ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
27 : 9

ثُمَّ یَتُوْبُ اللّٰهُ مِنْ بَعْدِ ذٰلِكَ عَلٰی مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟

२७) अनि त्यस पश्चात पनि जसमाथि अल्लाह चाहन्छ आफ्नो दया गर्छ । र अल्लाह अत्यन्त क्षमाशील र दयावान छ । info
التفاسير:

external-link copy
28 : 9

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنَّمَا الْمُشْرِكُوْنَ نَجَسٌ فَلَا یَقْرَبُوا الْمَسْجِدَ الْحَرَامَ بَعْدَ عَامِهِمْ هٰذَا ۚ— وَاِنْ خِفْتُمْ عَیْلَةً فَسَوْفَ یُغْنِیْكُمُ اللّٰهُ مِنْ فَضْلِهٖۤ اِنْ شَآءَ ؕ— اِنَّ اللّٰهَ عَلِیْمٌ حَكِیْمٌ ۟

२८) हे ईमानवालाहरू ! निःसन्देह मुश्रिकहरू बिल्कुलै अपवित्र छन् । अतः यस वर्ष पश्चात उनीहरू मस्जिदे हरामको समीप पनि आउन नपाउँन् । र यदि तिमीलाई निर्धनताको भय छ भने चाहेको खण्डमा अल्लाहले तिमीलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ । निश्चय नै अल्लाह सबै कुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ । info
التفاسير:

external-link copy
29 : 9

قَاتِلُوا الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِاللّٰهِ وَلَا بِالْیَوْمِ الْاٰخِرِ وَلَا یُحَرِّمُوْنَ مَا حَرَّمَ اللّٰهُ وَرَسُوْلُهٗ وَلَا یَدِیْنُوْنَ دِیْنَ الْحَقِّ مِنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ حَتّٰی یُعْطُوا الْجِزْیَةَ عَنْ یَّدٍ وَّهُمْ صٰغِرُوْنَ ۟۠

२९) अहले किताबका मानिसहरूमध्ये उनीहरूसित युद्ध गर, जो अल्लाहमाथि र अन्तिम दिनमाथि आस्था राख्दैनन् । अनि अल्लाह र उसको रसूलले अवैध ठहराएका कुरालाई अवैध ठहराउँदैनन् र नत सत्य धर्मको अनुपालन गर्दछन्, जबसम्मकि पराजित भई तिनीहरूले जिजया (सुरक्षाकर) तिर्दैनन् । info
التفاسير:

external-link copy
30 : 9

وَقَالَتِ الْیَهُوْدُ عُزَیْرُ ١بْنُ اللّٰهِ وَقَالَتِ النَّصٰرَی الْمَسِیْحُ ابْنُ اللّٰهِ ؕ— ذٰلِكَ قَوْلُهُمْ بِاَفْوَاهِهِمْ ۚ— یُضَاهِـُٔوْنَ قَوْلَ الَّذِیْنَ كَفَرُوْا مِنْ قَبْلُ ؕ— قَاتَلَهُمُ اللّٰهُ ۚ— اَنّٰی یُؤْفَكُوْنَ ۟

३०) यहुदी भन्दछन्ः उजैर अल्लाहको छोरा हुन् । र ईसाई भन्दछन्ः मसीह अल्लाहको छोरा हुन् । यो वचन उनीहरूको आफ्नै मुखको कुरा हो । यिनीहरूले ती मानिसहरूको कुरा गरिरहेका छन् जसले यसभन्दा अघि इन्कार गरिसकेका छन् । अल्लाहले यिनीहरूलाई खतम पार्नेछ ! अतः यिनीहरू कता भौतारिदैछन् ? info
التفاسير:

external-link copy
31 : 9

اِتَّخَذُوْۤا اَحْبَارَهُمْ وَرُهْبَانَهُمْ اَرْبَابًا مِّنْ دُوْنِ اللّٰهِ وَالْمَسِیْحَ ابْنَ مَرْیَمَ ۚ— وَمَاۤ اُمِرُوْۤا اِلَّا لِیَعْبُدُوْۤا اِلٰهًا وَّاحِدًا ۚ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— سُبْحٰنَهٗ عَمَّا یُشْرِكُوْنَ ۟

३१) यिनीहरूले अल्लाहलाई छाडेर आफ्ना पादरी र सन्तहरू र मरियमको छोरा मसीहलाई आफ्नो पालनहार बनाए, जबकि यिनीहरूलाई मात्र एक एकलै अल्लाहकै उपासनाको आदेश दिइएको थियो, जस बाहेक कोही सत्य पूजनीय छैन । ऊ उनीहरूको साझेदार ठहराउने कार्यबाट पवित्र छ । info
التفاسير: