ ؕ— وَكَفٰی بِجَهَنَّمَ سَعِیْرًا ۟
५५) फेरि तिनीहरूमध्ये केहीले त किताबलाई माने तर केहीले इन्कार गरेर टाढा नै रहे, र तिनीहरूलाई नर्कमा जलिरहनु नै पर्याप्त छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ كَفَرُوْا بِاٰیٰتِنَا سَوْفَ نُصْلِیْهِمْ نَارًا ؕ— كُلَّمَا نَضِجَتْ جُلُوْدُهُمْ بَدَّلْنٰهُمْ جُلُوْدًا غَیْرَهَا لِیَذُوْقُوا الْعَذَابَ ؕ— اِنَّ اللّٰهَ كَانَ عَزِیْزًا حَكِیْمًا ۟
५६) जुन मानिसहरूले हाम्रा आयतहरूलाई नकारेका छन्, तिनलाई हामीले निश्चय नै आगोमा हाल्ने छौं । जब जब तिनका छालाहरू पोलिसक्नेछन्, हामीले अर्कै छाला फेर्नेछौं जसले कि तिनीहरू सजायको स्वाद चाखिराखुन् । निःसन्देह अल्लाह सर्वशक्तिमान र बुद्धिमत्ता सम्पन्न छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ سَنُدْخِلُهُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— لَهُمْ فِیْهَاۤ اَزْوَاجٌ مُّطَهَّرَةٌ ؗ— وَّنُدْخِلُهُمْ ظِلًّا ظَلِیْلًا ۟
५७) र जुन मानिसहरूले ईमान ल्याएर सत्कर्म गर्दछन्, तिनीहरूलाई हामीले चाँडै वहिश्तमा (स्वर्ग) प्रवेश गराउँछौ जसको धारामुनि नहरहरू बगिराखेका हुन्छन् । तिनीहरू त्यसमा सधैंका लागि बास पाउनेछन् । त्यहाँ तिनीहरूका लागि पवित्र स्वास्नीहरू हुनेछिन् र हामीले तिनलाई छायाकुञ्ज र शीतल छहारीमा प्रवेश दिनेछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ اللّٰهَ یَاْمُرُكُمْ اَنْ تُؤَدُّوا الْاَمٰنٰتِ اِلٰۤی اَهْلِهَا ۙ— وَاِذَا حَكَمْتُمْ بَیْنَ النَّاسِ اَنْ تَحْكُمُوْا بِالْعَدْلِ ؕ— اِنَّ اللّٰهَ نِعِمَّا یَعِظُكُمْ بِهٖ ؕ— اِنَّ اللّٰهَ كَانَ سَمِیْعًا بَصِیْرًا ۟
५८) अल्लाह तिमीलाई आदेश गर्दछ कि नासोवालाहरूलाई तिनको नासो पुर्याऊ र मानिसहरूको कुरोमा निर्णय गर्दा, न्यायपूर्ण ढंगले फैसला गर । निःसन्देह त्यो राम्रो कुरा हो जसको नसीहत (उपदेश) अल्लाहले तिमीलाई गर्दैछ । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ र सबै देख्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اَطِیْعُوا اللّٰهَ وَاَطِیْعُوا الرَّسُوْلَ وَاُولِی الْاَمْرِ مِنْكُمْ ۚ— فَاِنْ تَنَازَعْتُمْ فِیْ شَیْءٍ فَرُدُّوْهُ اِلَی اللّٰهِ وَالرَّسُوْلِ اِنْ كُنْتُمْ تُؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ ؕ— ذٰلِكَ خَیْرٌ وَّاَحْسَنُ تَاْوِیْلًا ۟۠
५९) हे मोमिनहरू ! अल्लाहको आदेश पालना गर र उसका रसूलको आदेशहरूको पालना गर र तिमीहरूमध्ये अधिकार भएकाहरूको । फेरि यदि तिमीहरूमा आपसी मतभेद भएको अवस्थामा, यदि तिमी अल्लाह र आखिरतको दिनमाथि ईमान राख्दछौ भने त्यस कुरालाई अल्लाह र त्यसका रसूलतिर फर्काइदेऊ यो साह्रै राम्रो कुरा हो, र यसको परिणाम पनि राम्रो हुन्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት