Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አት-ተውባህ   አንቀጽ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا قَاتِلُوا الَّذِیْنَ یَلُوْنَكُمْ مِّنَ الْكُفَّارِ وَلْیَجِدُوْا فِیْكُمْ غِلْظَةً ؕ— وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ مَعَ الْمُتَّقِیْنَ ۟
१२३) हे मोमिनहरू ! आफ्नो आसपासका काफिरहरूसँग युद्ध गर र तिनीहरूले तिमीमा कठोरता पाउनुपर्छ र जानिराख कि अल्लाह परहेजगारहरूको साथमा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذَا مَاۤ اُنْزِلَتْ سُوْرَةٌ فَمِنْهُمْ مَّنْ یَّقُوْلُ اَیُّكُمْ زَادَتْهُ هٰذِهٖۤ اِیْمَانًا ۚ— فَاَمَّا الَّذِیْنَ اٰمَنُوْا فَزَادَتْهُمْ اِیْمَانًا وَّهُمْ یَسْتَبْشِرُوْنَ ۟
१२४) र जब कुनै सूरः अवतरित हुन्छ त केही कपटीहरूले भन्दछन्ः कि यस सूरःले तिमीहरूमध्ये कसको ईमानमा अभिवृद्धि गरेको छ ? हो, जो ईमानवाला छन् तिनीहरूको ईमानमा वृद्धि गरेको छ, र तिनीहरू प्रसन्न हुने गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاَمَّا الَّذِیْنَ فِیْ قُلُوْبِهِمْ مَّرَضٌ فَزَادَتْهُمْ رِجْسًا اِلٰی رِجْسِهِمْ وَمَاتُوْا وَهُمْ كٰفِرُوْنَ ۟
१२५) र जुन मानिसहरूको हृदयमा रोग छ, यस सूरहले तिनीहरूको निम्ति फोहरमाथि फोहरको वृद्धि गर्यो र तिनीहरू काफिर भएकै अवस्थामा नै मरे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَوَلَا یَرَوْنَ اَنَّهُمْ یُفْتَنُوْنَ فِیْ كُلِّ عَامٍ مَّرَّةً اَوْ مَرَّتَیْنِ ثُمَّ لَا یَتُوْبُوْنَ وَلَا هُمْ یَذَّكَّرُوْنَ ۟
१२६) र के यिनीहरूले देख्दैनन् कि यिनीहरू प्रत्येक वर्ष एक दुई पटक कुनै नकुनै संकटमा पर्ने गर्दछन्, तै पनि प्रायश्चित गर्दैनन् र न उपदेश नै ग्रहण गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذَا مَاۤ اُنْزِلَتْ سُوْرَةٌ نَّظَرَ بَعْضُهُمْ اِلٰی بَعْضٍ ؕ— هَلْ یَرٰىكُمْ مِّنْ اَحَدٍ ثُمَّ انْصَرَفُوْا ؕ— صَرَفَ اللّٰهُ قُلُوْبَهُمْ بِاَنَّهُمْ قَوْمٌ لَّا یَفْقَهُوْنَ ۟
१२७) र जब कुनै सूरः अवतरित हुन्छ त एकअर्कातिर हेर्न थाल्दछन् (र सोध्छन्) ‘‘के कसैले तिमीलाई देख्दछ? फेरि हिंडी हाल्छन् । अल्लाहले तिनीहरूको हृदयलाई मोडिदिएको छ, किनभने यिनीहरू यस्ता मानिस हुन् जसले बुद्धिले काम लिंदैनन् (बुझ्दैनन्)।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَقَدْ جَآءَكُمْ رَسُوْلٌ مِّنْ اَنْفُسِكُمْ عَزِیْزٌ عَلَیْهِ مَا عَنِتُّمْ حَرِیْصٌ عَلَیْكُمْ بِالْمُؤْمِنِیْنَ رَءُوْفٌ رَّحِیْمٌ ۟
१२८) (हे मानिसहरू हो !) तिमीहरूको माझमा तिमीहरूमध्येबाटै एउटा पैगम्बर आएका छन् । तिम्रो पीडाबाट उनी दुःखी हुन्छन् र तिम्रो भलोको निम्ति चिन्तित रहन्छन्, र ईमानवालाहरूलाई निकै मायाँ गर्ने र दयालु छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاِنْ تَوَلَّوْا فَقُلْ حَسْبِیَ اللّٰهُ ۖؗ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— عَلَیْهِ تَوَكَّلْتُ وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِیْمِ ۟۠
१२९) तर यदि तिनीहरू विमुख हुन्छन् भने, भनिदिनुस् कि अल्लाह मेरो निम्ति पर्याप्त छ । उस बाहेक अरु कोही पूजनीय छैन । उसैमाथि मेरो भरोसा छ, र ऊ ठूलो अर्श (सिंहासन) को मालिक हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አት-ተውባህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት