Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አት-ተውባህ   አንቀጽ:
لَقَدِ ابْتَغَوُا الْفِتْنَةَ مِنْ قَبْلُ وَقَلَّبُوْا لَكَ الْاُمُوْرَ حَتّٰی جَآءَ الْحَقُّ وَظَهَرَ اَمْرُ اللّٰهِ وَهُمْ كٰرِهُوْنَ ۟
४८) यिनीहरू त यसभन्दा पहिला पनि उपद्रव मचाउँदै गरेका हुन् र तिम्रो विरुद्ध कार्य एवं कुराहरूलाई तलमाथि गरिराखेका थिए । यहाँसम्मकि हक (सच्चाई) आइपुग्यो र अल्लाहको आदेश प्रभावी भयो, यद्यपि उनीहरूलाई अप्रिय नै लागिराख्यो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمِنْهُمْ مَّنْ یَّقُوْلُ ائْذَنْ لِّیْ وَلَا تَفْتِنِّیْ ؕ— اَلَا فِی الْفِتْنَةِ سَقَطُوْا ؕ— وَاِنَّ جَهَنَّمَ لَمُحِیْطَةٌ بِالْكٰفِرِیْنَ ۟
४९) उनीहरूमध्ये कोही त भन्दछन्ः मलाई अनुमति दिनुस् र मलाई उपद्रवमा नअल्झाउनुस् । सावधान रहनु कि उनीहरू त (कपटको) विवादमा परिसकेका छन्, र निश्चय नै नर्कले पनि इन्कार गर्नेहरूलाई घेरिहाल्नेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ تُصِبْكَ حَسَنَةٌ تَسُؤْهُمْ ۚ— وَاِنْ تُصِبْكَ مُصِیْبَةٌ یَّقُوْلُوْا قَدْ اَخَذْنَاۤ اَمْرَنَا مِنْ قَبْلُ وَیَتَوَلَّوْا وَّهُمْ فَرِحُوْنَ ۟
५०) तपाईंलाई यदि राम्रो अवस्था आउँछ भने उनीहरूलाई नराम्रो लाग्छ र कुनै नराम्रो कुरा आइपुग्छ भने उनीहरू भन्छन्ः ‘‘हामीले त आफ्नो काम पहिले नै राम्रो पारिसकेका थियौं ।’’ र उनीहरू खुशी भएर फर्कन्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ لَّنْ یُّصِیْبَنَاۤ اِلَّا مَا كَتَبَ اللّٰهُ لَنَا ۚ— هُوَ مَوْلٰىنَا ۚ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟
५१) तपाई भनिदिनुस् हामीलाई अल्लाहले हाम्रो निम्ति लेखिदिए बाहेक अरु कुनै कुरा पुग्न सक्दैन । उही हाम्रो स्वामी र योजनाकार हो । र ईमानवालाहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ هَلْ تَرَبَّصُوْنَ بِنَاۤ اِلَّاۤ اِحْدَی الْحُسْنَیَیْنِ ؕ— وَنَحْنُ نَتَرَبَّصُ بِكُمْ اَنْ یُّصِیْبَكُمُ اللّٰهُ بِعَذَابٍ مِّنْ عِنْدِهٖۤ اَوْ بِاَیْدِیْنَا ۖؗۗ— فَتَرَبَّصُوْۤا اِنَّا مَعَكُمْ مُّتَرَبِّصُوْنَ ۟
५२) भनिदिनुस् तिमीहरू हाम्रो बारेमा जुन कुराको प्रतीक्षा गरिराखेका छौ, त्यो दुईटा भलाईहरूमध्ये एउटा हो र हामी तिम्रो हकमा प्रतीक्षा गर्दछौं कि या त अल्लाहले आफ्नो तर्फबाट कुनै यातना तिमीलाई देओस् वा हाम्रो हातबाट, तसर्थ एकातिर तिमी प्रतीक्षारत रह अर्कोतिर तिम्रो साथमा हामी पनि प्रतीक्षारत छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اَنْفِقُوْا طَوْعًا اَوْ كَرْهًا لَّنْ یُّتَقَبَّلَ مِنْكُمْ ؕ— اِنَّكُمْ كُنْتُمْ قَوْمًا فٰسِقِیْنَ ۟
५३) भनिदिनुस् तिमी चाहे स्वेच्छापूर्वक खर्च गर वा अनिच्छापूर्वक, तिमीबाट केही पनि स्वीकार गरिने छैन । निःसन्देह तिमी अवज्ञाकारी (दुराचारी) हौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا مَنَعَهُمْ اَنْ تُقْبَلَ مِنْهُمْ نَفَقٰتُهُمْ اِلَّاۤ اَنَّهُمْ كَفَرُوْا بِاللّٰهِ وَبِرَسُوْلِهٖ وَلَا یَاْتُوْنَ الصَّلٰوةَ اِلَّا وَهُمْ كُسَالٰی وَلَا یُنْفِقُوْنَ اِلَّا وَهُمْ كٰرِهُوْنَ ۟
५४) उनीहरूको खर्च स्वीकार्य हुनुमा यसबाहेक अरु कुनै कुरा बाधक छैन, कि उनीहरू अल्लाह र उसको रसूलको अवज्ञाकारी हुन् । र नमाजमा धेरै अल्छी भएर आउँछन् र खर्च गर्नुपर्दा पनि अनिच्छापूर्वक गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አት-ተውባህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት