Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አት-ተውባህ   አንቀጽ:
رَضُوْا بِاَنْ یَّكُوْنُوْا مَعَ الْخَوَالِفِ وَطُبِعَ عَلٰی قُلُوْبِهِمْ فَهُمْ لَا یَفْقَهُوْنَ ۟
८७) उनीहरूले त पर्दाभित्र बस्ने स्त्रीहरूकै साथदिने कुरामा प्रसन्न भइहाले, र उनीहरूको हृदयमा छाप लगाइहालियो । अब उनीहरू केही बुझ्दैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لٰكِنِ الرَّسُوْلُ وَالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ جٰهَدُوْا بِاَمْوَالِهِمْ وَاَنْفُسِهِمْ ؕ— وَاُولٰٓىِٕكَ لَهُمُ الْخَیْرٰتُ ؗ— وَاُولٰٓىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ۟
८८) तर स्वयं रसूल (सन्देष्टा) र उनको साथमा ईमानवालाहरूले आफ्नो माल र ज्यानसित जिहाद गर्दछन् । यी व्यक्तिहरू नै भलाईवाला हुन् र यी मानिसहरू नै सफलता प्राप्त गर्नेवाला हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَعَدَّ اللّٰهُ لَهُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— ذٰلِكَ الْفَوْزُ الْعَظِیْمُ ۟۠
८९) यिनीहरूकै निम्ति अल्लाहले ती स्वर्गहरू तयार गरेको छ, जसमुनि नहरहरू बगिराखेका छन् जसमा यिनीहरू सधैं रहनेछन् । यही ठूलो सफलता हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَجَآءَ الْمُعَذِّرُوْنَ مِنَ الْاَعْرَابِ لِیُؤْذَنَ لَهُمْ وَقَعَدَ الَّذِیْنَ كَذَبُوا اللّٰهَ وَرَسُوْلَهٗ ؕ— سَیُصِیْبُ الَّذِیْنَ كَفَرُوْا مِنْهُمْ عَذَابٌ اَلِیْمٌ ۟
९०) बहाना बनाउने केही अज्ञान पनि आए ताकि उनीहरूलाई विदा दिइयोस् र जो अल्लाह र उसको रसूलसँग झूठा कुरा गरे, उनीहरू पनि बसिराखे । उनीहरूमध्ये जसले इन्कार गरे तिनीहरूलाई शिघ्र नै एउटा दुःखद यातना पुगेर नै छाड्नेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَیْسَ عَلَی الضُّعَفَآءِ وَلَا عَلَی الْمَرْضٰی وَلَا عَلَی الَّذِیْنَ لَا یَجِدُوْنَ مَا یُنْفِقُوْنَ حَرَجٌ اِذَا نَصَحُوْا لِلّٰهِ وَرَسُوْلِهٖ ؕ— مَا عَلَی الْمُحْسِنِیْنَ مِنْ سَبِیْلٍ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟ۙ
९१) कम्जोर र रोगीहरूमाथि र उनीहरूमाथि जसको पासमा खर्च गर्नको निम्ति केही पनि छैन, कुनै दोष छैन, यस शर्तका साथ कि उनीहरू अल्लाह र उसका रसूलप्रति निष्ठावान् छन् । यस्ता असल काम गर्नेहरूमाथि दोषको कुनै गुन्जाइस छैन । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّلَا عَلَی الَّذِیْنَ اِذَا مَاۤ اَتَوْكَ لِتَحْمِلَهُمْ قُلْتَ لَاۤ اَجِدُ مَاۤ اَحْمِلُكُمْ عَلَیْهِ ۪— تَوَلَّوْا وَّاَعْیُنُهُمْ تَفِیْضُ مِنَ الدَّمْعِ حَزَنًا اَلَّا یَجِدُوْا مَا یُنْفِقُوْنَ ۟ؕ
९२) र न त उनीहरूमाथि कुनै दोष लाग्छ जो तपाईंको पासमा आउँछन् कि तपाईंले उनीहरूको निम्ति सवारीको प्रबन्ध गरिदिनुस् अनि तपाईंले जवाफ दिनुहुन्छ कि म तिमीहरूको सवारीको निम्ति केही पनि पाउन्न, त उनीहरू दुःखद अवस्थामा आँखाबाट आँसु बगाउँदै फर्कन्छन् कि उनीहरूसित खर्च गर्नको निम्ति केही पनि उपलब्ध छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّمَا السَّبِیْلُ عَلَی الَّذِیْنَ یَسْتَاْذِنُوْنَكَ وَهُمْ اَغْنِیَآءُ ۚ— رَضُوْا بِاَنْ یَّكُوْنُوْا مَعَ الْخَوَالِفِ ۙ— وَطَبَعَ اللّٰهُ عَلٰی قُلُوْبِهِمْ فَهُمْ لَا یَعْلَمُوْنَ ۟
९३) निःसन्देह दोष त मात्रै उनीहरूमाथि छ जो सम्पन्न (धनवान) हुँदा–हुँदै पनि तपाईंसित विदा माँग्दछन् । यिनीहरू त पर्दाभित्र घरमा बसिराख्ने स्त्रीहरूको साथदिनुमा खुशी छन् र उनीहरूको हृदयमा अल्लाहले छाप (मुहर) लगाईसकेको छ, जसबाट तिनीहरू अज्ञान भइसकेका छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አት-ተውባህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት