Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ   አንቀጽ:
وَاِنِ امْرَاَةٌ خَافَتْ مِنْ بَعْلِهَا نُشُوْزًا اَوْ اِعْرَاضًا فَلَا جُنَاحَ عَلَیْهِمَاۤ اَنْ یُّصْلِحَا بَیْنَهُمَا صُلْحًا ؕ— وَالصُّلْحُ خَیْرٌ ؕ— وَاُحْضِرَتِ الْاَنْفُسُ الشُّحَّ ؕ— وَاِنْ تُحْسِنُوْا وَتَتَّقُوْا فَاِنَّ اللّٰهَ كَانَ بِمَا تَعْمَلُوْنَ خَبِیْرًا ۟
१२८) यदि कुनै स्त्रीलाई आफ्नो लोग्नेबाट अन्याय वा लापरवाहीको भय छ भने लोग्ने स्वास्नीले आपसमा जे सम्झौता गर्दछन् दुवैलाई कुनै गुनाह छैन, समझ्दारी बहुत राम्रो कुरा हो । सबै मानिसको मनमा लोभ प्रवृत्ति भरिएको छ । यदि तिमी असल व्यवहार र आत्मसंयमी बन्दछौ भने अल्लाहलाई तिम्रा सम्पूर्ण क्रियाकलापबारे थाहा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَنْ تَسْتَطِیْعُوْۤا اَنْ تَعْدِلُوْا بَیْنَ النِّسَآءِ وَلَوْ حَرَصْتُمْ فَلَا تَمِیْلُوْا كُلَّ الْمَیْلِ فَتَذَرُوْهَا كَالْمُعَلَّقَةِ ؕ— وَاِنْ تُصْلِحُوْا وَتَتَّقُوْا فَاِنَّ اللّٰهَ كَانَ غَفُوْرًا رَّحِیْمًا ۟
१२९) तिमीबाट यो सम्भव छैन कि आफ्ना सबै स्वास्नीहरूसित चाहँदा चाहँदै पनि समान रूपले न्याय गर्न सक, तसर्थ एउटैतिर ढल्केर अर्कोलाई अधकल्चोमा नछोडने गर र यदि तिमी सुधार गर्दछौ र आत्मसंयमी बन्दछौ भने अल्लाह निश्चय नै ठूलो क्षमादाता र दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنْ یَّتَفَرَّقَا یُغْنِ اللّٰهُ كُلًّا مِّنْ سَعَتِهٖ ؕ— وَكَانَ اللّٰهُ وَاسِعًا حَكِیْمًا ۟
१३०) यदि लोग्ने र स्वास्नी एक अर्काबाट छुटिन्छन् भने अल्लाहले प्रत्येकलाई आफ्नो अति दानशीलताले प्रशस्त साधन प्रदान गर्नेछ र अल्लाह अति उदारकर्ता र बुद्धिमत्ता सम्पन्न छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَلَقَدْ وَصَّیْنَا الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ مِنْ قَبْلِكُمْ وَاِیَّاكُمْ اَنِ اتَّقُوا اللّٰهَ ؕ— وَاِنْ تَكْفُرُوْا فَاِنَّ لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَكَانَ اللّٰهُ غَنِیًّا حَمِیْدًا ۟
१३१) आकाशहरू र धरतीका सबै वस्तु अल्लाहकै सम्पत्ति हुन् र वास्तवमा जसलाई तिमीभन्दा अगाडि ग्रन्थ प्रदान गरिएको थियो, तिनीहरूलाई र तिमीलाई पनि यही आदेश गरिएको छ कि अल्लाहसित डर मान्ने गर ? र यदि मान्दैनौ भने (यादराख कि) जे जति आकाशहरूमा र पृथ्वीमा छ, सबै अल्लाहकै हो । र अल्लाह सबै आवश्यकताहरूबाट मुक्त र सम्पूर्ण प्रशंसित छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَكَفٰی بِاللّٰهِ وَكِیْلًا ۟
१३२) जे जति आकाशहरूमा र पृथ्वीमा छन्, सबै अल्लाहकै अधीनमा छन् र सम्पूर्ण कार्य सम्पन्नताको लागि अल्लाह नै पर्याप्त छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ یَّشَاْ یُذْهِبْكُمْ اَیُّهَا النَّاسُ وَیَاْتِ بِاٰخَرِیْنَ ؕ— وَكَانَ اللّٰهُ عَلٰی ذٰلِكَ قَدِیْرًا ۟
१३३) हे मानिसहरू ! अल्लाहले चाहेको खण्डमा तिमीहरू सबैलाई समाप्त गर्न सक्दछ । र अरु मानिसहरूलाई सृष्टि गरी ल्याउन सक्दछ र अल्लाह यस कुरामा सर्वशक्ति सम्पन्न छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَنْ كَانَ یُرِیْدُ ثَوَابَ الدُّنْیَا فَعِنْدَ اللّٰهِ ثَوَابُ الدُّنْیَا وَالْاٰخِرَةِ ؕ— وَكَانَ اللّٰهُ سَمِیْعًا بَصِیْرًا ۟۠
१३४) यदि कुनै मानिस संसारिक लाभ प्राप्त गर्न चाहन्छ, भने अल्लाहसित संसार र परलोक (दुवै) को लागि पुरस्कार तयार छ । र अल्लाह धेरै सुन्ने र देख्नेवाला हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት