Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: ന്നഹ്ൽ   ആയത്ത്:
وَاللّٰهُ جَعَلَ لَكُمْ مِّنْ بُیُوْتِكُمْ سَكَنًا وَّجَعَلَ لَكُمْ مِّنْ جُلُوْدِ الْاَنْعَامِ بُیُوْتًا تَسْتَخِفُّوْنَهَا یَوْمَ ظَعْنِكُمْ وَیَوْمَ اِقَامَتِكُمْ ۙ— وَمِنْ اَصْوَافِهَا وَاَوْبَارِهَا وَاَشْعَارِهَاۤ اَثَاثًا وَّمَتَاعًا اِلٰی حِیْنٍ ۟
८०) र अल्लाहले नै तिम्रो निम्ति तिम्रा घरहरूमा शान्तिस्थल बनायो र उसैले चौपायाको छालाहरूबाट तिम्रो निम्ति पाल (बासस्थान) बनायो, जसलाई तिमीले हल्का र सानो पाउँदछौं, जब तिमी यात्रा गर्दछौ र कुनै ठाउँमा बास बस्दा काममा ल्याउँछौ र उनीहरूको ऊन र नरम कपाल र रौंहरूबाट तिमीहरूले सुविधाजनक सामानहरू तयार गर्दछौ जुनकि एउटा निर्धारित समयसम्म काम लाग्छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاللّٰهُ جَعَلَ لَكُمْ مِّمَّا خَلَقَ ظِلٰلًا وَّجَعَلَ لَكُمْ مِّنَ الْجِبَالِ اَكْنَانًا وَّجَعَلَ لَكُمْ سَرَابِیْلَ تَقِیْكُمُ الْحَرَّ وَسَرَابِیْلَ تَقِیْكُمْ بَاْسَكُمْ ؕ— كَذٰلِكَ یُتِمُّ نِعْمَتَهٗ عَلَیْكُمْ لَعَلَّكُمْ تُسْلِمُوْنَ ۟
८१) अल्लाहले नै तिम्रो लागि आफूले सृष्टि गरेका कुराहरूबाट छायाँ बनायो र उसैले पहाडहरूमा तिम्रो लागि गुफाहरू बनायो र वस्त्रहरू (पनि) जसले तिमीलाई गरमीबाट बचाउँछन् र (यस्ता) वस्त्रहरू (पनि) जसले तिमीलाई युद्धको बेला काम लाग्छन्, र रक्षा गर्दछन् । यस्तै प्रकारले अल्लाह आफ्नो कृपा तिमीमाथि पूरा गर्दछ कि तिमी आज्ञाकारी बन्न सक ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَاِنْ تَوَلَّوْا فَاِنَّمَا عَلَیْكَ الْبَلٰغُ الْمُبِیْنُ ۟
८२) तैपनि यदि यिनीहरू विमुख भइरहन्छन् भने (हे पैगम्बर !) तपाईको काम मात्र स्पष्टरूपले सुनाइदिनु नै हो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
یَعْرِفُوْنَ نِعْمَتَ اللّٰهِ ثُمَّ یُنْكِرُوْنَهَا وَاَكْثَرُهُمُ الْكٰفِرُوْنَ ۟۠
८३) यिनीहरू अल्लाहका अमूल्य उपहार जान्दछन्, तर (जानी जानी) तिनलाई नकार्दछन् अपितु यिनीहरूमध्ये अक्सर कृतध्न छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَیَوْمَ نَبْعَثُ مِنْ كُلِّ اُمَّةٍ شَهِیْدًا ثُمَّ لَا یُؤْذَنُ لِلَّذِیْنَ كَفَرُوْا وَلَا هُمْ یُسْتَعْتَبُوْنَ ۟
८४) र जुन दिन हामीले प्रत्येक समुदायमध्येबाट साक्षी उभ्याउने छौं, त न काफिरहरूलाई (बोल्न) अनुमति दिइनेछ र नत उनीहरूको पश्चाताप स्वीकार गरिनेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاِذَا رَاَ الَّذِیْنَ ظَلَمُوا الْعَذَابَ فَلَا یُخَفَّفُ عَنْهُمْ وَلَا هُمْ یُنْظَرُوْنَ ۟
८५) र जब यी अत्याचारीहरूले सजाय देख्नेछन्, फेरि नत उनीहरूको सजायमा कुनै कमी गरिनेछ, र नत उनीहरूलाई मोहलत दिइनेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاِذَا رَاَ الَّذِیْنَ اَشْرَكُوْا شُرَكَآءَهُمْ قَالُوْا رَبَّنَا هٰۤؤُلَآءِ شُرَكَآؤُنَا الَّذِیْنَ كُنَّا نَدْعُوْا مِنْ دُوْنِكَ ۚ— فَاَلْقَوْا اِلَیْهِمُ الْقَوْلَ اِنَّكُمْ لَكٰذِبُوْنَ ۟ۚ
८६) र जब मुश्रिकहरूले आफूले साझेदार बनाएकाहरूलाई देख्नेछन्, त भन्नेछन्ः कि हे हाम्रो पालनकर्ता ! यी तिनै साझेदार हुन् जसलाई हामीले तिमी बाहेक पुकार्ने गर्दथ्यौ, त तिनीहरूले उनीहरूसित भन्नेछन्ः कि तिमी विल्कुलै झूठा हौ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاَلْقَوْا اِلَی اللّٰهِ یَوْمَىِٕذِ ١لسَّلَمَ وَضَلَّ عَنْهُمْ مَّا كَانُوْا یَفْتَرُوْنَ ۟
८७) त्यस दिन यिनीहरू सबै बेबसभई अल्लाहको सामु टाउको निहुराई दिनेछन् र जुन कुरा उनीहरूले झूठ रच्ने गर्दथे, सबै तिनीहरूबाट हराउनेछन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: ന്നഹ്ൽ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക