ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
112 : 9

اَلتَّآىِٕبُوْنَ الْعٰبِدُوْنَ الْحٰمِدُوْنَ السَّآىِٕحُوْنَ الرّٰكِعُوْنَ السّٰجِدُوْنَ الْاٰمِرُوْنَ بِالْمَعْرُوْفِ وَالنَّاهُوْنَ عَنِ الْمُنْكَرِ وَالْحٰفِظُوْنَ لِحُدُوْدِ اللّٰهِ ؕ— وَبَشِّرِ الْمُؤْمِنِیْنَ ۟

११२) प्रायश्चित गर्नेहरू, उपासना गर्नेहरू, (अल्लाहको) प्रशंसा गर्नेहरू, उपवास बस्नेहरू, (अथवा सत्मार्गमा यात्रा गर्नेहरू) रुकूअ् गर्नेहरू, ढोगनेहरू सत्कर्मको उपदेश दिनेहरू र दुष्कर्मबाट रोक्नेहरू, अल्लाहका सीमाहरूको (अल्लाहले निर्धारित गरेको सीमाको) रक्षा गर्नेहरू (मोमिन हुन्), र हे मुहम्मद मोमिनहरूलाई स्वर्गको शुभसन्देश सुनाइदिनुस् । info
التفاسير:

external-link copy
113 : 9

مَا كَانَ لِلنَّبِیِّ وَالَّذِیْنَ اٰمَنُوْۤا اَنْ یَّسْتَغْفِرُوْا لِلْمُشْرِكِیْنَ وَلَوْ كَانُوْۤا اُولِیْ قُرْبٰی مِنْ بَعْدِ مَا تَبَیَّنَ لَهُمْ اَنَّهُمْ اَصْحٰبُ الْجَحِیْمِ ۟

११३) सन्देष्टा र अन्य मुसलमानलाई उचित छैन कि मुश्रिकहरूको लागि क्षमा याचना गरुन्, जबकि यो प्रकट भइसकेको छ कि तिनीहरू नारकिय हुन् चाहे तिनीहरू नजिकका नातेदार नै किन नहोऊन् । info
التفاسير:

external-link copy
114 : 9

وَمَا كَانَ اسْتِغْفَارُ اِبْرٰهِیْمَ لِاَبِیْهِ اِلَّا عَنْ مَّوْعِدَةٍ وَّعَدَهَاۤ اِیَّاهُ ۚ— فَلَمَّا تَبَیَّنَ لَهٗۤ اَنَّهٗ عَدُوٌّ لِّلّٰهِ تَبَرَّاَ مِنْهُ ؕ— اِنَّ اِبْرٰهِیْمَ لَاَوَّاهٌ حَلِیْمٌ ۟

११४) र इब्राहीमले आफ्नो पिताको निम्ति क्षमायाचना गरेको कुरा त एउटा वाचाको कारणले थियो, जुन उनले ऊसँग गरिसकेका थिए, तर जब उनलाई थाहा भयो कि ऊ अल्लाहको शत्रु हो । त त्यसबाट अलग भइहाले । यसमा कुनै सन्देह छैन कि इब्राहीम(अलैहिस्सलाम) धेरै कोमल हृदयका र सहनशील थिए । info
التفاسير:

external-link copy
115 : 9

وَمَا كَانَ اللّٰهُ لِیُضِلَّ قَوْمًا بَعْدَ اِذْ هَدٰىهُمْ حَتّٰی یُبَیِّنَ لَهُمْ مَّا یَتَّقُوْنَ ؕ— اِنَّ اللّٰهَ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟

११५) र अल्लाह यस्तो गर्दैन कि कुनै कौमलाई मार्गदर्शन गरेपछि, मार्ग विचलित गरोस् जबसम्म तिनीहरूलाई त्यो कुरा न भनिहालोस् जसबाट कि उनीहरू पंछिनु पर्छ । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ । info
التفاسير:

external-link copy
116 : 9

اِنَّ اللّٰهَ لَهٗ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— یُحْیٖ وَیُمِیْتُ ؕ— وَمَا لَكُمْ مِّنْ دُوْنِ اللّٰهِ مِنْ وَّلِیٍّ وَّلَا نَصِیْرٍ ۟

११६) निःसंदेह अल्लाह नै हो जसलाई आकाशहरू र पृथ्वीमाथि अधिपत्य प्राप्त छ । उसैले जिन्दगी प्रदान गर्दछ र मृत्यु दिन्छ, अल्लाह बाहेक तिम्रो अरु कोही मित्र र सहायता दिनेवाला छैन । info
التفاسير:

external-link copy
117 : 9

لَقَدْ تَّابَ اللّٰهُ عَلَی النَّبِیِّ وَالْمُهٰجِرِیْنَ وَالْاَنْصَارِ الَّذِیْنَ اتَّبَعُوْهُ فِیْ سَاعَةِ الْعُسْرَةِ مِنْ بَعْدِ مَا كَادَ یَزِیْغُ قُلُوْبُ فَرِیْقٍ مِّنْهُمْ ثُمَّ تَابَ عَلَیْهِمْ ؕ— اِنَّهٗ بِهِمْ رَءُوْفٌ رَّحِیْمٌ ۟ۙ

११७) अल्लाहले पैगम्बरमाथि कृपा गरेको छ, र मुहाजिर तथा अन्सारहरूमाथि पनि, जसले संकटको अवस्थामा उहाँको साथ दिए यसको बावजूद कि तिनीहरूमध्ये केहीका हृदयहरू झण्डै विमुख हुने अवस्थामा थिए, फेरि अल्लाहले तिनीहरूमाथि दया गर्यो । निःसन्देह ऊ तिनीहरूलाई धेरै माया गर्नेवाला र दयावान छ । info
التفاسير: