Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ   አንቀጽ:
وَمَا لَكُمْ لَا تُقَاتِلُوْنَ فِیْ سَبِیْلِ اللّٰهِ وَالْمُسْتَضْعَفِیْنَ مِنَ الرِّجَالِ وَالنِّسَآءِ وَالْوِلْدَانِ الَّذِیْنَ یَقُوْلُوْنَ رَبَّنَاۤ اَخْرِجْنَا مِنْ هٰذِهِ الْقَرْیَةِ الظَّالِمِ اَهْلُهَا ۚ— وَاجْعَلْ لَّنَا مِنْ لَّدُنْكَ وَلِیًّا ۙۚ— وَّاجْعَلْ لَّنَا مِنْ لَّدُنْكَ نَصِیْرًا ۟ؕ
७५) आखिर के कारण छ कि अल्लाहको मार्गमा, ती निःसहाय लोग्ने मानिसहरू, र स्वास्नी मानिसहरू र बच्चाहरू मुक्त गराउनका लागि तिमी युद्ध गर्दैनौ ? जसले प्रार्थना गर्ने गर्दछन् कि हे रब ! हामीलाई अत्याचारीहरूको शहरबाट निकालिहाल र हाम्रो निम्ति आफ्नो विशेष रक्षक नियुक्त गर र हाम्रो निम्ति खास आफ्नैतर्फबाट सहयोगी बनाइदेऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَّذِیْنَ اٰمَنُوْا یُقَاتِلُوْنَ فِیْ سَبِیْلِ اللّٰهِ ۚ— وَالَّذِیْنَ كَفَرُوْا یُقَاتِلُوْنَ فِیْ سَبِیْلِ الطَّاغُوْتِ فَقَاتِلُوْۤا اَوْلِیَآءَ الشَّیْطٰنِ ۚ— اِنَّ كَیْدَ الشَّیْطٰنِ كَانَ ضَعِیْفًا ۟۠
७६) जुन मानिसहरूले ईमान ल्याएका छन् तिनीहरूले अल्लाहको मार्गमा युद्ध गर्दछन् र जो काफिर छन् तिनीहरूले अल्लाह बाहेक अरुको मार्गमा युद्ध गर्दछन् । तसर्थ तिमीहरू शैतानका सहयोगीहरूको विरुद्ध युद्ध गर, विश्वास गर कि शैतानको षड्यन्त्र अति कमजोर छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَمْ تَرَ اِلَی الَّذِیْنَ قِیْلَ لَهُمْ كُفُّوْۤا اَیْدِیَكُمْ وَاَقِیْمُوا الصَّلٰوةَ وَاٰتُوا الزَّكٰوةَ ۚ— فَلَمَّا كُتِبَ عَلَیْهِمُ الْقِتَالُ اِذَا فَرِیْقٌ مِّنْهُمْ یَخْشَوْنَ النَّاسَ كَخَشْیَةِ اللّٰهِ اَوْ اَشَدَّ خَشْیَةً ۚ— وَقَالُوْا رَبَّنَا لِمَ كَتَبْتَ عَلَیْنَا الْقِتَالَ ۚ— لَوْلَاۤ اَخَّرْتَنَاۤ اِلٰۤی اَجَلٍ قَرِیْبٍ ؕ— قُلْ مَتَاعُ الدُّنْیَا قَلِیْلٌ ۚ— وَالْاٰخِرَةُ خَیْرٌ لِّمَنِ اتَّقٰی ۫— وَلَا تُظْلَمُوْنَ فَتِیْلًا ۟
७७) के तिमीले तिनीहरूलाई देखेनौ जसलाई आदेश भएको थियो कि आफ्ना हात धर्मयुद्धबाट रोक र नमाज पढ्दै र जकात दिंदै गर । पछि जब धर्मयुद्ध गर्ने आदेश जारी गरियो त तिनीहरूमध्ये एउटा समूह मानिसहरूसंग यस्तो तर्सन थाले जस्तो कि अल्लाहको डर हो बरु त्यसभन्दा पनि बढ्ता र भन्न थाले कि हे हाम्रो अल्लाह तिमीले हामीमाथि जिहाद किन अनिवार्य गरिहाल्यौ ? केही समय अझै हामीलाई हाम्रो जीवन जिउन किन दिएनौ ? (हे पैगम्बर ! तिनीहरूसित) भनिदिनुस् कि संसारको लाभ बहुतै कम छ र परहेजगारको निम्ति त सबभन्दा राम्रो कुरा आखिरत नै हो र तिमीमाथि एउटा धागो जतिको पनि अन्याय गरिने छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَیْنَمَا تَكُوْنُوْا یُدْرِكْكُّمُ الْمَوْتُ وَلَوْ كُنْتُمْ فِیْ بُرُوْجٍ مُّشَیَّدَةٍ ؕ— وَاِنْ تُصِبْهُمْ حَسَنَةٌ یَّقُوْلُوْا هٰذِهٖ مِنْ عِنْدِ اللّٰهِ ۚ— وَاِنْ تُصِبْهُمْ سَیِّئَةٌ یَّقُوْلُوْا هٰذِهٖ مِنْ عِنْدِكَ ؕ— قُلْ كُلٌّ مِّنْ عِنْدِ اللّٰهِ ؕ— فَمَالِ هٰۤؤُلَآءِ الْقَوْمِ لَا یَكَادُوْنَ یَفْقَهُوْنَ حَدِیْثًا ۟
७८) तिमी जुन ठाउँमा भए पनि मृत्यु आएर तिमीलाई समातिहाल्छ, चाहे तिमी बलियो किल्लामा नै किन नबस । यदि तिनीहरूलाई कुनै फाइदाजनक कुरा प्राप्त हुन्छ भने भन्दछन् कि यो अल्लाहको तर्फबाट हो र यदि कुनै कष्ट पुग्दछ भने पुकारीहाल्छन् कि यो तिम्रो कारणले हो । भनिदेऊ कि सबै अल्लाहको तर्फबाट नै हो, यिनीहरूलाई के भएको छ कि कुनै कुरा बुझ्ने नजिक पनि छैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَاۤ اَصَابَكَ مِنْ حَسَنَةٍ فَمِنَ اللّٰهِ ؗ— وَمَاۤ اَصَابَكَ مِنْ سَیِّئَةٍ فَمِنْ نَّفْسِكَ ؕ— وَاَرْسَلْنٰكَ لِلنَّاسِ رَسُوْلًا ؕ— وَكَفٰی بِاللّٰهِ شَهِیْدًا ۟
७९) तिमीलाई जुन भलाई प्राप्त हुन्छ, त्यो अल्लाहबाटै हो र जे नराम्रो हुन्छ त्यो तिम्रो आफ्नै कारणले आउँछ । हामीले तपाईलाई सबै मानिसहरूसम्म सन्देश पुर्याउनका लागि पैगम्बरको रूपमा पठाएका छौं र (यस कुराको) साक्षी अल्लाह नै पर्याप्त छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት