Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: ന്നഹ്ൽ   ആയത്ത്:
یَوْمَ تَاْتِیْ كُلُّ نَفْسٍ تُجَادِلُ عَنْ نَّفْسِهَا وَتُوَفّٰی كُلُّ نَفْسٍ مَّا عَمِلَتْ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
१११) जुन दिन हरेक प्राणी आफ्नो स्वार्थको लागि लडाइझगडा गर्दै आउँछ र प्रत्येक व्यक्तिलाई उसको क्रियाकलापको पूरा–पूरा प्रतिफल दिइनेछ, र कसैमाथि बिल्कुल अन्याय हुनेछैन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَضَرَبَ اللّٰهُ مَثَلًا قَرْیَةً كَانَتْ اٰمِنَةً مُّطْمَىِٕنَّةً یَّاْتِیْهَا رِزْقُهَا رَغَدًا مِّنْ كُلِّ مَكَانٍ فَكَفَرَتْ بِاَنْعُمِ اللّٰهِ فَاَذَاقَهَا اللّٰهُ لِبَاسَ الْجُوْعِ وَالْخَوْفِ بِمَا كَانُوْا یَصْنَعُوْنَ ۟
११२) अल्लाहले एउटा बस्तीको उदाहरण वर्णन गर्दछ जुन पूर्णशान्ति र सुरक्षामा थियो, प्रत्येक दिशाबाट उसको जीविकाको परिपूर्ति हुन्थ्यो फेरि अल्लाहको वरदानहरूप्रति उसले कृतध्नता प्रकट गर्यो, अनि अल्लाहले तिनीहरूको क्रियाकलापको कारणले बदलामा तिनीहरूलाई भूख र डरको स्वाद चखाइहाल्यो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَقَدْ جَآءَهُمْ رَسُوْلٌ مِّنْهُمْ فَكَذَّبُوْهُ فَاَخَذَهُمُ الْعَذَابُ وَهُمْ ظٰلِمُوْنَ ۟
११३) उनीहरूको पासमा उनीहरूमध्ये एउटा पैगम्बर आयो तैपनि तिनीहरूले उसलाई झूठा भने, तसर्थ उनीहरूलाई सजाय आइसमात्यो र तिनीहरू अत्याचारी नै थिए ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَكُلُوْا مِمَّا رَزَقَكُمُ اللّٰهُ حَلٰلًا طَیِّبًا ۪— وَّاشْكُرُوْا نِعْمَتَ اللّٰهِ اِنْ كُنْتُمْ اِیَّاهُ تَعْبُدُوْنَ ۟
११४) अल्लाहले तिमीहरूलाई जुन पवित्र जीविका प्रदान गरेको छ, त्यसलाई खाऊ र अल्लाहबाट प्रदान गरिएका पुरस्कारहरूप्रति आभार प्रकट गर, यदि तिमी उसैको उपासना गर्दछौ भने ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّمَا حَرَّمَ عَلَیْكُمُ الْمَیْتَةَ وَالدَّمَ وَلَحْمَ الْخِنْزِیْرِ وَمَاۤ اُهِلَّ لِغَیْرِ اللّٰهِ بِهٖ ۚ— فَمَنِ اضْطُرَّ غَیْرَ بَاغٍ وَّلَا عَادٍ فَاِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
११५) उसले तिम्रो लागि मुर्दा जनावर र रगत र सुंगुरको मासु हराम (वर्जित) गरेको छ र जुन कुरामा अल्लाह बाहेक कुनै अन्यको नाम पुकारिन्छ तर हो (त्यस अवस्था बाहेक) यदि कोही बाध्य हुन्छ तर यस शर्तमा मात्र कि ऊ स्वयम् त्यसको इच्छुक नहोस् र सीमाभन्दा अगाडि जान नखोजोस्, त निःसन्देह अल्लाह क्षमादाता र दयावान छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَا تَقُوْلُوْا لِمَا تَصِفُ اَلْسِنَتُكُمُ الْكَذِبَ هٰذَا حَلٰلٌ وَّهٰذَا حَرَامٌ لِّتَفْتَرُوْا عَلَی اللّٰهِ الْكَذِبَ ؕ— اِنَّ الَّذِیْنَ یَفْتَرُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ لَا یُفْلِحُوْنَ ۟ؕ
११६) आफ्नो मुखबाट कुनै झूठ कुरा नगर कि यो (हलाल) पवित्र छ र यो त्याज्य छ ताकि अल्लाहमाथि झूठो कुराको सम्बन्ध जोड्नथाल, सम्झिराख जुन मानिसहरू अल्लाहमाथि झूठो कुराको सम्बन्ध गाँस्दछन्, उनीहरू सफल हुनेछैनन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
مَتَاعٌ قَلِیْلٌ ۪— وَّلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
११७) तिमीलाई फाईदा त अलिकति मात्र प्राप्त हुन्छ, तर तिनीहरूलाई नै कष्ट दायक सजाय (धेरै) हुनेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَعَلَی الَّذِیْنَ هَادُوْا حَرَّمْنَا مَا قَصَصْنَا عَلَیْكَ مِنْ قَبْلُ ۚ— وَمَا ظَلَمْنٰهُمْ وَلٰكِنْ كَانُوْۤا اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟
११८) र जुन कुराहरू हामीले यहूदिहरूमाथि हराम गरिदिएका थियौं त्यसलाई पहिले नै तपाईलाई सुनाइसकेका छौं । र हामीले उनीहरूमाथि कुनै अत्याचार गरेनौं, बरु तिनीहरूले नै आफूमाथि अन्याय गर्ने गर्दथे ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: ന്നഹ്ൽ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക