Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាត់តាវហ្ពះ   អាយ៉ាត់:
وَالسّٰبِقُوْنَ الْاَوَّلُوْنَ مِنَ الْمُهٰجِرِیْنَ وَالْاَنْصَارِ وَالَّذِیْنَ اتَّبَعُوْهُمْ بِاِحْسَانٍ ۙ— رَّضِیَ اللّٰهُ عَنْهُمْ وَرَضُوْا عَنْهُ وَاَعَدَّ لَهُمْ جَنّٰتٍ تَجْرِیْ تَحْتَهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— ذٰلِكَ الْفَوْزُ الْعَظِیْمُ ۟
१००) र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति अल्लाहले यस्ता बगैंचाहरू तयार गरेको छ जसमुनि नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمِمَّنْ حَوْلَكُمْ مِّنَ الْاَعْرَابِ مُنٰفِقُوْنَ ۛؕ— وَمِنْ اَهْلِ الْمَدِیْنَةِ ؔۛ۫— مَرَدُوْا عَلَی النِّفَاقِ ۫— لَا تَعْلَمُهُمْ ؕ— نَحْنُ نَعْلَمُهُمْ ؕ— سَنُعَذِّبُهُمْ مَّرَّتَیْنِ ثُمَّ یُرَدُّوْنَ اِلٰی عَذَابٍ عَظِیْمٍ ۟ۚ
१०१) र केही तिम्रा छरछिमेकका र केही मदीनाका बासिन्दाहरूमा पनि पाखण्डी बहुमुखीहरू छन् । तपाईंले तिनीहरूलाई जान्नुहुँदैन, हामी तिनीहरूलाई जान्दछौं, हामी तिनीहरूलाई दोब्बर सजाय दिनेछौं, अनि तिनीहरू झन् ठूलो सजायतिर लगिने छन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاٰخَرُوْنَ اعْتَرَفُوْا بِذُنُوْبِهِمْ خَلَطُوْا عَمَلًا صَالِحًا وَّاٰخَرَ سَیِّئًا ؕ— عَسَی اللّٰهُ اَنْ یَّتُوْبَ عَلَیْهِمْ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१०२) र केही अरु मानिसहरू छन् जसले कि आफ्ना त्रुटिहरू स्पष्टरूपले स्वीकार गर्दछन्, जसले असल र खराब दुवै किसिमका काम गरेका थिए । आशा छ कि अल्लाहले तिनीहरूको पश्चाताप स्वीकार गर्नेछ । निःसन्देह अल्लाह ठूलो क्षमादाता, बडो दयावान् छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
خُذْ مِنْ اَمْوَالِهِمْ صَدَقَةً تُطَهِّرُهُمْ وَتُزَكِّیْهِمْ بِهَا وَصَلِّ عَلَیْهِمْ ؕ— اِنَّ صَلٰوتَكَ سَكَنٌ لَّهُمْ ؕ— وَاللّٰهُ سَمِیْعٌ عَلِیْمٌ ۟
१०३) तपाईं तिनीहरूको सम्पत्तिबाट सदका (दान) लिनुस् जसबाट तिनीहरूलाई तपाईंले शुद्ध र पवित्र गरिदिनुस् र तिनीहरूको लागि प्रार्थना गर्नुस्, निःसन्देह तपाईंको प्रार्थना तिनीहरूको सन्तुष्टिको श्रोत हो र अल्लाह धेरै सुन्नेवाला र जान्नेवाला छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اَلَمْ یَعْلَمُوْۤا اَنَّ اللّٰهَ هُوَ یَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهٖ وَیَاْخُذُ الصَّدَقٰتِ وَاَنَّ اللّٰهَ هُوَ التَّوَّابُ الرَّحِیْمُ ۟
१०४) के यिनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूबाट प्रायश्चित स्वीकार गर्दछ र उसैले दानहरू स्वीकार गर्दछ, र निःसन्देह अल्लाह नै प्रायश्चित स्वीकार गर्नेवाला र परम दयालु छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَقُلِ اعْمَلُوْا فَسَیَرَی اللّٰهُ عَمَلَكُمْ وَرَسُوْلُهٗ وَالْمُؤْمِنُوْنَ ؕ— وَسَتُرَدُّوْنَ اِلٰی عٰلِمِ الْغَیْبِ وَالشَّهَادَةِ فَیُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟ۚ
१०५) भनिदिनुस् कि तिमी सत्कर्म गर्दै जाऊ, अल्लाह र उसका रसूल र मोमिनहरू सबैले तिम्रा क्रियाकलाप हेर्नेछन् । र तिमी दृश्य–अदृश्यको ज्ञातातर्फ अवश्य फर्काइनेछौ । अनि तिमी जे जति गर्दै आएका छौ, त्यो सबै तिमीलाई बताउने छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاٰخَرُوْنَ مُرْجَوْنَ لِاَمْرِ اللّٰهِ اِمَّا یُعَذِّبُهُمْ وَاِمَّا یَتُوْبُ عَلَیْهِمْ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
१०६) र केही यस्ता छन् जसको मुद्दा अल्लाहको आदेश आउञ्जेलसम्म मुल्तवी छ, (उसले) चाहे तिनीहरूलाई सजाय देओस्, वा उनको प्रयाश्चित स्वीकार गरोस् र अल्लाह सर्वज्ञाता र तत्वदर्शी छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាត់តាវហ្ពះ
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ