ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
123 : 9

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا قَاتِلُوا الَّذِیْنَ یَلُوْنَكُمْ مِّنَ الْكُفَّارِ وَلْیَجِدُوْا فِیْكُمْ غِلْظَةً ؕ— وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ مَعَ الْمُتَّقِیْنَ ۟

१२३) हे मोमिनहरू ! आफ्नो आसपासका काफिरहरूसँग युद्ध गर र तिनीहरूले तिमीमा कठोरता पाउनुपर्छ र जानिराख कि अल्लाह परहेजगारहरूको साथमा छ । info
التفاسير:

external-link copy
124 : 9

وَاِذَا مَاۤ اُنْزِلَتْ سُوْرَةٌ فَمِنْهُمْ مَّنْ یَّقُوْلُ اَیُّكُمْ زَادَتْهُ هٰذِهٖۤ اِیْمَانًا ۚ— فَاَمَّا الَّذِیْنَ اٰمَنُوْا فَزَادَتْهُمْ اِیْمَانًا وَّهُمْ یَسْتَبْشِرُوْنَ ۟

१२४) र जब कुनै सूरः अवतरित हुन्छ त केही कपटीहरूले भन्दछन्ः कि यस सूरःले तिमीहरूमध्ये कसको ईमानमा अभिवृद्धि गरेको छ ? हो, जो ईमानवाला छन् तिनीहरूको ईमानमा वृद्धि गरेको छ, र तिनीहरू प्रसन्न हुने गर्दछन् । info
التفاسير:

external-link copy
125 : 9

وَاَمَّا الَّذِیْنَ فِیْ قُلُوْبِهِمْ مَّرَضٌ فَزَادَتْهُمْ رِجْسًا اِلٰی رِجْسِهِمْ وَمَاتُوْا وَهُمْ كٰفِرُوْنَ ۟

१२५) र जुन मानिसहरूको हृदयमा रोग छ, यस सूरहले तिनीहरूको निम्ति फोहरमाथि फोहरको वृद्धि गर्यो र तिनीहरू काफिर भएकै अवस्थामा नै मरे । info
التفاسير:

external-link copy
126 : 9

اَوَلَا یَرَوْنَ اَنَّهُمْ یُفْتَنُوْنَ فِیْ كُلِّ عَامٍ مَّرَّةً اَوْ مَرَّتَیْنِ ثُمَّ لَا یَتُوْبُوْنَ وَلَا هُمْ یَذَّكَّرُوْنَ ۟

१२६) र के यिनीहरूले देख्दैनन् कि यिनीहरू प्रत्येक वर्ष एक दुई पटक कुनै नकुनै संकटमा पर्ने गर्दछन्, तै पनि प्रायश्चित गर्दैनन् र न उपदेश नै ग्रहण गर्दछन् । info
التفاسير:

external-link copy
127 : 9

وَاِذَا مَاۤ اُنْزِلَتْ سُوْرَةٌ نَّظَرَ بَعْضُهُمْ اِلٰی بَعْضٍ ؕ— هَلْ یَرٰىكُمْ مِّنْ اَحَدٍ ثُمَّ انْصَرَفُوْا ؕ— صَرَفَ اللّٰهُ قُلُوْبَهُمْ بِاَنَّهُمْ قَوْمٌ لَّا یَفْقَهُوْنَ ۟

१२७) र जब कुनै सूरः अवतरित हुन्छ त एकअर्कातिर हेर्न थाल्दछन् (र सोध्छन्) ‘‘के कसैले तिमीलाई देख्दछ? फेरि हिंडी हाल्छन् । अल्लाहले तिनीहरूको हृदयलाई मोडिदिएको छ, किनभने यिनीहरू यस्ता मानिस हुन् जसले बुद्धिले काम लिंदैनन् (बुझ्दैनन्)। info
التفاسير:

external-link copy
128 : 9

لَقَدْ جَآءَكُمْ رَسُوْلٌ مِّنْ اَنْفُسِكُمْ عَزِیْزٌ عَلَیْهِ مَا عَنِتُّمْ حَرِیْصٌ عَلَیْكُمْ بِالْمُؤْمِنِیْنَ رَءُوْفٌ رَّحِیْمٌ ۟

१२८) (हे मानिसहरू हो !) तिमीहरूको माझमा तिमीहरूमध्येबाटै एउटा पैगम्बर आएका छन् । तिम्रो पीडाबाट उनी दुःखी हुन्छन् र तिम्रो भलोको निम्ति चिन्तित रहन्छन्, र ईमानवालाहरूलाई निकै मायाँ गर्ने र दयालु छन् । info
التفاسير:

external-link copy
129 : 9

فَاِنْ تَوَلَّوْا فَقُلْ حَسْبِیَ اللّٰهُ ۖؗ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— عَلَیْهِ تَوَكَّلْتُ وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِیْمِ ۟۠

१२९) तर यदि तिनीहरू विमुख हुन्छन् भने, भनिदिनुस् कि अल्लाह मेरो निम्ति पर्याप्त छ । उस बाहेक अरु कोही पूजनीय छैन । उसैमाथि मेरो भरोसा छ, र ऊ ठूलो अर्श (सिंहासन) को मालिक हो । info
التفاسير: