Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: ന്നഹ്ൽ   ആയത്ത്:
وَلَا تَتَّخِذُوْۤا اَیْمَانَكُمْ دَخَلًا بَیْنَكُمْ فَتَزِلَّ قَدَمٌ بَعْدَ ثُبُوْتِهَا وَتَذُوْقُوا السُّوْٓءَ بِمَا صَدَدْتُّمْ عَنْ سَبِیْلِ اللّٰهِ ۚ— وَلَكُمْ عَذَابٌ عَظِیْمٌ ۟
९४) र आफ्ना शपथहरूलाई तिमीहरूले परस्पर विश्वासघातको माध्यम नबनाऊ कि तिम्रा पाइलाहरू दृढ (स्थिर) भएपछि पनि अस्थिर हुनथालुन् र तिमीमाथि अजाब आइजाओस् यस कारणले कि तिमीले मानिसहरूलाई अल्लाहको बाटोबाट रोक्यौ, तिमीलाई ठूलो गम्भिर सजाय हुनेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَا تَشْتَرُوْا بِعَهْدِ اللّٰهِ ثَمَنًا قَلِیْلًا ؕ— اِنَّمَا عِنْدَ اللّٰهِ هُوَ خَیْرٌ لَّكُمْ اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟
९५) तिमीले अल्लाहसित गरेको वाचालाई थोरै मोलमा बेच्ने नगर । यादराख अल्लाहको नजिकको वस्तु नै तिम्रो लागि अति उत्तम छ, यदि तिमीमा ज्ञान छ भने ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
مَا عِنْدَكُمْ یَنْفَدُ وَمَا عِنْدَ اللّٰهِ بَاقٍ ؕ— وَلَنَجْزِیَنَّ الَّذِیْنَ صَبَرُوْۤا اَجْرَهُمْ بِاَحْسَنِ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
९६) जे जति तिम्रो पासमा छ, त्यो खतम भइहाल्छ, र जे अल्लाहलको पासमा छ, त्यो बाँकी रहन्छ र धैर्यधारण गर्ने जुन मानिसहरू छन् तिनीहरूलाई हामीले उनीहरूका कर्महरूको राम्रो पुरस्कार अवश्य दिनेछौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
مَنْ عَمِلَ صَالِحًا مِّنْ ذَكَرٍ اَوْ اُ وَهُوَ مُؤْمِنٌ فَلَنُحْیِیَنَّهٗ حَیٰوةً طَیِّبَةً ۚ— وَلَنَجْزِیَنَّهُمْ اَجْرَهُمْ بِاَحْسَنِ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
९७) जुन व्यक्तिले सत्कर्म गर्दछ, पुरुष होस् वा स्त्री, र त्यो मोमिन पनि छ, त हामीले उसलाई (संसारमा) पवित्र (र) आरामको जीवन प्रदान गर्नेछौं र (आखिरतमा) तिनीहरूको राम्रो कार्यको अत्यन्त राम्रो बदला पनि अवश्य नै दिनेछौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَاِذَا قَرَاْتَ الْقُرْاٰنَ فَاسْتَعِذْ بِاللّٰهِ مِنَ الشَّیْطٰنِ الرَّجِیْمِ ۟
९८) जब तिमी कुरआन पढ्न थाल्छौं त तिरस्कृत शैतानसित अल्लाहबाट रक्षा माँग्नेगर ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّهٗ لَیْسَ لَهٗ سُلْطٰنٌ عَلَی الَّذِیْنَ اٰمَنُوْا وَعَلٰی رَبِّهِمْ یَتَوَكَّلُوْنَ ۟
९९) ईमानवालाहरू र आफ्नो पालनकर्तामाथि भरोसा राख्नेहरूमाथि त्यसको (शैतानको) केही सामर्थ लाग्दैन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّمَا سُلْطٰنُهٗ عَلَی الَّذِیْنَ یَتَوَلَّوْنَهٗ وَالَّذِیْنَ هُمْ بِهٖ مُشْرِكُوْنَ ۟۠
१००) हो त्यसको अधिकार तिनीहरूमाथि मात्र लाग्छ, जसले उसलाई आफ्नो साथी बनाउँदछन् र उसको (प्रेरणाको) कारणले अल्लाहसँग अरुलाई साझेदार निर्धारित गर्दछन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاِذَا بَدَّلْنَاۤ اٰیَةً مَّكَانَ اٰیَةٍ ۙ— وَّاللّٰهُ اَعْلَمُ بِمَا یُنَزِّلُ قَالُوْۤا اِنَّمَاۤ اَنْتَ مُفْتَرٍ ؕ— بَلْ اَكْثَرُهُمْ لَا یَعْلَمُوْنَ ۟
१०१) र जब हामीले कुनै आयतलाई कुनै अन्य आयतको ठाउँमा राख्छौं र अल्लाहले जे जति उतार्ने गर्दछ त्यसलाई उसले राम्ररी जान्दछ, अनि यिनीहरू भन्दछन्ः कि तिमीले त (त्यसै) आफ्नो तर्फबाट रचेर ल्याउँछौ । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश अनभिज्ञ छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قُلْ نَزَّلَهٗ رُوْحُ الْقُدُسِ مِنْ رَّبِّكَ بِالْحَقِّ لِیُثَبِّتَ الَّذِیْنَ اٰمَنُوْا وَهُدًی وَّبُشْرٰی لِلْمُسْلِمِیْنَ ۟
१०२) भनिदिनुस्ः कि यसलाई रूहुल कुद्दुस् फरिश्ता (जिब्राइल) तिम्रो पालनकर्ताको तर्फबाट सत्यताको साथ लिएर आएका छन्, ताकि यसबाट अल्लाहले आज्ञापालन गर्नेहरूको ईमानलाई सृदृढ गरोस्, र यो मुसलमानहरूको लागि मार्गदर्शन र शुभसूचना हो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: ന്നഹ്ൽ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക