ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
62 : 9

یَحْلِفُوْنَ بِاللّٰهِ لَكُمْ لِیُرْضُوْكُمْ ۚ— وَاللّٰهُ وَرَسُوْلُهٗۤ اَحَقُّ اَنْ یُّرْضُوْهُ اِنْ كَانُوْا مُؤْمِنِیْنَ ۟

६२) उनीहरूले तिमीलाई खुशी पार्नको निम्ति मात्र तिम्रो अगाडि अल्लाहको शपथ खान्छन् । जबकि यदि यिनी ईमानदार भएको भए अल्लाह र उसको रसूललाई खुशी पार्न धेरै हकदार हुन्थे । info
التفاسير:

external-link copy
63 : 9

اَلَمْ یَعْلَمُوْۤا اَنَّهٗ مَنْ یُّحَادِدِ اللّٰهَ وَرَسُوْلَهٗ فَاَنَّ لَهٗ نَارَ جَهَنَّمَ خَالِدًا فِیْهَا ؕ— ذٰلِكَ الْخِزْیُ الْعَظِیْمُ ۟

६३) के यिनीहरू जान्दैनन् कि जो पनि अल्लाह र उसको रसूलको विरोध गर्नेछ, उसको निम्ति निश्चय नै नर्कको आगो छ जसमा तिनी सँधैं रहनेवाला छन् । यो ठूलो अपमानजनक कुरा हो । info
التفاسير:

external-link copy
64 : 9

یَحْذَرُ الْمُنٰفِقُوْنَ اَنْ تُنَزَّلَ عَلَیْهِمْ سُوْرَةٌ تُنَبِّئُهُمْ بِمَا فِیْ قُلُوْبِهِمْ ؕ— قُلِ اسْتَهْزِءُوْا ۚ— اِنَّ اللّٰهَ مُخْرِجٌ مَّا تَحْذَرُوْنَ ۟

६४) मुनाफिकहरू (कपटी)लाई सधैं यस कुराको भय रहन्छ कि मुसलमानहरूमाथि यस्तो सूराः अवतरित नहोस् जसले उनीहरूको हृदयका कुरा यिनीहरूलाई बताइदेओस् । भनिदिनुस् तिमी खिल्ली उडाइराख, निःसन्देह महान अल्लाह त्यसलाई प्रकट गर्नेवाला छ, जुन कुराको तिमीलाई भय छ । info
التفاسير:

external-link copy
65 : 9

وَلَىِٕنْ سَاَلْتَهُمْ لَیَقُوْلُنَّ اِنَّمَا كُنَّا نَخُوْضُ وَنَلْعَبُ ؕ— قُلْ اَبِاللّٰهِ وَاٰیٰتِهٖ وَرَسُوْلِهٖ كُنْتُمْ تَسْتَهْزِءُوْنَ ۟

६५) यदि तपाईंले उनीहरूसंग सोध्नुहुन्छ भने स्पष्ट भन्नेछन् कि हामी त यस्तै आपसमा हाँसोठट्टा(खेल) गरिराखेका थियौं । भन्नुस्ः ‘‘के अल्लाह, उसका आयतहरू र उसको रसूल नै तिम्रो लागि हाँसोखेलका पात्र हुन् ? info
التفاسير:

external-link copy
66 : 9

لَا تَعْتَذِرُوْا قَدْ كَفَرْتُمْ بَعْدَ اِیْمَانِكُمْ ؕ— اِنْ نَّعْفُ عَنْ طَآىِٕفَةٍ مِّنْكُمْ نُعَذِّبْ طَآىِٕفَةًۢ بِاَنَّهُمْ كَانُوْا مُجْرِمِیْنَ ۟۠

६६) तिमी बहाना नबनाऊ, निश्चय नै तिमीले ईमान ल्याएपछि काफिर भएका हौ । यदि हामीले तिमीमध्ये केहीलाई क्षमा पनि गरिहालें भने केहीलाई उनको कसूरको लागि यातना दिएर नै छाड्ने छौं किनभने उनीहरू अपराधी हुन् । info
التفاسير:

external-link copy
67 : 9

اَلْمُنٰفِقُوْنَ وَالْمُنٰفِقٰتُ بَعْضُهُمْ مِّنْ بَعْضٍ ۘ— یَاْمُرُوْنَ بِالْمُنْكَرِ وَیَنْهَوْنَ عَنِ الْمَعْرُوْفِ وَیَقْبِضُوْنَ اَیْدِیَهُمْ ؕ— نَسُوا اللّٰهَ فَنَسِیَهُمْ ؕ— اِنَّ الْمُنٰفِقِیْنَ هُمُ الْفٰسِقُوْنَ ۟

६७) सबै कप्टी पुरुष र स्त्री आपसमा एक समान छन् । यिनीहरूले नराम्रो कामगर्न लगाउँछन् र राम्रो कुराबाट रोक्छन् र कन्जूसी गर्दछन् । उनीहरूले अल्लाहलाई बिर्सिहालेछन् त अल्लाहले पनि उनीहरूलाई बिर्सिदियो । निश्चय नै मुनाफिक, अवज्ञाकारी र चरित्रहीन छन् । info
التفاسير:

external-link copy
68 : 9

وَعَدَ اللّٰهُ الْمُنٰفِقِیْنَ وَالْمُنٰفِقٰتِ وَالْكُفَّارَ نَارَ جَهَنَّمَ خٰلِدِیْنَ فِیْهَا ؕ— هِیَ حَسْبُهُمْ ۚ— وَلَعَنَهُمُ اللّٰهُ ۚ— وَلَهُمْ عَذَابٌ مُّقِیْمٌ ۟ۙ

६८) महान अल्लाहले यी मुनाफिक पुरुष, स्त्री र काफिरहरूसित नर्कको आगोको वाचा गरिसकेको छ । जहाँ यिनीहरू सधैं रहनेछन्, त्यही नै यिनीहरूको निम्ति पर्याप्त छ । उनीहरूमाथि अल्लाहको धिक्कार छ । र यिनीहरूकै निम्ति स्थायी यातना (सजाय) छ । info
التفاسير: